April 14, 2005

स्वागत छ २०६२ लाई

२०६२ वैशाख १, बिहीबार
स्वागत छ २०६२ साललाई । आजबाट नयाँ वर्ष सुरु भएको छ । नयाँ वर्षको उपलक्ष्यमा सबैलाई शुभकामना । नयाँ वर्षमा एउटा नयाँ कुरा सुन्न पाइयो । राजा ज्ञानेन्द्रले यसै वर्षभत्र नगर क्षेत्रमा स्थानीय निकायको निर्वाचन गराउने घोषणा गरे । यो घोषणा गएराति ठीक १२ बजे नेपाल टेलिभिजनले प्रसारण गरेको थियो । चुनाव भए त ठीकै छ । प्रजातान्त्रिक प्रक्रियाको विरोध कसले पो गर्ला र । तर माओवादी समस्याको समाधान बिना चुनाव संभव छैन भन्ने कुरा त नगर क्षेत्रमा मात्र चुनाव गराउने घोषणाले नै स्पष्ट पार्छ । नगर क्षेत्रमा पनि काठमाडौंमा त उस्तो केही बाधा नपर्ला तर नेपालगञ्ज जस्तो शहरमा त माओवादीले पक्कै पनि शान्तिले चुनाव गराउन दिँदैनन् होलान् । त्यसो हो भने फेरि हिंसा प्रतिहिंसाको चक्र सुरु हुनसक्छ । फेरि हामी शान्तिप्रिय नेपाली जनताले रगतको खोलो बगेको हेर्नुपर्ने होला !
नयाँ वर्षमा अरु के-के हुन सक्ला त - मेरा पूर्वानुमानहरु
- यसअघि पनि यही वर्षभत्र चुनाव गराउने भन्ने वाक्य सुनिएको हो । त्यतिबेला चुनाव गराउन नसकेकै कारण आफैद्वारा नियुक्त प्रधानमन्त्री राजाले बर्खास्त गरे । अब आफै मन्त्रिपरिषद्का अध्यक्ष भएको बेला घोषणा भएको चुनाव हुन नसके के होला - कतै यो राजा हटेर अर्को राजा त आउने हैन -
- नेपाल हल्लै हल्लाको देश हो । गएको वर्षपनि युवराज पारसको बारेमा हल्ला अनि केटीहरुले पाइन्ट लगाउन नपाउने जस्ता हल्ला सुनियो । पहिलो हल्लाका कारण युवराज र युवराज्ञी बेला न कुबेला हनुमानढोकाको भ्रमणमा आउन बाध्य भए भने पछिल्लो हल्लाका कारण गृहमन्त्रालयले वक्तव्य निकाल्ने मात्र हैन, सूचना मन्त्रीले र्सार्वजनिक स्पष्टिकरण पनि दिँदै हिंड्नु पर्यो । यो वर्षचाहिँ कस्ता हल्लाले बजार पिट्ने हुन्, प्रतीक्षाको विषय बनेको छ ।
- सरकारी विज्ञापनमा गरिएको भेदभावपूर्ण नीतिले कतिवटा पत्रिका बन्द हुने हुन् कुन्नि ।
- बाबुराम भट्टराईलाई कारबाही गरेपछि माओवादीभित्रको अन्तरविरोध कसरी चर्किने हो वा कुन ढंगबाट त्यसलाई शान्त पारिने हो, यो पनि हेर्न लायक विषय हुनेछ ।
- माओवादीका लागि त यो वर्षचुनाव बिथोल्नै पर्ने अनि शाही सेनाका लागि चुनाव गराउनै पर्ने वर्षहुनेछ । यी दुई बन्दूकेको बीचमा जनता कसरी पिल्सिने हुन्, कुन्नि ।

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/04/14/1234/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.