April 17, 2005

यसरी बच्नुस् सरकारी सेन्सरबाट

२०६१ वैशाख ४, आइतबार

आजभोलि सरकारले कतिपय इन्टरनेट साइटलाई खोल्न नमिल्ने गरेर सेन्सर गरिरहेको छ । तर यो सेन्सरलाई बाइपास गरेर आफूले चाहेका साइट हेर्न त्यति गाह्रो भने छैन । आज म तपाइँलाई एउटा उपाय सिकाउँदैछु ।

सरकारद्वारा आतंकवादी घोषित माअ‍ोवादीहरुको आधिकारिक साइट त पहिलेदेखि बन्द नै थियो, भदौ १६ को इराक कान्डपछि नेपालीहरुको विभत्स हत्याको भिडियो राखिएको साइट पनि बन्द गराइयो । माघ १९ को शाही कदमपछि भने अमेरिकाबाट सञ्चालन भइरहेको नेपालीपोस्ट, जापानबाट सञ्चालन भइरहेको नेपालजापान अनि विभिन्न समाचारहरुको संकलन गर्ने न्युजलुक डाइजेस्ट जस्ता वेबसाइटहरु पनि बन्द गराइयो । विदेशमा जस्तो नेपालमा हाइ टेक सर्भिलेन्स वा निगरानी प्रणाली छैन । नेपालका आइएसपीहरुको मुख्य सर्भरमा एउटा कोड हाल्न लगाएर निश्चित वेबसाइटहरु ग्राहकहरुले चलाउन नमिल्ने बनाइएको मात्र हो । यी सर्भरको आँखा छल्ने हो भने तपाइँ सजिलै रोकिएका वेबसाइटहरु हेर्न सक्नुहुन्छ । यसका लागि विभिन्न उपायहरु छन् । तीमध्ये एउटा उपाय आज म यहाँ प्रस्तुत गर्न लागिरहेको छु । बाँकी
यसका लागि सबैभन्दा पहिला तपाइँले इन्टरनेटबाट मल्टिप्रोक्सी नामको एउटा प्रोग्राम डाउनलोड गर्नुपर्ने हुन्छ । धन्दा नमान्नुस्, यो फ्रिवेयर वा निःशुल्क पाइने प्रोग्राम हो । यसलाई डाउनलोड गर्न यहाँ जानुस् । अब यसलाई तपाइँको कम्प्युटरमा इन्स्टल गर्नुस् । अब तपाइँले आफ्नो ब्राउजरमा केही परिवर्तन गर्नुपर्ने हुन्छ । यहाँ म इन्टरनेट एक्सप्लोरर भर्सन ५ वा त्यसभन्दा माथिका ब्राउजरका बारेमा मात्र बताइरहेको छु । किनकि अधिकांशले चलाउने ब्राउजर यही हो ।
ब्राउजरको सबैभन्दा पहिला Tools मा क्लिक गर्नुस् , त्यसपछि Internet Options मा अनि Connections मा क्लिक गर्नुस् । तपाइँले डायल अपबाट इन्टरनेट कनेक्सन गर्नुहुने हो भने आफ्नो कनेक्सनमा जस्तै wlink, mos सेलेक्ट गर्नुस् अनि Settings मा थिच्नुस् । त्यहाँ “Use a Proxy Server…” लेखिएको अगाडिपट्टी रहेको बक्समा चेक अर्थात् टीक चिन्ह लगाउनुस् । त्यसपछि Address लेखिएको ठाउँमा 127.0.0.1 र port लेखिएको ठाउँमा 8088 टाइप गर्नुस् । अब OK मा क्लिक गर्नुस् र फेरि अर्को पटक पनि OK मा क्लिक गर्नुस् ।
नोटः तपाइँले Tools> Internet Options> Advanced ट्याबको “Use HTTP 1.1″ र “Use HTTP 1.1 through proxy connections” को अगाडि चेक चिन्ह राखिएको रहेछ भने त्यसलाई हटाउनु पनि पर्छ ।
अब तपाइँको ब्राउजर प्रोक्सी सर्भरबाट साइट हेर्न अर्थात् सरकारले थापेको सेन्सरको आँखामा धुलो छ्याप्न तयार भयो । तर तपाइँको काम भने सकिएको छैन । अब तपाइँले इन्टरनेटमा Anonymous Proxy अर्थात् बेनामी सर्भरको सूची खोज्नु पर्ने हुन्छ । एउटा सूची यहाँ पाइन्छ । प्रोक्सीका सबै सूचीलाई कपी गरेर नोटप्याड खोलेर सेभ गर्नुस् र फाइल नेम proxy.txt राख्नुस् ।
अब तपाइँले अघि इन्स्टल गर्नुभएको मल्टिप्रोक्सी प्रोग्रामको आइकन जुन झण्डा जस्तो हुन्छ र तल स्टायटस बारमा गएर बसेको हुन्छ, त्यसमा डबल क्लिक गर्नुस् । खुलेपछि Options मा क्लिक गर्नुस् अब Proxy Server List ट्याबमा क्लिक गर्नुस् । अब मुनि रहेको Menu लेखिएको बटनमा क्लिक गर्नुस् र Files> Import Proxy List मा क्लिक गर्नुस् । अब खुलेको बक्समा अघि तपाइँले सेभ गर्नुभएको proxy.txt लोकेट गरिदिनुस् । अब OK गरिदिनुस् र Check All Proxies मा क्लिक गर्नुस् । एकछिन यसलाई कुन प्रोक्सीले काम गर्छ कुनले गर्दैन भनी पत्ता लगाउन समय लाग्छ । त्यसपछि तपाइँ ब्राउजर खोलेर मजाले बिना सेन्सर चाहेको वेबसाइट हेर्न सक्नुहुन्छ ।
सरकारले अब यस्ता प्रोक्सी सर्भरलाई पनि ब्लक गर्नसक्नु हुन्छ । तर इन्टरनेटमा दिनहुँ यस्ता प्रोक्सी सर्भर देखापर्छन्, जुन सबैलाई रोक्न असम्भव नै हुन्छ ।

6 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/04/17/8801/trackback/

  1. ए राता मकै! त्यस्तो नी गर्न हुंदो र’छ नी गांठे।

    Comment by भोजु — April 24, 2005 @ 12:12 am

  2. साउदी अरबमा आफ्नै इन्टरनेट क्याफे खोलेर बसेको छु । संसारको सबैभन्दा कडा कानुन भएको देश साउदीमा नेट चलाउनु सार्‍है चुनौतिको कुरा हो । तपाईँको सेन्सरबाट बच्ने तरिका राम्रो छ । तर मैले अरु नै तरिकाबाट पनि प्रोक्सी ब्रेक गरेर वेबसाइट खोल्ने गरेको छु । धन्यवाद
    - विष्णु खड्का

    धन्यवाद विष्णु जी प्रतिक्रियाका लागि । तपाईँको तरिका हामीलाई पनि सिकाउनुस् न त ।

    Comment by gulf internet dammam — May 29, 2005 @ 12:06 pm

  3. want to open

    Comment by durga — July 2, 2005 @ 3:30 pm

  4. ho ra tasto garda sarkharla samatla ni hai ! hos gara .
    sarkar lai k new pau jasto chha

    Comment by dev gautam — July 4, 2005 @ 6:50 pm

  5. why this cyber sansar blog is not updated regularly? please update it with new stuffs.

    Comment by sagun chalise — July 9, 2005 @ 6:10 am

  6. Nobody Can Block Creation and Change in this World.

    Comment by Infinity — December 3, 2005 @ 6:27 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.