ऐश्वर्या रायको निधन (!)
२०६१ चैत २६, शुक्रबार
शीर्षक पढेर झसंग हुनुभयो कि के हो ? भो, चिन्ता गर्नु पर्दैन, यो त मैले आठ दिनअगाडि च्यानल नेपालका सहकर्मीहरुलाई अप्रिल फूलका दिन
झुक्याएको कुरा सम्झिएको पो त ।
कुरा के भने त्यो दिन अप्रिल फूल भनेर मलाई थाहा थियो । दुई तीन दिनअगाडि नै केही गर्नुपर्छ भनेर सोचिरहेको थिएँ । त्यो दिन म काम गर्दै थिएँ कि शम्भु पोखरेल, हाम्रा बिहानी न्युजका प्रोड्युसर, आउनु भयो र गम्भीर मुद्रामा नै तपाइँको मेसेज छ रे, रिसेप्सनमा बुझ्नु भनेर भन्नुभयो । काम गरिरहेको भएर तत्काल नै त गरिनँ, एकछिन पछि गर्दा त मेसेज छैन रे भनियो । त्यतिञ्जेल पनि मलाई त्यो अप्रिल फूल मनाइएको भनेर थाहा थिएन । पछि शम्भु जी आफैले भनेपछिमात्रै अप्रिल फूल भएको थाहा पाएँ । अनि मैले पनि सोचेँ, केही त गर्नुपर्छ । अनि अरु रेगुलर समाचारसँगै मैले यो समाचार पनि टाइप गरेँ । (more…)

