April 7, 2005

नेपाली भाषाको विश्वकोष

२०६१ चैत २५, बिहीबार
अस्ति भर्खर कान्तिपुरमा नेपाली भाषामा पनि विश्वकोष तयार भइसकेको तर त्यसलाई बजारमा ल्याइनसकेको र पुस्तकालयलाई मात्र दिइएको समाचार पढेको थिएँ । अब त नेपाली भाषामा विश्वकोष बनाउने परियोजना इन्टरनेटमा पनि सुरु भइसकेको रहेछ । आजैमात्र मैले यस बारेमा थाहा पाउने मौका पाएँ ।
विकिपीडिया एक निःशुल्क बहुभाषिक विश्‍वकोष रहेछ । अंग्रेजी भाषाको विकिपीडिया सन् २००१ मा परिकल्पना गरिएको रहेछ भने नेपाली भाषाको विकिपीडिया सेप्टेम्बर २००४ मा शुभारम्भ गरिएको रहेछ । वेबसाइटमा उल्लेख भएअनुसार प्रारम्भमा नेपाली भाषाको विकिपीडिया संस्‍कृतमा लेखिएको रहेछ र अझै पनि यसको थुप्रै अंश संस्‍कृत र अंग्रेजीमा नै रहेछ। तपाइँ पनि यसलाई नेपाली भाषामा रुपान्तर गर्न मद्दत पुर्‍याउन सक्नु हुन्छ। मैले पनि आज केही अनुवाद गरेर सघाइ दिएँ । मैले बारका नाम र प्रधानमन्त्री शेरबहादुर देउवाको स्थानमा पछिल्ला जानकारी टाइप गरेर राखिदिएको थिएँ । नेपालसम्बन्धी पृष्ठमा प्रधानमन्त्रीको ठाउँमा अझै पनि देउवाकै नाम रहेछ । त्यसलाई हटाउन खोजेको थिएँ तर हटाउनै सकिनँ । अफिसको विन्डोज ९८ कम्प्युटरमा युनिकोड फन्टमा टाइप गर्न मैले छहारीको टुल प्रयोग गरेको थिएँ । अलि झ्याउ नै हुनेरहेछ त्यसो गर्दा ।
विकिपिडियाको संचालन गैर-मुनाफा संस्था विकिमिडिया फाउन्डेसनले गर्दछ । यसले अन्य बहुभाषिक र खुला-सामाग्री परियोजनाहरु पनि संचालन गर्दछ । यसको नेपाली भाषाको मुखपृष्ठमा आफ्नो लोगोमा रञ्जना लिपिको प्रयोग गरेको छ । के तपाइँलाई थाहा छ ? रञ्जना लिपि नेपालको मौलिक लिपि हो । संयुक्त राष्ट्र संघमा नेपालले सदस्यता खोज्दा तिमीहरुको मौलिक लिपि के छ भनेर सोधिएको रहेछ । नेपाली प्रतिनिधिहरुले सुरुमा देवनागरी लिपिको बारेमा बताएका रहेछन् । तर त्यो त भारतको लिपि हो, तिमीहरुको छुट्टै लिपि छैन भनेर सोधखोज गर्दा रञ्जना लिपिलाई नेपालले आफ्नो मौलिक लिपिका रुपमा दर्ता गरेको थियो । मल्लकालका कतिपय शिलालेखहरुमा यही लिपिको प्रयोग भएको छ । तर विडम्बना अहिले यही लिपिलाई कुनै एउटा जातिविशेषको पेवा जस्तो बनाइएको छ । राज्यले यसको संरक्षण र प्रयोगका लागि कुनै चासो देखाएको छैन ।

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/04/07/144/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.