April 30, 2005

संकटकाल त हट्यो, संकट नि ?

२०६२ वैशाख १७ शनिबार

आज शनिबार सँधै झै ढीला उठेर पत्रिका हेर्दा तीनछक्क परेँ । संकटकाल फिर्ता लिइएको रहेछ । गएराति अबेर राजदरबारबाट यो घोषणा भएको रहेछ । हिजो राति अबेरसम्म इन्टरनेटमा नै थिएँ म तर सुँइकोसम्म पाइनँ मैले यसबारेमा । नेपालको इतिहासमा महत्वपूर्ण घटना राति नै हुने गरेका छन् । चाहे त्यो असोज १८ को कान्ड होस् वा राजदरबार हत्याकान्ड वा अस्ति भर्खरको भूपू प्रमलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरेको नेपालको ऐतिहासिक घटना । शायद त्यसैले संकटकाल हटाउने घोषणा पनि राति नै भएको हो कि । त्यसो त माघ १९ को शाही घोषणा पनि अघिल्लो दिन राति नै हुने व्यापक हल्ला थियो । किन भोलिपल्ट बिहान भएछ कुन्नि ।
अँ त म भन्दै थिएँ- सकंटकाल हट्यो तर के देशमा निम्तिएको संकट हट्यो त साँच्चिकै - शान्ति र पूर्ण प्रजातन्त्र अब पाइने भयो र । जे होस्, संकटकाल हट्यो र त्यससँगै वाक तथा प्रकाशन स्वतन्त्रता लगायतका अनेकन् मौलिक अधिकार बहाल भए । तर अहिलेको स्थितिमा घोषित संकटकाल हटे पनि अघोषित संकटकाल भने विद्यमानै रहने संकेत देखापरेको छ ।
आजै सरकारी सञ्चारमाध्यमहरुले फुकेका फुक्यै छन्, संकटकाल हटे पनि राजधानीका मुख्य भाग कतै पनि जुलुस, सभा, धर्ना जस्ता काम गर्न निषेध गरिएको आदेश स्थानीय प्रशासनले जारी गरेको छ । संकटकालको घोषणा हुँदादेखि नजरबन्दमा राखिएका एमाले नेता माधव नेपाल अझै रिहा भएका छैनन् । रिहा भएका अरु नेताहरुलाई चाहिँ पासोमा पार्न भ्रष्टाचार नियन्त्रण शाही आयोग तम्तयार भएर बसेको छ । त्यसैले त धारा १२७ को प्रयोग गरेर संकटकालमा गठन भएको त्यो आयोगलाई निरन्तरता दिइएको छ । सिंह (प्रकाशमान) र शेर (बहादुर देउवा) लाई त पासोमा पारिसकिएकै छ, अरु जन्तु पनि मेरा नम्बर कब आएगा भन्दै दिन गन्दै बसिरहेका छन् । तथाकथित दोस्रो पुस्ताका नेताहरु अझै रिहा भएका छैनन् ।
संकटकाल हटेपछि वाक तथा प्रकाशन स्वतन्त्रता बहाल भएको छ । तर वाक स्वतन्त्रतामा अघि भने झैं निषेधादेशले नियन्त्रण गरिएको छ भने प्रकाशन स्वतन्त्रतामा पनि त्यस्तै कदम चालिने निश्चित छ । पत्रपत्रिकालाई आर्थिक नाकाबन्दी गर्ने नीति त यसअघि नै र्सार्वजनिक भइ नै सकेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/04/30/45723/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.