यसरी बच्नुस् सरकारी सेन्सरबाट
२०६१ वैशाख ४, आइतबार
आजभोलि सरकारले कतिपय इन्टरनेट साइटलाई खोल्न नमिल्ने गरेर सेन्सर गरिरहेको छ । तर यो सेन्सरलाई बाइपास गरेर आफूले चाहेका साइट हेर्न त्यति गाह्रो भने छैन । आज म तपाइँलाई एउटा उपाय सिकाउँदैछु ।
सरकारद्वारा आतंकवादी घोषित माअोवादीहरुको आधिकारिक साइट त पहिलेदेखि बन्द नै थियो, भदौ १६ को इराक कान्डपछि नेपालीहरुको विभत्स हत्याको भिडियो राखिएको साइट पनि बन्द गराइयो । माघ १९ को शाही कदमपछि भने अमेरिकाबाट सञ्चालन भइरहेको नेपालीपोस्ट, जापानबाट सञ्चालन भइरहेको नेपालजापान अनि विभिन्न समाचारहरुको संकलन गर्ने न्युजलुक डाइजेस्ट जस्ता वेबसाइटहरु पनि बन्द गराइयो । विदेशमा जस्तो नेपालमा हाइ टेक सर्भिलेन्स वा निगरानी प्रणाली छैन । नेपालका आइएसपीहरुको मुख्य सर्भरमा एउटा कोड हाल्न लगाएर निश्चित वेबसाइटहरु ग्राहकहरुले चलाउन नमिल्ने बनाइएको मात्र हो । यी सर्भरको आँखा छल्ने हो भने तपाइँ सजिलै रोकिएका वेबसाइटहरु हेर्न सक्नुहुन्छ । यसका लागि विभिन्न उपायहरु छन् । तीमध्ये एउटा उपाय आज म यहाँ प्रस्तुत गर्न लागिरहेको छु । बाँकी (more…)

