जी मेलको ‘ल्यापटप’ उपयोगिता
२०६१ चैत ३०, मंगलबार
निःशुल्क इमेलको संसारमा अब जी मेललाई कसैले जित्न सक्ला त ? मेरो विचारमा त सक्दैन । १२ दिन अगाडि जी मेलले आफ्ना ग्राहकहरुलाई थप एक गिगाबाइट स्थान निःशुल्क उपलब्ध गराउने घोषणा गरेपछि उसको प्रमुख प्रतिस्पर्धी याहूले स्थान बढाउँदैमा केही फरक नपर्ने भन्दै आफ्नो हात पछाडि सार्ने संकेत दिएको थियो । याहूका अनुसार कुनै निश्चित बिन्दूमा पुगिसकेपछि स्थानको संख्याले कुनै अर्थ राख्ने गर्दैन । तर जी मेलको स्थान क्षमता २ गिगाबाइट मात्रै हैन, हरेक सेकेन्डमा बढेको बढ्यै छ । कतिसम्म बढ्ने हो, कसैलाई थाहा छैन ।
तपाइँहरु मध्ये धेरैसित जी मेल होला र यदाकदा तपाइँले पनि सोच्नुभएको होला यत्रो २ गिगाबाइट स्थान के राखेर भर्ने होला ? त्यसो हो भने म तपाइँलाई एउटा एकदमै उपयोगी टिप्स दिँदैछु । कहिलेकाहीँ तपाइँलाई अफिसका फाइल घरमा र घरका फाइल अफिसमा चाहिने हुन्छ । फ्लपी डिस्केटको त भरै हुन्न । नयाँ फ्लपीले पनि जतिखेर आवश्यक पर्छ त्यतिबेला धोका दिनसक्छ । फेरि त्यसमा ठूलो खाले फाइल पनि कहाँ अट्छ र ? यस्तो अवस्थामा ल्यापटप बोक्न पाए हुन्थ्यो भन्ने कल्पना गर्नुभएको होला । ल्यापटपको व्यवस्था गर्न सक्नुहुन्छ भने त समस्याको समाधान भइहाल्यो, सक्नुहुन्न भने चाहिँ जी मेलको सहयोगले समाधान निकाल्ने एउटा गजबको आइडिया छ ।
यो सानो आकारको एउटा फाइल इन्स्टल गर्नुभयो भने तपाइँको कम्प्युटरको My Computer आइकनभित्र सी, डी, ई जस्ता हार्ड ड्राइभ जस्तै गरी जी मेल ड्राइभ पनि देखिनेछ । अब के चाहियो र, अरु ड्राइभमा जस्तै गरी तपाइँलाई चाहिने फाइलहरु तानेर यसभित्र हालिदिनुस् । घर र अफिस दुवै ठाउँको कम्प्युटरमा यसको प्रयोग गर्ने हो भने फाइल यताउता गर्न फ्लपी वा सीडी बोक्ने झन्झट नै हुँदैन । म आफैले यसको प्रयोग गरेर हेरिसकेको छु । फाइलहरु तुलनात्मक रुपमा छिट्टै नै त्रान्सफर हुन्छन् । मानौं तपाइँ कुनै साइबरमा हुनुहुन्छ । त्यतिबेला पनि तपाइँ आफ्ना फाइल सजिलै पाउन सक्नुहुन्छ । यसका लागि तपाइँले आफ्नो जी मेल एकाउन्टमा साइन इन गर्नुपर्ने हुन्छ । त्यसपछि अल मेल फोल्डरमा गएर हेर्नुस्, तपाइँका फाइल इमेल एट्याचमेन्टका रुपमा त्यहाँ बसिरहेको हुन्छ ।
अब बढी गन्थन छाडेर यो उपयोगी प्रोग्राम डाउनलोड गर्ने ठाउँको बारेमा बताउँदैछु । यहाँ क्लिक गर्नुहोला ।
यसमा पाँच वटा लिंक छन् । एउटा नभए अर्कोमा प्रयास गर्नुहोला । त्यसैगरी इन्स्टल गरिसकेपछि दुई तीन पटक साइन इन गरी हेर्नुहोला । एक पटकमा नहुने बित्तिकै हताश नहुनु होला ।
अनि कसैको जी मेल खाता छैन र खोल्ने इच्छा छ भने पनि मलाई लेखे हुन्छ, म आमन्त्रण पठाइदिनेछु ।


Bro,
I need a one.
Any help would be much appreciated.
Thanks
Comment by Nepz_boka — June 16, 2005 @ 6:18 am
thanks for your kind information. hey its really funny. I would like to know whats the reason behide this. how would u create this website in nepali and i found its totally different the kantipuronlin.com’ kantipur site.
Comment by subarna — July 6, 2005 @ 9:54 am
सारै रामरो कुरा सिकानु भयो
Comment by pabitrasuraj — August 9, 2005 @ 6:10 pm
i have tried to use a gmail drive much before but i was not sucessfull to do so.actually i use a dial up connection and my friend told me that it is applicable only in lease line or in higher data rates .Is it true?please inform me abt this.
Comment by samir prasad — February 12, 2006 @ 11:54 am