April 29, 2005

बंकरमा लुक्न बाध्य बुस

२०६२ वैशाख १६ शुक्रबार
आतंकवादविरुध्द युध्द छेडी विश्वलाई सुरक्षित बनाएको दावी गर्दै आएका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस आफ्नै देश र आफ्नै निवासमा कतिसम्म असुरक्षित र त्रसित अवस्थामा रहन्छन् भन्ने कुराको पुष्टि यो हप्ता भएको छ ।
भयो के भने गत बुधबार राजधानी वासिङटनको उडान निषेधित क्षेत्रमा एउटा विमान पसेको खबर आयो । त्यसपछि तत्काल सुरक्षा सतर्कता अपनाइयो । राष्ट्रपति भवनमा ठूलो हलचल मच्चियो । राष्ट्रपति बुसलाई उहाँकै कार्यालयबाट एक भूमिगत बं‍करतर्फ लगियो । उपराष्ट्रपति डिक चेनीलाई पनि सुरक्षित स्थलतर्फ लगियो । तर पछि पो थाहा भयो, त्यो सब गर्न जरुरी नै थिएन । बेकारमा सबै डराएका थिए । विमान भन्ठानेको राडारमा देखिएको वस्तु त एउटा बिन्दुमात्र थियो जसलाई ब्लिप भनिन्छ । तर त्यो कुरा प्रष्ट हुन्जेलसम्म त ह्वाइटहाउसको पश्चिमी भागका कर्मचारीहरुलाई बाहिर निकालिसकिएको थियो । पूर्वी भागमा रहेका पर्यटकहरुलाई पनि नजिकैको पार्कमा सारिएको थियो । अमेरिकी सेनाका हेलिकप्टरले आकाशमा अज्ञात विमानको खोजी गर्न थालिसकेका थिए अनि हतियारधारी सेनाले राष्ट्रपति भवनलाई चारैतिरबाट घेरा हालिसकेका थिए । विमान हैन भनी पूर्ण रुपमा पुष्टि नहुञ्जेल उहाँले बंकरभित्रै समय बिताउनु भएको थियो । त्यतिबेला बुसको मनमा कस्ता विचार आए होलान्, त्यो त उनलाई नै थाहा होला या भविष्यमा क्लिन्टनले झैं आत्मकथा लेखेपछि थाहा होला । तर अज्ञात ठाउँमा लुकेर बसेका आतंकवादीका नाइके अ‍ोसामा बिन लादेनले भने जब यस्तो कुरा सुने तब पक्कै मुसुक्क हाँसेर सोचे होलान्, अगुल्टोले हानेको कुकुर बिजुली देखिँदा पनि तर्सन्छ !
११ सेप्टम्बरको आतंकवादी आक्रमणपछि अमेरिकी राष्ट्रपतिले भूमिगत बंकरमा शरण लिएको यो पहिलो घटना थियो ।

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/04/29/14741/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.