यसरी मनाए मैले नयाँ वर्ष
क्यामेरा निषेधित क्षेत्रमा गएर पशुपतिको फोटो पनि खिचियो
२०६२ वैशाख १, बिहीबार
अक्सर नयाँ वर्षको दिन म पोखरामा हुन्थें । तर लगातार दुई वर्ष भयो पोखरा नगएको नयाँ वर्षको दिन । नयाँ वर्षो दिन पनि सँधै झै नियमित समयमा नै उठेँ । त्यो समय भनेको अक्सर ७ बजे हो । तर ७ बजे निद्रामात्रै खुल्ने हो । सवा ८ बजेदेखि बीबीसी सुन्यो अनि साढे ८ पौने ९ बजेतिर खाना खान गयो । शनिबारबाहेक अन्य दिन मेरो दिन यसरी नै सुरु हुन्छ । अनि ९ बजेतिर अफिस जान टेम्पो कुर्ने काम सुरु हुन्छ । अफिस आज अरु दिनभन्दा खाली देखिन्थ्यो । आजदेखि च्यानल नेपालले कल साइन वा लोगो परिवर्तन गरेको रहेछ । पहिला च्यानल नेपालमात्र अंग्रेजीमा लेखिएको हुन्थ्यो पहेंलो अक्षरमा भने अहिले नेपालको नक्सामा च्यानल नेपाल लेखिएको लोगो रहेछ ।
अफिसबाट आज म छिट्टै निस्केँ पौने एक बजेतिर र पशुपति गएँ । एक नातेदारको धार्मिक कार्यक्रम भएकोले मात्र हैन, नयाँ वर्षमा नयाँ जोश र नयाँ उमंग भर्नका लागि भगवानको आशिर्वाद पाइने आशले पनि म त्यता गएको थिएँ ।
आखिर पत्रकार न परेँ, अरु भन्दा केही अलग काम गर्नै थियो । शायद त्यसैले पो हो कि, क्यामेरा निषेधित क्षेत्रभित्र क्यामेरा लगेर खुल्लमखुल्ला नै फोटो खिचिदिएँ डिजिटल क्यामेराबाट । त्यसमध्य दुईवटा फोटो मैले यहाँ पनि राखेको छु । वास्तवमा मलाई यो पशुपति वा अन्य हिन्दू धार्मिक स्थलमा फोटो खिच्न निषेध गर्ने, छालाको सामान लग्न नदिने जस्ता कुरा पटक्कै मन पर्दैनन् । फोटो खिच्दैमा केही बिग्रने त हैन । मूर्ति चोरी चाहिँ रोक्न नसक्ने, जाबो फोटो चाहिँ खिच्न नदिने ??
नयाँ वर्षको पूर्वसन्ध्या चाहिँ टेलिभिजन कार्यक्रम हेरेर बिताइयो । नेपाल टेलिभिजनका महाप्रबन्धक दुर्गानाथ शर्माले यो वर्षको कार्यक्रम ‘जरा हट के ‘ छ भनी घोषणा गरेकोले के के न होला भनेर हेरेको त जस्ताको तस्तै रहेछ । खाली वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आयोजना स्थलमात्र फरक रहेछ । सबैभन्दा पट्यारलाग्दो पक्षचाहिँ नेपाली संगीतका स्वर्णिम पानाहरु भन्ने सेग्मेन्ट थियो । यस्तो सेग्मेन्ट त कुनै म्युजिक अवार्ड समारोहमा राखे सुहाउँथ्यो । फेरि सबै गीतहरु एकै लहरमा गाउन नलगाई बीचबीचमा सम्बोधन गर्नु साँच्चिकै पट्यारलाग्दो थियो ।
एनटीभीको कार्यक्रममा च्यानल नेपालका दुई पूर्व कार्यक्रम सञ्चालिकाहरु रितु रामदाम र पूर्व मिस वर्ल्ड युनिभर्सिटी आयुषा श्रेष्ठ उद् घोषिका बनेकी थिइन् । उता इमेज मेट्रोको कार्यक्रममा उद् घोषण गर्ने महिमा र आसिफ पनि पहिला च्यानल नेपालमा नै काम गर्नेहरु थिए । समाचार पढ्न नदिएकोले आयुषाले च्यानल नेपाल छाडेकी थिइन् । अंग्रेजी समाचारको एउटा पूरै समूह त्यही तलब कै कारण अलग हुँदा महिमा पनि त्यसमा शामेल थिइन् ।


Happy new year sir. Tapai le Pashupati temple ma bhitra gayera photo khichne jun sahas garnu bhyo, tesko lagi, dherai dherai badhai.
thanks
Comment by Bhojraj Bhat — April 15, 2005 @ 3:41 pm
धन्यवाद भोजराज जी । मेरो ब्लगको नियमित पाठक हुनुभएकोमा । तपाइँकै लागि मात्र भएपनि ब्लग निरन्तर गर्ने प्रेरणा प्राप्त भएको छ । पढिदिनुभएकोमा धन्यवाद ।
त्यो दिन त तपाइँ पनि पशुपतिमा हुनुहुन्थ्यो हैन र । अनि तपाइँको नेपालीमा ब्लग चाहिँ कहिलेबाट सुरु हुँदैछ त ?
Comment by Administrator — April 15, 2005 @ 6:36 pm
hello,
could i use your Pasupati’s photo ?
Girish
Comment by Girish — April 16, 2005 @ 2:37 am
हुन्छ तपाइँ यसको प्रयोग गर्नसक्नुहुन्छ तर कृपया क्रेडिट लाइनमा साइटको र मेरो नाम उल्लेख गरिदिनु होला । चाहनुहुन्छ भने म ठूलो फोटो पठाइदिनसक्छु ।
Comment by Administrator — April 16, 2005 @ 7:18 am
good job!
happy new year
Comment by ashu — April 25, 2005 @ 11:55 am
Dear Sir,
Namste.
Provably you may not the first person to take such prohibited area to take the photos. Though the photo is beautiful, yet it is illegal act, whcih you didn’t respect the law of the nation and therefore you should be punished ( from your own will is also ok). My married took place this holy area and I didn’t took a single picture respecting the laws of nation. Hope you won’t do again in other place! However I like your weblog.
Namste.
धन्यवाद रमेश जी, तपाईँको प्रतिक्रियाका लागि । यो देशमा कसले पो कानुनको पालना गरेको छ र ? म यस्ता बकवास नियम कानुन मान्दिनँ । मैले भनेकै छु जहाँ खुलेआम मूर्ति चोरी हुन्छन् र त्यसलाई रोक्न सबै लाचार हुन्छन् त्यहाँ यस्ता नियमको के अर्थ । यस पटक त पशुपतिको बाहिरको मात्रै खिचेको थिएँ फोटो । मौका परे पशुपतिभित्रैको तस्बीर पनि खिच्न म पछि हट्दिनँ ।
Comment by Ramesh P. Shrestha — May 5, 2005 @ 6:36 pm
Photogropherji,
So you think its a challenge to go to pashupati and get a photo.. This is not a challenge to be taken at all… Its a respect towards our god which we all hindus believe in. Pashupati has image and prestige all over the world…people are curious about it and come to visit it from far a away places.. You are not only ruining that but you are also a culprit and a cheater for deceiving all your hindu family. You are stripping your religion off. Would u do same to your mother since nobody has ever done it before ?
bhusal
arlington, Texas
विदेशमा बसेर हिन्दु धर्मप्रति देखाउनुभएको मायाको म प्रशंसा गर्छु । तपाईँले जुन फोटो खिच्न नहुने कुरा गर्नुभएको छ, अब म तपाईँलाई सोध्दैछु फोटो खिच्नु हुन्न भनेर कुन कानुनको पुस्तकमा लेखेको छ, कृपया मलाई थाहा पाउन मन लागेको छ । जुन कुराका लागि तपाईँ यति सार्हो चिन्तित हुनुहुन्छ, त्यसका बारेमा तपाईँलाई पक्कै थाहा होला भन्ने आशा राखेको छु । मन्दिरबाहिरको साइनबोर्डमा कसैले केही लेख्दैमा त्यही नियम हुन्छ र ? कुन धर्मग्रन्थमा पशुपतिको फोटो खिच्नु हुन्न भनेर लेखिएको छ ? मलाई बताउनुस्, अनि म बाँकी कुरा बताउँला । तपाईँ जस्ता शिक्षित प्रवासमा रहेका नेपालीले पशुपतिमा फोटो खिच्न हुने नहुने भन्ने विषयमा हैन, त्यहाँका भारतीय मूल भट्ट र भण्डारीहरुले गरिरहेको भ्रष्टाचारका बारेमा टाउको दुखाउनु पर्ने हो । पशुपति छेउमा बगिरहेको बाग्मतीलाई प्रदुषित हुन नदिन आवाज उठाउनु पर्ने हो, तपाईँ बसिरहेको देशमा गौमातालाई कष्टपूर्ण रुपमा यातना दिई गरिने हत्याका विषयमा आवाज उठाउनु पर्ने हो । कि तपाईँ पनि निरंकुशताको समर्थनमा अमेरिकामा जुलुस निकाल्ने जमातको हुनुहु्न्छ ?
Comment by bhusal — May 10, 2005 @ 8:14 am
Mr Photographer,
“kuro ra kulo jata bangayan ni banginchha” bhanne kura thahai hola. and it is useless for me to discuss with u anyway. Coz it is the trend of us (Nepali). We can talk big but we don’t make it big.
I don’t think u have made any achievement taking those pics. Coz everybody has seen it. and whoever wanted to see it (not hindu) has already seen it. there r a lot of ways in nepal to make things happen which r not legal.
this is not a question of legal things and illegal. this is the matter of morality. when there is a sign saying “NO PHOTOGRAPHY”. That means No. U couldn’t respect it. So i don’t think u should get any respect.
so far u talked about the corruption in the management of temple, i am sure the government does know about the rumor. i don’t what they r doing? they might be looking for evidence or something else. or may be they r too bg to handle all the corrupted politician and mayobadi.
just don’t say it, be an example. tapai patrakar, tapai kalam chalaunus, ramra kura prachar garnus, kina khali nachahine kaam garera, mai hu bannuhunchha?
a proud nepali
Tx
Comment by Nepali — May 11, 2005 @ 5:31 am
**********************************
बिना कुरा बुझी जथाभावी कमेन्ट लेखेकोले यो कमेन्ट सेन्सरमा परेको छ ।
Comment by rajesh — June 2, 2005 @ 3:29 pm
MR. PHOTOGRAPHER u r not a hero
really u r a rule braker MONKEY.
DEAR MERO SANSAR
PLEASE DON’T give space to such type of MONKEY. give more priority to them which give us some moral message and proud of them.
प्रतिक्रिया लेख्ने साथी,
नाम फेरेर जति कमेन्ट लेखे पनि तपाईँलाई मैले राम्रैसँग चिनेको छु (यो सब आईपीको कमाल हो)
तपाईँले अलि कुरा बुझ्नु भएन । मेरो संसार र फोटोग्राफर एउटै हुन् । यो मेरो संसार हो । यसमा मलाई मन लागेका कुरा हुन्छन् । कसैलाई असहमति छ भने व्यक्त गर्न पाइन्छ तर शिष्ट भाषामा । जथाभावी लेखेर आफ्नो बेइज्जत आफै नगर्नुहोला ।
Comment by kerunga — June 3, 2005 @ 4:32 am
censor my a##. buddy. u r full of s@#$t.
Comment by Nepali — June 8, 2005 @ 5:12 am
For entertainment and news I do see your site from time to time. Its your blog..and your expression. What i didn’t like was that…when answering commentators you don’t need to be agressive. You can do it in a polite manner even when the commentator is rude (or you can edit or scrap it). The reason commentators say different things is because they come from a wide range of people….unemployed, employed, semi-educated, highly educated….depressed, joyful. So my point is that if sb. praises you, don’t feel elated..if sb. condemns you, don’t feel let down. Just carry on the good work of your own expressions.
Comment by khem — June 24, 2005 @ 11:59 am
good comment khem ji. i like ur attitude. that’s how mr patrakar here should answer the question instead of censoring question. if u r right, r u right. If u r not, u gotta know how to say sorry and shouldn’t do the same mistake again.
Comment by Nepali — July 21, 2005 @ 8:24 am
I quote khem and nepali… yup totally!!
Comment by Mukti Sir — February 26, 2006 @ 4:08 am