April 15, 2005

सलाम शाहिद अफ्रिदी !

२०६२ वैशाख २, शुक्रबार

आज आफ्नो जीवन कै उत्कृष्ट इनिङ खेल्दै भारतलाई पराजित गर्ने पाकिस्तानी टीमका प्रारम्भिक ब्याट्सम्यान शाहिद अफ्रिदीलाई बधाई ।

त्यसो त म क्रिकेटको पुरानो फ्यान हैन । तर केही वर्षदेखि क्रिकेटमा मेरो धेरै नै रुचि बढ्न थालेको छ । मैले बुझ्ने गरी जम्मा दुई वटा विश्वकप क्रिकेटमात्रै हेरेको छु । टेस्ट क्रिकेट ध्यान दिएर हेर्न थालेको त यही भारत पाक शृङ्खलाबाट मात्रै हो । त्यही पनि लामो खेल हेर्न झ्याउ लाग्ने भएर सुरु र अन्त्यको मात्र हेर्छु टेस्ट । बाँकी
आज भारत र पाकिस्तान बीच एक दिवसीय खेलको पाँचौं खेल सुरु हुनुअघिदेखि भारतले जित्छ जस्तो लागेको थियो । त्यसो त म पाकिस्तानी टीमको फ्यान हुँ । तर जसले राम्रो खेल्छ त्यसको पक्षमा हुन्छु म । सुरुमा सचिन १ रनमा अनि वीरेन्दर सेहवाग ५ रनमा आउट भएपछि भारतको खैर छैन भन्ने लागिसकेको थियो । धोनी पनि ११ रनमा आउट भएपछि ५९ रनमा चार विकेटको क्षतिमा भारत निकै दयनीय अवस्थामा पुगिसकेको थियो । तर कप्तान राहुल द्रविड र मोहम्मद कैफले पारी सम्हाले र स्कोर सम्मानजनक रुपमा २४९ बनाए । यो पिचमा रन बनाउन गाह्रो हुने बताइएको थियो । तर जवाफमा ब्याटिङका लागि आएको पाकिस्तानका अ‍ोपनर शाहिद अफ्रिदीले भारतका सबै बलरलाई चुट्नु चुटे । छक्का र चौकाको वर्षात् हुँदा अफिसमा सँगै बसेर खेल हेरिरहेका हामी सबै रोमाञ्चित भएका थियौं । उनले नौ छक्का र १० चौका सहित आफ्नो शतक पूरा गरे ।
afridiमात्र २० बलमा अर्धशतक पूरा गर्ने उनले अनिल कुम्बले र दिनेश मोंगियाको एक एक अ‍ोभरमा २२ -२२ रन हिर्काएका थिए । शतक बनाएपछि पहिलो पटक डिफेन्सिभ सट खेल्न खोज्दा उनी बोल्ड हुन पुगेका थिए । उनले आफ्नो क्यारियरमा २०४ छक्का हानी नौलो रेकर्ड राख्दा एक कमेन्टेटर भन्दै थिए मैले क्यारियर भरमा छ वटामात्र चौका हानेको थिएँ ! साँच्चै नै उनी बहुलाएका थिए र उनलाई रोक्न असंभव देखिएको थियो । म्यान अफ दि म्याच अफ्रिदीलाई खेलपछि तपाइँले क्रिकेटको कुन कोचिङ म्यानुअल पढेर आउनुभएको थियो भनी कमेन्टेटरले सोधेका थिए । उनले आफूले स्वभाविक खेल खेलेको बताए ।
पाँच विकेटले यो खेल जिती पाकिस्तानले टेस्ट र एक दिवसीय दुवैमा हार नखाने निश्चित गरेको छ । अन्तिम एक दिवसीय जिते त पाकिस्तानले एक दिवसीय शृङखला नै ४-२ ले हात पार्न सक्छ । आज पाकिस्तानी जनता र पाकिस्तानका समर्थकहरु मात्र हैन, क्रिकेट पारखी सबैले शाहिद अफ्रिदीको तारिफ गरेका छन् । मेरो पनि सलाम शाहिद अफ्रिदीलाई ।

1 Comment »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/04/15/4321/trackback/

  1. i know he is good cricket player but stil he habbit is made to fast playing . i like to say him congratulation in his plaaying life .

    Comment by jeewan karki — January 14, 2006 @ 4:24 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.