April 18, 2005

टाइममा नेपालको फोटो फिचर

time
विश्वप्रसिद्ध टाइम म्यागेजिनको वेबसाइटमा नेपालको द्वन्द्वसित सम्बन्धित १६ वटा तस्बिर समावेश गरी एक फोटो फिचर प्रस्तुत गरिएको छ । टाइमका लागि टमस भान हाउट्रिभेले यी तस्बिर खिचेका हुन् । फोटो फिचरका लागि यहाँ क्लिक गर्नुहोला ।

टाइममा नेपालको आवरण कथा

२०६१ वैशाख ६, मंगलबार 1:58 am

विश्वप्रसिद्ध टाइम म्यागेजिनको यस हप्ताको अंकमा नेपालसम्बन्धी लेखलाई आवरण कथा वा कभर स्टोरीको रुपमा प्रस्तुत गरिएको छ । टाइमको मुखपृष्ठमा एक माओवादी विद्रोहीको तस्बिर सहित रेबल नेसन शीर्षक दिइएको छ । आवरण कथा टाइमका दक्षिण एसिया ब्युरो प्रमुख एलेक्स पेरीले लेखेका हुन् । यसमा राजा ज्ञानेन्द्र, माओवादी अध्यक्ष प्रचण्डका विशेष अन्तवार्ता र समाचार विश्लेषण प्रस्तुत गरिएका छन् । समाचार विश्लेषणको शीर्षक गनिङ फर नेपाल, हिमाली अधिराज्यलाई विभाजित गर्ने रक्तपातपूर्ण गृहयुद्धका सम्बन्धमा टाइमको विशेष रिपोर्ट दिइएको छ । हरेक पृष्ठमा ब्लडी कन्ट्रीः नेपाल भनी उपशीर्षक पनि दिइएको छ ।

“यो सर्भाइभलको प्रश्न हो”

टाइममा राजाको अन्तर्वार्ता
२०६१ वैशाख ६, मंगलबार 1:51 am
king
टाइम म्यागेजिनमा राजा ज्ञानेन्द्रको अन्तर्वार्ताका मुख्य अंशमात्र प्रकाशित छन् । तर यसको वेबसाइटमा भने पत्रिकामा नछापिएका विस्तृत अंशसमेत समेटिएको छ । पाठकका लागि यहाँ त्यो विस्तृत अन्तर्वार्ताको भावानुवाद प्रस्तुत गरिएको छ । बाँकी (more…)

“हामी सामन्ती निरंकुशतालाई अन्त्य गर्न खोज्दैछौं”

टाइम म्यागेजिनमा माओवादी नेता प्रचण्डको अन्तर्वार्ता
२०६१ वैशाख ६, मंगलबार 1:44 am

टाइममा प्रकाशित माओवादी नेता प्रचण्डको छोटो अन्तर्वार्ताको विस्तृत अंश इन्टरनेट संस्करणमा राखिएको छ । त्यसको भावानुवाद । (more…)

राजा र प्रचण्ड दुवै आ-आफ्नै अडानमा

२०६१ वैशाख ५, सोमबार

विश्वप्रसिध्द टाइम म्यागेजिनले फेरि नेपालको बारेमा एउटा विशेष लेख प्रकाशित गर्ने भएको छ । टाइमले राजा ज्ञानेन्द्र र माअोवादी नेता प्रचण्ड दुवैको विशेष अन्तर्वार्ता लिएको छ । टाइमले हिजो विश्वका प्रमुख संचार माध्यमहरुलाई उक्त अन्तर्वार्ताका केही अंश उपलब्ध गराएको छ । अन्तर्वार्तामा दुवै नेताले आफैले युध्द जित्ने दावी गरेका छन् । दुवै आफैले जनताको मन जित्ने दावी पनि गर्छन् । बाँकी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.