मोबाइल फ्याकौं, पुरस्कार जितौं
२०६१ वैशाख ३, शनिबार
टोक्नु न बोक्नु बनेको मोबाइल फ्याँक्ने प्रतियोगितामा भाग लिनुस्, आकर्षक पुरस्कार जित्नुस् ।
माघ १९ अगाडि टेम्पो र माइक्रोबस चढ्दा समेत सुनिने मोबाइलको घण्टी अब एकादेशको कथा बनिसकेको छ । यो एउटा यस्तो घाँडो बनिसकेको छ, जसलाई न टोक्न मिल्छ न बोक्न नै । फोन डायरीका रुपमा मात्र भए पनि प्रयोग गरौं न भनेको एकताका सेनाले मोबाइल बोक्नेमात्रको पनि मोबाइल जफत गर्ने काम थालेपछि धेरैले बोक्न पनि छाडिदिए ।
राजाको आतंकवाद निर्मूल पार्ने महान सदिच्छाका कारण बित्थामा चोट पाउने च्यामे बन्न पुगेको मोबाइल उपभोक्ताहरुले अब मोबाइल फोनका सेट फ्याँकेर विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । बाँकी (more…)

