April 14, 2005

यसरी मनाए मैले नयाँ वर्ष

क्यामेरा निषेधित क्षेत्रमा गएर पशुपतिको फोटो पनि खिचियो

२०६२ वैशाख १, बिहीबार

pashupatiअक्सर नयाँ वर्षको दिन म पोखरामा हुन्थें । तर लगातार दुई वर्ष भयो पोखरा नगएको नयाँ वर्षको दिन । नयाँ वर्षो दिन पनि सँधै झै नियमित समयमा नै उठेँ । त्यो समय भनेको अक्सर ७ बजे हो । तर ७ बजे निद्रामात्रै खुल्ने हो । सवा ८ बजेदेखि बीबीसी सुन्यो अनि साढे ८ पौने ९ बजेतिर खाना खान गयो । शनिबारबाहेक अन्य दिन मेरो दिन यसरी नै सुरु हुन्छ । अनि ९ बजेतिर अफिस जान टेम्पो कुर्ने काम सुरु हुन्छ । अफिस आज अरु दिनभन्दा खाली देखिन्थ्यो । आजदेखि च्यानल नेपालले कल साइन वा लोगो परिवर्तन गरेको रहेछ । पहिला च्यानल नेपालमात्र अंग्रेजीमा लेखिएको हुन्थ्यो पहेंलो अक्षरमा भने अहिले नेपालको नक्सामा च्यानल नेपाल लेखिएको लोगो रहेछ ।
अफिसबाट आज म छिट्टै निस्केँ पौने एक बजेतिर र पशुपति गएँ । एक नातेदारको धार्मिक कार्यक्रम भएकोले मात्र हैन, नयाँ वर्षमा नयाँ जोश र नयाँ उमंग भर्नका लागि भगवानको आशिर्वाद पाइने आशले पनि म त्यता गएको थिएँ ।
आखिर पत्रकार न परेँ, अरु भन्दा केही अलग काम गर्नै थियो । शायद त्यसैले पो हो कि, क्यामेरा निषेधित क्षेत्रभित्र क्यामेरा लगेर खुल्लमखुल्ला नै फोटो खिचिदिएँ डिजिटल क्यामेराबाट । त्यसमध्य दुईवटा फोटो मैले यहाँ पनि राखेको छु । (more…)

स्वागत छ २०६२ लाई

२०६२ वैशाख १, बिहीबार
स्वागत छ २०६२ साललाई । आजबाट नयाँ वर्ष सुरु भएको छ । नयाँ वर्षको उपलक्ष्यमा सबैलाई शुभकामना । नयाँ वर्षमा एउटा नयाँ कुरा सुन्न पाइयो । राजा ज्ञानेन्द्रले यसै वर्षभत्र नगर क्षेत्रमा स्थानीय निकायको निर्वाचन गराउने घोषणा गरे । यो घोषणा गएराति ठीक १२ बजे नेपाल टेलिभिजनले प्रसारण गरेको थियो । चुनाव भए त ठीकै छ । प्रजातान्त्रिक प्रक्रियाको विरोध कसले पो गर्ला र । तर माओवादी समस्याको समाधान बिना चुनाव संभव छैन भन्ने कुरा त नगर क्षेत्रमा मात्र चुनाव गराउने घोषणाले नै स्पष्ट पार्छ । नगर क्षेत्रमा पनि काठमाडौंमा त उस्तो केही बाधा नपर्ला तर नेपालगञ्ज जस्तो शहरमा त माओवादीले पक्कै पनि शान्तिले चुनाव गराउन दिँदैनन् होलान् । त्यसो हो भने फेरि हिंसा प्रतिहिंसाको चक्र सुरु हुनसक्छ । फेरि हामी शान्तिप्रिय नेपाली जनताले रगतको खोलो बगेको हेर्नुपर्ने होला !
नयाँ वर्षमा अरु के-के हुन सक्ला त - मेरा पूर्वानुमानहरु (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.