April 12, 2005

प्रचण्डद्वारा बाबुराममाथि कारबाहीको पुष्टि

२०६१ चैत ३१, बुधबार
पहिला सेनाको विज्ञप्तिबाट यो समाचार आउँदा धेरैले विश्वास गरेका थिएनन् । कतिले त माअोवादीको समाचार सेनाले पठाउने भनेर खिसी गरेको पनि पाइयो । तर आज माअोवादी अध्यक्ष प्रचण्डले आफ्नै हस्ताक्षरमा जारी गर्नुभएको विज्ञप्तिले यसको पुष्टि गरेको छ ।
आज मेरो ईमेलमा आइपुगेको उक्त विज्ञप्तिमा क्रान्तिकारी पार्टीभित्र अमुक नेता वा कार्यकर्ता अनुशासनको कारबाहीमा पर्ने र र पुनर्स्थापना हुने कार्यलाई स्वाभाविक प्रक्रिया भन्दै दुश्मनले तीललाई पहाड बनाएको उल्लेख छ । तर माअोवादीका सेकेण्डम्यान कारबाहीमा पर्नु पक्कै पनि तील देखिने घटना हैन, यो त पहाड नै हो । माअोवादीको यस्तो आन्तरिक कुरा शाही सेनाले सार्वजनिक गर्नुले सेनाको गुप्तचर संयन्त्र निकै बलियो भएको प्रमाणका रुपमा लिन सकिन्छ । माअोवादी पनि एकपटक त झस्कन बाध्य भएको हुनुपर्छ यो कान्डपछि ।
प्रचण्ड बाजेको वक्तव्यका अरु बुँदा केलाउँदा उनले हालै अञ्चलाधीश र क्षेत्रीय प्रशासकको नियुक्तिलाई निरंकुश पञ्चायती भूतलाई ब्युँताउने नौटंकी भनेका छन् र त्यसविरुद्ध मोर्चावद्ध आन्दोलन गर्न भनेका छन् । रुकुमको खारामा आफ्ना सयौं लडाकू गुमाए पनि उनको भाषामा त्यो युद्धलाई नयाँ स्तरमा गरिएको विकास पो रहेछ । दोलखा आक्रमणको कुरा त्यसमा छैन । शायद मोबाइल नचलेकोले प्रचण्ड बाजेका हजूरमा खबर नपुगेको हो कि ! १० दिने नेपाल बन्द सकिएकोमा सफल पार्नेलाई धन्यवाद पनि उनले दिएका छन् र मानवाधिकार पर्यवेक्षणका लागि संयुक्त राष्ट्र संघको टोलीलाई सहयोग गर्ने प्रतिवध्दता पनि उनले जनाएका छन् ।

जी मेलको ‘ल्यापटप’ उपयोगिता

२०६१ चैत ३०, मंगलबार
निःशुल्क इमेलको संसारमा अब जी मेललाई कसैले जित्न सक्ला त ? मेरो विचारमा त सक्दैन । १२ दिन अगाडि जी मेलले आफ्ना ग्राहकहरुलाई थप एक गिगाबाइट स्थान निःशुल्क उपलब्ध गराउने घोषणा गरेपछि उसको प्रमुख प्रतिस्पर्धी याहूले स्थान बढाउँदैमा केही फरक नपर्ने भन्दै आफ्नो हात पछाडि सार्ने संकेत दिएको थियो । याहूका अनुसार कुनै निश्चित बिन्दूमा पुगिसकेपछि स्थानको संख्याले कुनै अर्थ राख्ने गर्दैन । तर जी मेलको स्थान क्षमता २ गिगाबाइट मात्रै हैन, हरेक सेकेन्डमा बढेको बढ्यै छ । कतिसम्म बढ्ने हो, कसैलाई थाहा छैन ।
तपाइँहरु मध्ये धेरैसित जी मेल होला र यदाकदा तपाइँले पनि सोच्नुभएको होला यत्रो २ गिगाबाइट स्थान के राखेर भर्ने होला ? त्यसो हो भने म तपाइँलाई एउटा एकदमै उपयोगी टिप्स दिँदैछु । कहिलेकाहीँ तपाइँलाई अफिसका फाइल घरमा र घरका फाइल अफिसमा चाहिने हुन्छ । फ्लपी डिस्केटको त भरै हुन्न । नयाँ फ्लपीले पनि जतिखेर आवश्यक पर्छ त्यतिबेला धोका दिनसक्छ । फेरि त्यसमा ठूलो खाले फाइल पनि कहाँ अट्छ र ? यस्तो अवस्थामा ल्यापटप बोक्न पाए हुन्थ्यो भन्ने कल्पना गर्नुभएको होला । ल्यापटपको व्यवस्था गर्न सक्नुहुन्छ भने त समस्याको समाधान भइहाल्यो, सक्नुहुन्न भने चाहिँ जी मेलको सहयोगले समाधान निकाल्ने एउटा गजबको आइडिया छ । (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.