April 6, 2005

ल है मेरो पनि ब्लगिंग सुरु भयो

२०६१ चैत २३, मंगलबार
काठमाडौं,
आजबाट मैले पनि ब्लगिंग थालेँ । धेरै दिन भयो मैले ब्लगिंगका बारेमा नेटमा रिसर्च गर्न थालेको । त्यसो त यो शब्द मैले धेरै अगाडि नै सुनेको थिएँ र त्यतिबेला नै यसबारेमा एउटा आर्टिकल लेखुँला भन्ने ठानेको थिएँ । त्यतिबेला त म पनि शनिबारको स्पेसटाइमको विशेषांकमा नियमित लेखक बनेको थिएँ नि । पछि पो आर्टिकल लेखेवापत पारिश्रमिक दिन छाडेकोले लेख्न छाडेको । तर त्यतिबेला त्यति उत्सुक भइनँ किन हो कुन्नि । अहिले विशेषतः माघ १९ को शाही कदमपछि मूलधारका सञ्चारमाध्यममा कडा सेन्सरसिप लागू हुँदा ब्लगिंग नै सूचनाको मूख्य स्रोत बन्न पुगेको छ । म विशेषगरी आकर्षित भएको चाहिँ कान्तिपुरका पत्रकारहरुको ब्लग साइटबाट हो । त्यसो त अरु पनि ब्लग साइट छन् । तर सबैभन्दा मेहनत चाहिँ नियमित रुपमा यसैले गरिरहेको छ । अन्तराष्ट्रिय चर्चा पनि यी दुवै साइटले निकै पाएका छन् ।
मैले नेटमा रिसर्च गर्दा नेपाली भाषामा भने ब्लग देखिनँ । त्यसैले मैले यो जमर्को गरेको हुँ । शायद यो पहिलो नेपाली ब्लग हुनसक्छ । हिन्दी भाषामा भने रहेछ ब्लग । हिन्दीमा यसलाइ चिठ्ठा भनिंदो रहेछ ।
यस ब्लगमा म र मेरो संसारका बारेमा कुरा हुनेछ । उनीहरुकोमा जस्तो समाचारप्रधान हुनेछैन । तर मलाइ असर पार्ने समाचार अनि तपाइँलाइ रमाइला लाग्न सक्ने समाचार यसमा हुनेछन् । मैल नेटमा रिसर्च गरेर फेला पारेका साइटका लिंकहरु पनि यसमा तपाइँ भेट्टाउन सक्नुहुनेछ ।
भाषा नेपाली छानेपनि अक्षर अथवा फन्टको समस्या हुनेरहेछ । प्रोगामिंग त सजिलो वर्डप्रेसको भेटियो । फन्टका लागि चाहिँ युनिकोड प्रयोग गर्ने निधो गरेँ । हिन्दी ब्लगहरु पनि युनिकोड फन्टमा नै हुनेरहेछ । तर बानी नभएकोले युनिकोडमा टाइप गर्न अलि अप्ठ्यारो हुनेरहेछ । अझ अर्को समस्या त के भने अफिसमा विन्डोज ९८ अपरेटिंग सिस्टम छ । त्यसमा युनिकोड फन्टमा टाइप गर्नै मिल्दैन । फेरि युनिकोड फन्टका म्याटर त इमेलबाट ब्लगमा हाल्न नमिल्ने रहेछ । यसरी समस्या त छन्, तर हेरुँ के हुनेछ अनुभव ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.