April 30, 2005

संकटकाल त हट्यो, संकट नि ?

२०६२ वैशाख १७ शनिबार

आज शनिबार सँधै झै ढीला उठेर पत्रिका हेर्दा तीनछक्क परेँ । संकटकाल फिर्ता लिइएको रहेछ । गएराति अबेर राजदरबारबाट यो घोषणा भएको रहेछ । हिजो राति अबेरसम्म इन्टरनेटमा नै थिएँ म तर सुँइकोसम्म पाइनँ मैले यसबारेमा । नेपालको इतिहासमा महत्वपूर्ण घटना राति नै हुने गरेका छन् । चाहे त्यो असोज १८ को कान्ड होस् वा राजदरबार हत्याकान्ड वा अस्ति भर्खरको भूपू प्रमलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरेको नेपालको ऐतिहासिक घटना । शायद त्यसैले संकटकाल हटाउने घोषणा पनि राति नै भएको हो कि । त्यसो त माघ १९ को शाही घोषणा पनि अघिल्लो दिन राति नै हुने व्यापक हल्ला थियो । किन भोलिपल्ट बिहान भएछ कुन्नि । (more…)

धारा १२७ को जादू

२०६२ वैशाख १७ शनिबार

हाम्रो संविधानमा धारा १२७ पनि गजब कै जादूको छडीजस्तो धारा रहेछ बा । अरु धाराबाट त पानीमात्रै आउँछ । तर यो धाराबाट त जे चाहियो त्यही झार्न मिल्ने रहेछ । पौराणिक कथामा कल्पवृक्ष भन्ने एउटा रुख थियो रे, चिताएको कुरा त्यो रुखले पूरा गर्थ्यो रे । अहिले धारा १२७ ले पनि जे चितायो, त्यही पूरा हुने रहेछ । (more…)

April 29, 2005

विमानस्थलमा राजाले बोले

२०६२ वैशाख १६ शुक्रबार
विमानस�थलमा रा�ा स���ार�र�म�हर�सित ��रा�ान� �र�द�
माघ १९ को शाही घोषणापछि पहिलो पटक विदेश भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदा राजाले विमानस्थलमा पत्रकारहरुलाई भ्रमणको उपलब्धिका बारेमा “ब्रिफिङ” गरेको सुन्दा सुरुमा त अचम्म लाग्यो । प्रधानमन्त्री, मन्त्रीहरुमात्र यसरी विदेशबाट फर्कँदा पत्रकारहरुसित कुराकानी गर्ने गर्थे । संभवतः राजाले विमानस्थलमा नेपाली पत्रकारहरुसित कुराकानी गरेको यो पहिलो घटना हो । पछि यसो विचार गरेर हेर्दा भने बेकारमा अचम्म मानेको रहेछु जस्तो लाग्यो । माघ १९ पछि देशमा प्रधानमन्त्री भन्ने पद नै छैन । प्रधानमन्त्रीले गर्ने काम राजाले नै गरिरहेका छन् । अनि यसरी प्रधानमन्त्रीले जस्तो विमानस्थलमा पत्रकारहरुसित कुरा गर्नु कुन ठूलो कुरा भयो र । २१ अ‍ौं शताब्दीको राजतन्त्र देखिने र सुनिने हुन्छ भनेर त मौसूफले पहिले नै भनिबक्सेको थियो नि ! (more…)

बंकरमा लुक्न बाध्य बुस

२०६२ वैशाख १६ शुक्रबार
आतंकवादविरुध्द युध्द छेडी विश्वलाई सुरक्षित बनाएको दावी गर्दै आएका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस आफ्नै देश र आफ्नै निवासमा कतिसम्म असुरक्षित र त्रसित अवस्थामा रहन्छन् भन्ने कुराको पुष्टि यो हप्ता भएको छ ।
भयो के भने गत बुधबार राजधानी वासिङटनको उडान निषेधित क्षेत्रमा एउटा विमान पसेको खबर आयो । त्यसपछि तत्काल सुरक्षा सतर्कता अपनाइयो । राष्ट्रपति भवनमा ठूलो हलचल मच्चियो । राष्ट्रपति बुसलाई उहाँकै कार्यालयबाट एक भूमिगत बं‍करतर्फ लगियो । (more…)

होस्टिङमा समस्या

२०६२ वैशाख १६ शुक्रबार
मेरो संसार ब्लगको होस्टिङ एउटा निःशुल्क स्थान उपलब्ध गराउने कम्पनी ब्लगसमबाट हुँदै आएको छ । धेरै ठाउँ चहारेपछि अन्ततः मैले यो स्थानलाई उपयुक्त ठानेको थिएँ । तर अहिले आफ्नो निश्कर्ष गलत भएको त हैन भन्ने महसूस मलाई भइरहेको छ । किनभने यो साइट समय-समयमा डाउन अर्थात् अनुपलब्ध हुने गर्छ । हिजो पनि रातिदेखि आज अपरान्हसम्म साइट डाउन भएको थियो । यसका कारण म एकदमै निराश भइसकेको थिएँ । त्यसो त कम्पनीको पनि आफ्नै समस्या होलान्, उसले पनि त बिना शुल्क यस्तो सेवा उपलब्ध गराउनु पर्छ । तर प्रतिस्पर्धी अरु साइटहरुमा त्यस्तो समस्या खासै मैले देख्ने गरेको छैन । निःशुल्क स्थान दिने कम्पनीको सेवा प्रयोग गर्नु भने मेरो बाध्यता हो । न यसरी ब्लग गर्दा मलाई कुनै आर्थिक हिसाबले फाइदा हुन्छ न भविष्यमा हुने आशा नै छ । त्यसैले शुल्क तिरेर उत्कृष्ट सेवा दिने स्थानमा ब्लग होस्ट गर्ने मेरो सामर्थ्य छैन । त्यसै त इन्टरनेट र त्यसलाई चलाउन लाग्ने टेलिफोन शुल्कले ढाड सेकाउने गरेको छ ! यति लामो पुराण हालेर पाठकवृन्दलाई भन्न चाहिँ के खोजेको हुँ भने कुनै बेला तपाईँले चाहनुभएको बेला साइट खुलेन भने निराश नहुनु होला, पछि फेरि प्रयास गर्नुहोला, माया नमार्नुहोला । किनकि यो समस्याको समाधान गर्न म असमर्थ छु । नेपोलियन पनि मेरो स्थानमा भएको भए यो समस्याको समाधानलाई असंभव नै ठान्थे होलान् र असंभव भन्ने शब्द मूर्खको मात्र शब्दकोशमा हुँदैन भनेर स्वीकार्थे होलान् । कतै मैले बढी त भनिनँ ?

April 27, 2005

देउवा निवासमा मध्यरातमा महाभारत

श्रीमति देउवाद्वारा आत्महत्याको धम्की
रुवाबासी, तानातान
रुँदै श्रीमति देउवाले भन्नुभएछ मेरो एउटै श्रीमान् छ, मेरो छोरोको एउटै बाउ छ

२०६२ वैशाख १४ बुधबार
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बूढानिलकण्ठस्थित उहाँकै निवासबाट गएको मध्यरातमा शाही आयोगले गिरफ्तार गर्दा महाभारत नै मच्चिएको रहेछ । मध्यरात सवा १२ बजे आएका सुरक्षाकर्मीहरुले दुई घण्टासम्मको महाभारतपछि सवा २ बजे बल्ल गिरफ्तार गरी लगेका रहेछन् । घटना भएको बेला घटनास्थलमा रेकर्ड भएको एउटा अडियो मलाई प्राप्त भएको छ । तपाइँ यसलाई यहाँ क्लिक गरी सुन्न सक्नुहुन्छ(लोड हुन समय लाग्न सक्नेछ केही बेर धैर्य गर्नुहोला) अडियोमा सुनिए अनुसार श्रीमति देउवाले सुरक्षाकर्मीहरुलाई राति गिरफ्तार गर्न आएकोमा आपत्ति जनाउनुभएको रहेछ । एक ठाउँमा त श्रीमति देउवाले “मेरो एउटै श्रीमान छ मेरो जिन्दगीमा । मेरो छोराको एउटै बाउ छ । म राति पठाउन सक्दिन” भन्दै रुनुभएको र देउवाले उहाँलाई “नरोउ न आरजु” भनेर सम्झाएको सुनिएको छ । त्यसैगरी एक ठाउँमा “तपाइँ मलाई धेरै उ नगर्नुस् म गोली हान्दिन्छु, मेरो ज्यान त म लिनसक्छु नि” भन्दै शायद आत्महत्या गर्ने धम्की दिनुभएको छ । सुनिएका आवाजलाई मैले बुझेसम्म निम्नानुसार लिपिवद्ध गरेको छु । बाँकी (more…)

देउवाको बेडरुममा शाही आयोग

२०६२ वैशाख १४ बुधबार
वा ! क्या रमाइलो छ घटनाक्रम । सस्पेन्स थ्रिलरजस्तो छ घटनाविवरण । पहिला चारैतिरबाट घेरा हालियो । त्यसपछि बत्ती निभाइयो । अनि फोन काटियो । अनि बेडरुमको ढोका ढककाउँदै १० मिनेटभित्र बाहिर ननिस्के ढोका फुटालीभित्र पस्ने चेतावनी….. । बाँकी (more…)

April 26, 2005

जोर्डनको स्तनको चर्चा

२०६२ वैशाख १४

पश्चिमतिर गजब-गजबका कुरा हुन्छन् । खानलाउन टन्न पुगेकै हुन्छ, अनि नानाथरि उट्पटयाङ गर्दै हिंड्छन् उनीहरु । यस्ता उट्पट्याङे कुराहरुलाई मैले “यस्तो पनि हुन्छ” श्रेणीमा समेट्ने जमर्को गरेको छु । (more…)

April 23, 2005

भारतको सैनिक सहयोग आउने भयो

२०६२ वैशाख ११, आइतबार
आखिर “आइस ब्रेक” भएरै छाड्यो । माघ १९ को कदमपछि अनपेक्षित तीखो शब्दको प्रयोग गर्दै प्रतिक्रिया दिने भारत….त्यही कारण देखाउँदै ढाकामा हुन लागेको सार्क शिखर सम्मेलनलाई समेत स्थगित गराउने भारतले अन्ततः राजासित भेट गरेरै छाड्यो । हिजो राजा र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच ४५ मिनेट वार्ता भएछ । पूर्वनिर्धारित नभए पनि सिंहको व्यस्त समयतालिकाका बीच दुई देशका उच्च नेताबीच माघ १९ को कदमपछि पहिलो पटक वार्ता भयो । (more…)

एउटा आधुनिक पञ्चतन्त्रको कथा

२०६२ वैशाख १०, शनिबार
केही समय अगाडिको कुरा हो । कुनै ठाउँमा एक गरिब तर इमान्दार कम्प्युटर प्रोग्रामर बस्थे । उनी आफ्नो पुरानो पेन्टियम वन कम्प्युटरबाट प्रोग्रामिङ्ग गर्दै बस्थे । एकदिन उनको घरमा पाहुना आएका थिए । भीडभाडमा काम गर्न नसक्ने भएकाले उनी आफ्नो कम्प्युटर बोकेर घरनजिकै रहेको तलाउ छेउमा बसेर प्रोगामिङ्गमा व्यस्त भए । यत्तिकैमा भूइँचालो आयो र उसको टेबुल हल्लिएर कम्प्युटर तलाउमा खस्न पुग्यो । यी प्रोगामरले पञ्चतन्त्रको कथा सुनेका रहेछन् । त्यसैले जलदेवतालाई खुसी पार्न तनमनका साथ जुट्न पुगे । बाँकी (more…)

April 22, 2005

गुगल र नेपालीपोस्टमा मेरो संसार

२०६१ वैशाख १०, शुक्रबार
विगत केही दिनदेखि म ज्यादै व्यस्त रहेँ । एउटा आउटसोर्सिङको काम गर्दैछु भारतको क्रिस्टल हुएस कम्पनीको । अझै केही दिन त्यसैमा व्यस्त रहनु पर्ने संकेत देखिएको छ । व्यस्तता कै कारण ब्लग लेखन बन्द गर्न बाध्य भएको थिएँ । आज यसो समय निकालेरै भए पनि ब्लग लेख्न बसेको हुँ । त्यसो त निद्रा नपुगेकोले हल्का टाउको दुखिरहेको छ । हिजो ३ बजे सुतेको थिएँ । तर बिहान सातै बजे आँखा खुलिहाल्यो ।
यसबीच गुगलमा मेरो ब्लगको सूचीकरण भइसकेको रहेछ । अंग्रेजीमा मेरो संसार भनेर टाइप गर्नुभयो भने गुगलले सुरु मै मेरो साइटको लिंक देखाउँदो रहेछ । त्यसबाहेक ब्लगमा भएका शब्दहरुलाई पनि युनिकोडमा टाइप गरेर सर्च गरे मेरो साइटको लिंक देखाउने रहेछ ।
अनि, यो ब्लगमा भएको अस्ति नयाँ वर्षको दिन खिचेको तस्वीर अमेरिकाबाट प्रकाशित हुने नेपालीपोस्टमा साभार गरिएको रहेछ । साथमा मेरो साइटको बारेमा पनि उल्लेख गरिएको रहेछ । क्याप्सन लेखिएको भने अलि चित्तबुझ्दो लागेन मलाई । जे भए पनि नेपालीपोस्ट जस्तो लोकप्रिय प्रकाशनले मेरो साइटको बारेमा उल्लेख गरेको हुँदा मेरो ब्लगका पाठक संख्यामा वृध्दि हुने आशा मैले राखेको छु । तर व्यस्तताका कारण नयाँ पाठकहरुलाई मैले केही नयाँ दिन सकिरहेको छैन । सोचिरहेको त छु केही विषयहरु जस्तै टाइममा एलेक्स पेरीले गरेको नेपाली राजनीतिको विश्लेषणको नेपाली अनुवाद, यही आउटसोर्सिङका कुरा अनि एउटा रोचक आधुनिक पञ्चतन्त्रको कथा । शायद मंगलबार म यी मध्ये कुनै एक विषयमा ब्लग गर्छु होला ।

April 18, 2005

टाइममा नेपालको फोटो फिचर

time
विश्वप्रसिद्ध टाइम म्यागेजिनको वेबसाइटमा नेपालको द्वन्द्वसित सम्बन्धित १६ वटा तस्बिर समावेश गरी एक फोटो फिचर प्रस्तुत गरिएको छ । टाइमका लागि टमस भान हाउट्रिभेले यी तस्बिर खिचेका हुन् । फोटो फिचरका लागि यहाँ क्लिक गर्नुहोला ।

टाइममा नेपालको आवरण कथा

२०६१ वैशाख ६, मंगलबार 1:58 am

विश्वप्रसिद्ध टाइम म्यागेजिनको यस हप्ताको अंकमा नेपालसम्बन्धी लेखलाई आवरण कथा वा कभर स्टोरीको रुपमा प्रस्तुत गरिएको छ । टाइमको मुखपृष्ठमा एक माओवादी विद्रोहीको तस्बिर सहित रेबल नेसन शीर्षक दिइएको छ । आवरण कथा टाइमका दक्षिण एसिया ब्युरो प्रमुख एलेक्स पेरीले लेखेका हुन् । यसमा राजा ज्ञानेन्द्र, माओवादी अध्यक्ष प्रचण्डका विशेष अन्तवार्ता र समाचार विश्लेषण प्रस्तुत गरिएका छन् । समाचार विश्लेषणको शीर्षक गनिङ फर नेपाल, हिमाली अधिराज्यलाई विभाजित गर्ने रक्तपातपूर्ण गृहयुद्धका सम्बन्धमा टाइमको विशेष रिपोर्ट दिइएको छ । हरेक पृष्ठमा ब्लडी कन्ट्रीः नेपाल भनी उपशीर्षक पनि दिइएको छ ।

“यो सर्भाइभलको प्रश्न हो”

टाइममा राजाको अन्तर्वार्ता
२०६१ वैशाख ६, मंगलबार 1:51 am
king
टाइम म्यागेजिनमा राजा ज्ञानेन्द्रको अन्तर्वार्ताका मुख्य अंशमात्र प्रकाशित छन् । तर यसको वेबसाइटमा भने पत्रिकामा नछापिएका विस्तृत अंशसमेत समेटिएको छ । पाठकका लागि यहाँ त्यो विस्तृत अन्तर्वार्ताको भावानुवाद प्रस्तुत गरिएको छ । बाँकी (more…)

“हामी सामन्ती निरंकुशतालाई अन्त्य गर्न खोज्दैछौं”

टाइम म्यागेजिनमा माओवादी नेता प्रचण्डको अन्तर्वार्ता
२०६१ वैशाख ६, मंगलबार 1:44 am

टाइममा प्रकाशित माओवादी नेता प्रचण्डको छोटो अन्तर्वार्ताको विस्तृत अंश इन्टरनेट संस्करणमा राखिएको छ । त्यसको भावानुवाद । (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.