April 30, 2005

धारा १२७ को जादू

२०६२ वैशाख १७ शनिबार

हाम्रो संविधानमा धारा १२७ पनि गजब कै जादूको छडीजस्तो धारा रहेछ बा । अरु धाराबाट त पानीमात्रै आउँछ । तर यो धाराबाट त जे चाहियो त्यही झार्न मिल्ने रहेछ । पौराणिक कथामा कल्पवृक्ष भन्ने एउटा रुख थियो रे, चिताएको कुरा त्यो रुखले पूरा गर्थ्यो रे । अहिले धारा १२७ ले पनि जे चितायो, त्यही पूरा हुने रहेछ । भ्रष्टाचार नियन्त्रण शाही आयोग धारा १२७ अनुसार बहाल रहने र त्यसमा काम गर्नेहरु पनि धारा १२७ अनुसार बहाल रहने रे । अनि यसबीचमा जारी भएका आदेश पनि धारा १२७ अनुसार नै रे । जननिर्वाचित प्रधानमन्त्रीलाई अक्षम भनी बर्खास्त गर्न पनि धारा १२७, त्यही प्रधानमन्त्रीलाई फेरि त्यही पदमा नियुक्त गर्न पनि धारा १२७, अनि फेरि बर्खास्त गर्न पनि धारा १२७ । बीचमा कतिपय प्रधानमन्त्री नियुक्त गर्न र बर्खास्त गर्न पनि धारा १२७ । बीचमा प्रधानमन्त्री बन्नको लागि निवेदन दर्ता गर्न नारायणहिटीमा लाम लागेर बसेको अलौकिक दृश्य हर्ेन पाउनमा पनि यही धारा १२७ कै देन थियो । धन्य छ धारा १२७ तिम्रो महिमा ।
दुःखको कुरा, धारा १२७ को प्रयोग गर्न पाउने अधिकार तपाइँ हामीमा छैन । नत्र सोच्नुस् त, कति रमाइलो हुन्थ्यो होला, जब ट्याक्सीमा सर्रर चढेर आफूलाई चाहिने गन्तव्यमा पुगिन्थ्यो र चालकले पैसा माग्दा भन्न पाइन्थ्यो- धारा १२७ अनुसार यस पटकको भाडा शुल्क तिर्न पर्दैन । भोक लाग्दा रेस्टुरेन्टभित्र पसेर टन्न खाइन्थ्यो र बिल आउँदा ङिच्च हाँसेर उही धारा १२७ तेर्स्याउन पाइन्थ्यो । नगरकोटको होटलमा मस्तीका साथ रात बिताएको केही हप्तापछि गर्लफ्रेन्डले पेट बोकेको कुरा सुनाउँदा पनि दोष उही धारा १२७ लाई दिन पाइन्थ्यो । हे भगवान्, तिमीले हाम्रा लागि चाहिँ किन धारा १२७ को व्यवस्था गरेनौ ? फेरि भगवानले रिसाएर धारा १२७ कै प्रयोग गरी मलाई माथितिर बोलाएर मारसित भकुर्न लगाउनुहोला नि । रिसानी माफ होस् है ।

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/04/30/636352/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.