April 27, 2005

देउवा निवासमा मध्यरातमा महाभारत

श्रीमति देउवाद्वारा आत्महत्याको धम्की
रुवाबासी, तानातान
रुँदै श्रीमति देउवाले भन्नुभएछ मेरो एउटै श्रीमान् छ, मेरो छोरोको एउटै बाउ छ

२०६२ वैशाख १४ बुधबार
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बूढानिलकण्ठस्थित उहाँकै निवासबाट गएको मध्यरातमा शाही आयोगले गिरफ्तार गर्दा महाभारत नै मच्चिएको रहेछ । मध्यरात सवा १२ बजे आएका सुरक्षाकर्मीहरुले दुई घण्टासम्मको महाभारतपछि सवा २ बजे बल्ल गिरफ्तार गरी लगेका रहेछन् । घटना भएको बेला घटनास्थलमा रेकर्ड भएको एउटा अडियो मलाई प्राप्त भएको छ । तपाइँ यसलाई यहाँ क्लिक गरी सुन्न सक्नुहुन्छ(लोड हुन समय लाग्न सक्नेछ केही बेर धैर्य गर्नुहोला) अडियोमा सुनिए अनुसार श्रीमति देउवाले सुरक्षाकर्मीहरुलाई राति गिरफ्तार गर्न आएकोमा आपत्ति जनाउनुभएको रहेछ । एक ठाउँमा त श्रीमति देउवाले “मेरो एउटै श्रीमान छ मेरो जिन्दगीमा । मेरो छोराको एउटै बाउ छ । म राति पठाउन सक्दिन” भन्दै रुनुभएको र देउवाले उहाँलाई “नरोउ न आरजु” भनेर सम्झाएको सुनिएको छ । त्यसैगरी एक ठाउँमा “तपाइँ मलाई धेरै उ नगर्नुस् म गोली हान्दिन्छु, मेरो ज्यान त म लिनसक्छु नि” भन्दै शायद आत्महत्या गर्ने धम्की दिनुभएको छ । सुनिएका आवाजलाई मैले बुझेसम्म निम्नानुसार लिपिवद्ध गरेको छु । बाँकी

श्रीमति देउवा: लगेर के गर्छ के गर्छ यिनीहरुको भरोसा छ ? राति आउने यसरी…(अस्पष्ट)……….छाति फुलाएर आउनु पर्यो नि त्यत्रो अपराधी भनेर भनिसकेपछि अपराधी हो भने….जनताको पैसा बचाउन आउने भनेर नाटक गर्या हैन ? छाति फुलाएर आउनु पर्यो नि त्यसो भए । राति चोरजस्तो आउने ?

श्रीमति देउवा: यस्तो पनि पुलिस हुन्छ…………..लाज लाग्दैन ? डुबेर मर्नुस् त्यहाँ खोलामा गएर । अर्काको घरमा आधी रातमा आउने ? मलाई थाहा छैन । दिनभरी यहाँ कुरेर बसिरा थियो

देउवाको अस्पष्ट आवाज…..(जंगिँदै )भनेर भन्या छु

श्रीमति देउवाको चिच्याहट….बाबु….कहाँ के भएको भन्या यो…..बाबु….मेरो छोरा

श्रीमति देउवा: नाइँ नाइँ म बुझ्न सक्दिन यो अहँ

देउवा: बेकारको कुरा हो यो बेकारको कुरा हो यो मलाई थाहा छ नि

देउवा: हुँदैन भने जसरी…..

देउवा: ए आरजु, आरजु

श्रीमति देउवा: (करुण स्वर) यो मेरो श्रीमान हो । मेरो एउटै श्रीमान छ मेरो जिन्दगीमा । मेरो छोराको एउटै बाउ छ । म राति पठाउन सक्दिन ।

देउवा: नरोउ न भन्या ह्यात्तेरी

श्रीमति देउवा: नाइँ

देउवा: छोड भन्या

श्रीमति देउवा: मलाई एउटा इज्जतदार महिला जस्तो

श्रीमति देउवा: तपाइँ मलाई धेरै उ नगर्नुस् म गोली हान्दिन्छु

देउवा: नगर भन्या ए आरजु, ए छाडदेउ छाडदेउ

श्रीमति देउवा: मेरो ज्यान त म लिनसक्छु नि

1 Comment »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/04/27/441141/trackback/

  1. It is really a good job, giving all this live news to the public.I would like to appriciate for this.So far as it is concern to the deuba family, they should not have done like this. It does not looks good to them.Even though if it was not legal arrest it may finalise by the time. It was not a mattre of worry. Their action does not look like the ex-primeminister of Nepal.They did not like a political family.I have a pity simpathy to them.

    Comment by Ram bashyal — April 29, 2005 @ 6:12 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.