विमानस्थलमा राजाले बोले
२०६२ वैशाख १६ शुक्रबार

माघ १९ को शाही घोषणापछि पहिलो पटक विदेश भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदा राजाले विमानस्थलमा पत्रकारहरुलाई भ्रमणको उपलब्धिका बारेमा “ब्रिफिङ” गरेको सुन्दा सुरुमा त अचम्म लाग्यो । प्रधानमन्त्री, मन्त्रीहरुमात्र यसरी विदेशबाट फर्कँदा पत्रकारहरुसित कुराकानी गर्ने गर्थे । संभवतः राजाले विमानस्थलमा नेपाली पत्रकारहरुसित कुराकानी गरेको यो पहिलो घटना हो । पछि यसो विचार गरेर हेर्दा भने बेकारमा अचम्म मानेको रहेछु जस्तो लाग्यो । माघ १९ पछि देशमा प्रधानमन्त्री भन्ने पद नै छैन । प्रधानमन्त्रीले गर्ने काम राजाले नै गरिरहेका छन् । अनि यसरी प्रधानमन्त्रीले जस्तो विमानस्थलमा पत्रकारहरुसित कुरा गर्नु कुन ठूलो कुरा भयो र । २१ अौं शताब्दीको राजतन्त्र देखिने र सुनिने हुन्छ भनेर त मौसूफले पहिले नै भनिबक्सेको थियो नि ! (more…)

