April 18, 2005

राजा र प्रचण्ड दुवै आ-आफ्नै अडानमा

२०६१ वैशाख ५, सोमबार

विश्वप्रसिध्द टाइम म्यागेजिनले फेरि नेपालको बारेमा एउटा विशेष लेख प्रकाशित गर्ने भएको छ । टाइमले राजा ज्ञानेन्द्र र माअोवादी नेता प्रचण्ड दुवैको विशेष अन्तर्वार्ता लिएको छ । टाइमले हिजो विश्वका प्रमुख संचार माध्यमहरुलाई उक्त अन्तर्वार्ताका केही अंश उपलब्ध गराएको छ । अन्तर्वार्तामा दुवै नेताले आफैले युध्द जित्ने दावी गरेका छन् । दुवै आफैले जनताको मन जित्ने दावी पनि गर्छन् । बाँकी

राजा ज्ञानेन्द्रसितको अन्तर्वार्ता टाइमले नारायणहिटी राजदरबारमा र प्रचण्डसितको अन्तर्वार्ता इमेलमार्फत् लिइएको बताएको छ । राजाले अन्तर्वार्तामा माअोवादीलाई जित्न जनताको ह्रदय जित्न आफ्नो सरकार अग्रसर हुने बताएका छन् । उनले राष्ट्रले आतंकवादलाई अस्वीकार गरेको बताउँदै आतंकवादलाई परास्त गर्न सेनाले आवश्यकता अनुसार शक्ति प्रयोग गर्ने, सहकार्य गर्ने र सहयोग गर्ने जस्ता सबै विकल्प प्रयोग गर्ने बताएका छन् । कानुनी शासन मान्ने कसैले पनि डराउनु पर्दैन, कानुन नमान्नेहरुले पीडाबोध गर्नेछन्, अन्तर्वार्तामा राजाले बताएका छन् ।
माअोवादी नेता प्रचण्डले पनि सेनालाई राजधानीमा मात्र सीमित पारेको दावी गर्दै आफूहरु उनीहरुको कथित जनयुध्दको रणनैतिक प्रत्याक्रमणको अन्तिम चरणमा पुगेको बताएका छन् । उनले गफ हाँकेका छन्, हामीले शाही सेनालाई प्रतिकारको स्थितिमा राखी राजधानी, जिल्ला सदरमुकाम र ब्यारेकमा सीमित राखेका छौं । टाइमले प्रचण्डको नाममा अन्तर्वार्ता दिने प्रचण्ड नै हुन् भनी स्वतन्त्र पुष्टि हुन नसकेको बताउँदै तर कतिपय वरिष्ठ माअोवादी नेताहरुले भने त्यो आधिकारिक नै रहेको बताएको प्रष्ट पारेको छ ।
राजाले सैनिक र आर्थिक सहायता कटौती गर्ने मित्रराष्ट्रहरुको घोषणाबाट दुःखी भएको प्रष्ट पार्दै प्रजातान्त्रिक शक्तिहरुविरुद्ध ती सहयोग प्रयोग हुनसक्ने मित्रराष्ट्रहरुको चिन्ता वास्तविकताभन्दा पर रहेको बताएका छन् ।
राजाले पहिले नै टुक्रा भइसकेको कुरालाई बिग्रिएको भन्न नमिल्ने बताउँदै सबै सर्वसाधारण नागरिक राजनीतिक पार्टीसित दिक्क भएको तथ्य पनि उल्लेख गरेका छन् ।
टाइम म्यागेजिनको वेबसाइटमा यी हरफ लेखिँदासम्म यो अन्तर्वार्ताका अंश प्रकाशित छैन । तर एएफपीले यस सम्बन्धमा लेखेको समाचारलाई भने यहाँ हेर्न सकिन्छ

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/04/18/45698/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.