विमानस्थलमा राजाले बोले
२०६२ वैशाख १६ शुक्रबार

माघ १९ को शाही घोषणापछि पहिलो पटक विदेश भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदा राजाले विमानस्थलमा पत्रकारहरुलाई भ्रमणको उपलब्धिका बारेमा “ब्रिफिङ” गरेको सुन्दा सुरुमा त अचम्म लाग्यो । प्रधानमन्त्री, मन्त्रीहरुमात्र यसरी विदेशबाट फर्कँदा पत्रकारहरुसित कुराकानी गर्ने गर्थे । संभवतः राजाले विमानस्थलमा नेपाली पत्रकारहरुसित कुराकानी गरेको यो पहिलो घटना हो । पछि यसो विचार गरेर हेर्दा भने बेकारमा अचम्म मानेको रहेछु जस्तो लाग्यो । माघ १९ पछि देशमा प्रधानमन्त्री भन्ने पद नै छैन । प्रधानमन्त्रीले गर्ने काम राजाले नै गरिरहेका छन् । अनि यसरी प्रधानमन्त्रीले जस्तो विमानस्थलमा पत्रकारहरुसित कुरा गर्नु कुन ठूलो कुरा भयो र । २१ अौं शताब्दीको राजतन्त्र देखिने र सुनिने हुन्छ भनेर त मौसूफले पहिले नै भनिबक्सेको थियो नि ! सुस्तरी शब्दलाई तौलीतौली बोल्ने राजाको स्वभाविक आवाज निकै मधुर सुनिन्छ, अौपचारिक भाषणको भन्दा निकै फरक । यस्तो आवाज पहिले राजाबाट विभिन्न विकासक्षेत्रको भ्रमणका क्रममा सर्वसाधारणलाई अटोग्राफ दिँदै कुराकानी गर्दाका बखत पनि सुनिएको थियो । विमानस्थलमा रेकर्ड गरिएको राजाको आवाज सुन्नलाई यहाँ क्लिक गर्नुहोला ।
राजदम्पतीको स्वागतका लागि आज काठमाडौंमा भव्य तयारी थियो । विदेशी राष्ट्रप्रमुख आउँदा जस्तै नै तयारी गरिएको थियो । ट्राफिक जाममा फँसिएला भनी आज छिटै घर फर्किँदा माइतीघरमा नयाँ फूलका बिरुवा लगाइँदै गरिएको देखिएको थियो । विभिन्न संघसंस्थाहरुले ठाउँठाउँमा स्वागत द्वार बनाएका थिए ।
ट्राफिक जाममा अड्किनु जस्तो झन्झटको काम अरु केही हुँदैन । आज त राजदम्पती अौपचारिक विदेश भ्रमण सकाएर स्वदेश फर्कने कार्यक्रम थियो । तर राजपरिवारको काठमाडौंमा कतै सवारी हुँदा पनि आजभोलि एक दुई घण्टा अगाडिदेखि ट्राफिक जाम गरिने गर्छ जसले निकै हैरान पार्छ । ट्राफिकले गाडी ठाउँठाउँमा रोक्नेको त के कुरा, बटुवाहरुलाई एक छेउबाट हिँड्न समेत दिइन्न, अर्को छेउबाट हिँड्नु पर्छ । गाडीबाट सर्रर्र हिँड्नेहरुलाई त यस्तो कुरा सामान्य लाग्न सक्छन् । तर त्यसवापत् सास्ती पाउनेहरुको मनमा पर्ने नकारात्मक प्रभाव निकै दीगो हुनसक्छ । त्यसैले यस्तो समस्या समाधान गर्न वा कम्तीमा न्युन गर्नका लागि सम्वध्द निकायले सोच्न जरुरी छ ।


Nice blog…but i couldnt understand the language. Is this blog Nepalese or from assam? sorry for the misconception though. Another thing you should have some articles in english..just to accomodate outside visitors like us u know
. Chao from bangladesh.
Comment by someguy — April 29, 2005 @ 8:34 pm
ओइ घांघड बंगाली साला, नेपाली र आसामी भाषा पनि छुट्याउन सक्दैनस? मुर्कुट्टा बंगाली, तंलाई खु्र्सानिको बोटमा चढाएर तलबाट बेस्सरी हल्लाएर भुंईमा झारौं जस्तो।
Comment by पांचु — May 9, 2005 @ 11:08 pm