May 31, 2005

फेरि अनिश्चितकालीन शैक्षिक हड्ताल रे

२०६२ जेठ १७ बुधबार
विद्यार्थीहरुले फेरि अब लामै विदा पाउने भएका छन् । किनभने माअ‍ोवादी भ्रातृ संगठन अखिल नेपाल स्वत्नत्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले यही जेठ २४ अर्थात् अर्को मंगलबारदेखि अनिश्चितकाली शैक्षिक हड्ताल थाल्ने घोषणा गरेको छ । शिक्षा क्षेत्रलाई राजनीतिक द्वन्द्वमा फँसाउन हुन्न भनेर जति कराए पनि युध्दरत दुवै पक्षले कानमा तेल लगाएर बसेका छन् । बिचरा स्कुलमा पढ्ने विद्यार्थीहरुलाई हेर्नुस् त, उसलाई कति दूरगामी असर पर्छ यसले । विद्रोही पक्ष अनिश्चितकाली हड्ताल गर्छन्, सरकार पक्ष राष्ट्रवादी शिक्षा भन्दै राजपरिवारका तस्वीर पाठ्यपुस्तकमा राख्नेदेखि लिएर बहुदलीय व्यवस्थाको गुण गाइएका पाठलाई हटाउने निर्देशन दिन्छन् । दुई साँढेको जुधाइमा पर्ने त निर्धो जनतामात्रै । हुनेखानेहरु त विदेशमा पढ्न जान्छन्, तर अरुको भविष्य ?
अनेरास्ववियु क्रान्तिकारीले हिजोको मिति राखी पठाएको ईमेल वक्तव्यमा उसकै शब्दमा शाही कूका विरुध्द यो अनिश्चितकालीन तीन स शैक्षिक हड्तालको आयोजना गरिएको हो भनिएको छ । तीन वटा स भनेको चाहिँ सदरमुकाम, सहर र सडक रे । भन्नलाई तीन स भने पनि यसले असर चाहिँ थुप्रै स लाई पार्ने देखिएको छ - सरकार, सेना, समग्र शिक्षा क्षेत्र………

May 30, 2005

यस्तो पो राजा त !

२०६२ जेठ १७ मंगलबार
Swazi Kingराजाको कुरा भन्ने बित्तिकै अहिले नेपालमा राजावादी र राजाविरोधीका कान ठाडा हुन्छन् । तपाईँले पनि त्यही भएर यो ब्लग पढ्दै हुनुहुन्छ भने माफ गर्नुहोला, यो त बेग्लै सन्दर्भको कुरा पर्‍यो । यो त एक अफ्रिकी देश स्वाजिल्यान्डका राजाको रमाइलो जीवनको कुरा हो । भर्खरै उनले १२ अ‍ौं दुलही भित्र्याएका रहेछन् । अनि उनकी यी २५ वर्षीया नयाँ दुलहीले उनको २५ अ‍ौं सन्तान जन्माउँदै रहिछिन् । त्यतिमात्र हो र दुई जना युवती उनीसित बिहे गर्न तयार भएर बसेका छन्, साइट र राजाको मूडमात्रै कुरिरहेका । उता, गद्दी गुमाइसकेका राज्यबिनाका जर्मनीका एक राजा भने दुलही खोज्न पत्रपत्रिकामा विज्ञापन छपाउँदै रहेछन् । बाँकी (more…)

बाबुरामको बकबक

२०६२ जेठ १६ सोमबार
आज बीबीसी नेपाली सेवामा माअ‍ोवादी नेता बाबुराम भट्टराईसितको विशेष अन्तर्वार्ता सुनियो । रमाइलो रहेछ अन्तर्वार्ता । बीबीसी नभएको भए हामी यस्तो अन्तर्वार्ता सुन्न पाउने थिएनौं । माअ‍ोवादीभित्रको विवादको बारेमा अन्तर्वार्ता केन्द्रित थियो । भट्टराईका अनुसार संसदवादी दल र भारतसित पनि माअ‍ोवादीको वार्ता भइरहेको छ रे । दरबारसँग चाहिँ छैन रे । पहिले भए बीबीसी म एफएममा सुन्थें । मकरतन्त्र लागेपछि एफएममा सुन्न नपाइने भयो । केही दिनसम्म सर्टवेभ रेडियोको कान बटार्दै सुनेँ । पछिबाट भने इन्टरनेटमा नै सुन्न थालेँ । मलाई डर लागिरहेको छ कतै अरु साइट जस्तै सरकारले बीबीसीको साइट पनि ब्लक गर्न लगाउने त हैन । त्यसो भयो भने फेरि सर्टवेभको झ्यारझुर आवाज सुन्नु पर्ने हुन्छ । आज एक जना मित्रले भन्दै थिए आईएसपीहरुलाई रेगुलेट गर्ने कानुन ल्याउन लागेको छ रे सरकारले । त्यो भएपछि सरकारलाई मन नपरेको साइट मजाले बन्द गर्न पाइन्छ रे । कुन दिनदेखि ब्लग पनि बन्द गरिने हो कुन्नि…………

May 29, 2005

राजधानीमा फेरि बम विस्फोट

२०६२ जेठ १५ आइतबार
bomb
बम विस्फोटका कारण पुगेको क्षति
माओवादीहरुले ललितपुर उपमहानगरपालिकाको २२ नम्बर वडा कार्यालयमा आज एक बम विस्फोट गराएका छन् । माघ १९ को शाही घोषणापछि उपत्यकाभित्र माअ‍ोवादीहरुले आक्रमण गरी बम विस्फोट गराएको यो पहिलो घटना हो । यसअघि शुक्रबार राति पनि माअ‍ोवादीहरुले नयाँ बानेश्वरको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यालयको पर्खालमा छाडेर गएको बम विस्फोट भएको थियो । (more…)

मनिटरबाट फोटो खिच्नुस्

२०६२ जेठ १५ आइतबार
धेरै पहिले मैले यो साइट बनाएको थिएँ । बिर्सिसकेको थिएँ यो साइटको बारेमा । अस्ति गुगलमा सर्च गरेर हेर्दा देखेपछि पो सम्झिएँ । यो साइटको माध्यमबाट तपाईँ पनि आफ्नो कम्प्युटर मनिटरको प्रयोगबाट बिना कुनै थप सामान आफ्नो फोटो खिच्नसक्नुहुन्छ । साइटमा जानका लागि यहाँ क्लिक गर्नुहोला ।

May 27, 2005

राजालाई खुला चुनौति

२०६२ जेठ १३ शुक्रबार
Courtesy: NPA/AJAY JOSHI
आन्दोलनरत सात दलहरुले आज सात अलग अलग ठाउँबाट जुलुस निकाली नयाँ बानेश्वरमा आमसभा गरे । जुलुस त मैले हेर्न पाइनँ तर आमसभा सुरु भइसकेपछि केही छिनको लागि म त्यहाँ पुगेको थिएँ । आमसभाका भाषण नसुनेको धेरै भइसकेको थियो । आजभोलिका आमसभामा प्रयोग हुने भाषा सुनेर मलाई अचम्म लाग्यो- कति खुला रुपमा वक्ताहरु राजालाई चुनौति दिँदैथिए । भन्न त केही बाँकी रहेको जस्तो लागेन मलाई । हत्यारा, चीसो ह्रदय भएका, तानाशाह ….. के के हो के के । एकछिनमात्रै त्यहाँ बस्दा मैले सुनेका शब्द हुन् यी । एक वक्ताले राजाको विरोधमा गरेको चर्को भाषण सुन्न यहाँ क्लिक गर्नुस् । बाँकी (more…)

राजाले दलहरुका माग नमान्ने

सोल्टी होटलमा राजाको सम्बोधन
२०६२ जेठ १३ शुक्रबार
राजाले आज सोल्टी होटलको सभाकक्षमा त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित अभिनन्दन समारोहमा गरेको सम्बोधनका केही अंश मलाई भर्खरै प्राप्त भएको छ । यसलाई तपाईँ यहाँ क्लिक गरेर सुन्न सक्नुहुन्छ । विन्डोज मिडिया अडियो फरम्याटमा रहेको करिब दस मिनेट लामो यो भाषणको फाइल आकार ५७९ केबीमात्र छ ।
सम्बोधनका केही प्रमुख अंश

“संविधान उल्लंघन गरेर अथवा उल्लंघन गर्न दबाब दिएर प्रजातन्त्रमा जनताको विश्वास हासिल गर्न सकिँदैन । न्यायपालिकाको सर्वोच्चतालाई उपेक्षा गरेर प्रजातन्त्र फस्टाउन पनि सक्दैन । “

आन्दोलनरत सात दलहरुले विघटित प्रतिनिधिसभा पुनर्बहालीको मागलाई मुख्य रुपमा उठाएका छन् । आजको राजाको सम्बोधनमा त्यो मागलाई अस्वीकार गरेको देखिएको छ ।

“प्रजातन्त्रमा विश्वास गर्ने सबै दलहरु आतंकवादका विरुध्द एकजुट भई स्वच्छ निष्पक्ष र धाँधलीरहित चुनावमा भाग लिन आह्वान गर्दछौं । ”
” देश र जनताको भलाईमा तथा प्रजातन्त्रको हितमा हामीले सँधै सबैसँग छलफल गरेका हौं र भविष्यमा पनि यो क्रम कायम नै रहनेछ ।

सम्बोधनका लागि राजा सोल्टीमा

२०६२ जेठ १३ शुक्रबार
आज हुने भनिएको महत्त्वपूर्ण सम्बोधनका लागि यी हरफ लेख्नु केही अगाडिमात्रै राजाको सोल्टी होटलतर्फ सवारी भएको छ । त्यसअघि मन्त्रीहरुको सवारी त्यसतर्फ भइरहेको थियो । हरेक मन्त्रीको गाडी अगाडि पछाडि सुरक्षाकर्मीहरुको गाडी थियो । थापाथलीबाट सोल्टीमोड कालिमाटीस्थित घरतर्फ लाग्दै गर्दा छ बजेतिर मैले कम्तीमा पनि पाँच मन्त्रीको गाडी सुरक्षाकर्मीको एस्कोर्टिङसहित लागेको देखेँ । मन्त्रीहरुको सवारीका लागि ट्राफिक व्यवस्था त्यति नमिलाइएको भए पनि राजाको सवारी हुनु धेरै अघिदेखि नै सवारी मार्गमा ट्राफिक ठप्प पारिएको थियो । आजभोलि राजा र राजपरिवारको सवारी मार्गमा त्यसो गर्ने चलन छ । साढे छ सात बजेदेखि नै कालिमाटीको मुख्य बाटोमा ट्राफिकमात्रै नियन्त्रण गरिएको हैन, बटुवालाई रोकिन र घरपसल अगाडि उभिन पनि सुरक्षाकर्मीहरुले रोक लगाएका थिए । यसरी रोक लगाएपछि यस क्षेत्रका बासिन्दा र बटुवाहरु ठूलै तमासा हुन लागेको झैं महसूस गरिरहेका थिए । सम्बोधनका बारेमा अपडेट केही घण्टापछि गर्ने प्रयास गर्नेछु ।

May 26, 2005

के होला राजाको आजको सम्बोधनमा ?

२०६२ जेठ १३ शुक्रबार
काठमाडौंभर चर्को हल्ला फैलिएको छ कि आज राजाको विशेष सम्बोधन हुँदैछ । हिजैदेखि फैलिएको हल्ला हो यो । सुनिएको हल्ला अनुसार राजाले सोल्टी होटलबाट सम्बोधन गर्दैछन् रे । कार्यक्रम चाहिँ त्रिभुवन विश्वविद्यालयबाट राजाको अभिनन्दन समारोह रे । त्रिभुवन विश्वविद्यालयले राजालाई अभिनन्दन गर्ने बारे त्रिविविका नै प्राध्यापकहरुलाई थाहा रहेनछ । अकस्मात् बनेको कार्यक्रममा अकस्मात् सम्बोधन हुने तय भएकोले सम्बोधन माघ १९ को जस्तै महत्त्वपूर्ण हुनेछ रे ।
नेपालको राजनीतिमा शुक्रबार धेरै उथलपुथलका घटना भएका छन् । आज पनि शुक्रबार नै हो । त्यसो त यी शब्द टाइप भइरहँदा अहिले मध्यरात नै छ । तर पनि शुक्रबार लागिसकेको छ ।
आजै आन्दोलनरत सात दलले सात अलग ठाउँबाट जुलुस निकाली नयाँ बानेश्वरमा साढे २ बजे आमसभा गर्ने भएका छन् । आमसभामा दलका मुख्य नेताहरुले सम्बोधन गर्दैछन् । यही आन्दोलनलाई ध्यानमा राखेर पनि राजाको सम्बोधन आउन लागेको रे भन्ने हल्ला छ ।
यसरी हेर्दा आजको दिन नेपालको इतिहासमा उल्लेख हुने गरी महत्त्वपूर्ण हुने देखिएको छ । कुनै महत्त्वपूर्ण कुरा भएमा भोलि सकेसम्म छिटो अपडेट गर्ने नै छु । तर यदि माघ १९ मा जस्तै टेलिफोन र इन्टरनेट काटियो भने चाहिँ लामो समयसम्म तपाईँ र हाम्रो भेट असंभव हुनेछ ।

May 25, 2005

दरवारलाई ज्योतिषहरुको सल्लाह

दरवारलाई ज्योतिषहरुको सल्लाह
२०६२ जेठ ११ बुधबार
ज्योतिषको भविष्यवाणीमा तपाईँलाई कतिको विश्वास लाग्छ ? कतै तपाईं पनि बिहान सबेरै पत्रिका हातमा पर्ने बित्तिकै वा अनलाइनमा बस्ने बित्तिकै राशीफल हेर्ने त गर्नुहुन्न ? आजभोलि नेपालमा ज्योतिषहरुको चलखेल अलि बढेको छ । उनीहरुले राजदरबारलाई विभिन्न सुझाव दिन थालेका छन् । बाँकी (more…)

May 24, 2005

डीभी दोस्रो लटको नामावली

२०६२ जेठ १० मंगलबार
नेपालीहरुको आकर्षणको केन्द्र बनेको अमेरिकी इडीभी चिट्ठा २००६ को पहिलो पत्र प्राप्त हुनेहरुको दोस्रो सूची प्रकाशित भएको छ । सूचीका लागि क्लिक गर्नुहोला । (more…)

May 23, 2005

कोइरालाको नाम सेन्सर !

२०६२ जेठ ९ सोमबार
Girija Censored
काठमाडौंको बबरमहलमा खिचिएको यो फोटोमा नेपाली कांग्रेसका आदरणीय सभापति श्री पछिको ठाउँ खाली देखिएको छ । ठ्याक्कै नामपछि लाग्ने ज्यु र त्यसपछिका कुरा भने देखिएको छ (फोटोमा नदेखिए पनि ) यो फोटो देखेपछि कसको मनमा कस्तो विचार आउलान् ?
राजावादीः भ्रष्टाचारी गिरिजाको नाम भ्रष्टाचारविरोधी सचेत जनताले मेटाएका होलान् ।
प्रजातन्त्रवादीः पूर्वाग्रहपीडित भएर सरकारले नाम मेट्न लगाएको होला ।
वास्तविकता चाहिँ ठ्याम्मै विपरीत छ । बाँकी (more…)

May 22, 2005

जन आन्दोलन २०६२ सुरु

२०६२ जेठ ८ आइतबार
Courtesy: NPA

सात प्रमुख राजनीतिक पार्टीहरुको गठबन्धनले आजदेखि जन आन्दोलन सुरु गरेका छन् । आज आयोजित विरोध प्रदर्शन कार्यक्रममा असनमा १० हजारभन्दा बढी भेला भएका थिए । माघ १९ को शाही कदमपछि आयोजना भएको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन हो । ( तस्वीर साभारः एनपीए/प्रकाश तिमल्सिना) बाँकी (more…)

माअ‍ोवादी भारतीय अधिकारीहरुसितको गोप्य वार्तामा

गल्फ न्युज पत्रिकाको रिपोर्ट
२०६२ जेठ ८ आइतबार
नेपालमा केही दिनदेखि दुबईको गल्फ न्युजले प्रकाशित गरेको समाचार चर्चाको विषय बनिरहेको छ । यसै समाचारलाई पुष्टि गर्ने कदमका रुपमा शाही सेनाले माअ‍ोवादी नेता प्रचण्डको अडियो टेप सार्वजनिक गरेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार नेपालले सोही दिन भारतीय दूतावासका अधिकारीलाई बोलाएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अ‍ौपचारिक विरोध पत्र बुझाएको थियो । भारतले त्यही दिन आरोप गलत भएको दाबी गरेको थियो भने प्रचण्डले आजको मितिमा एक वक्तव्य जारी गर्दै त्यो टेपमा हालैको नभई पुरानो आवाज भएको दाबी गरेका छन् । के थियो त गल्फ न्युजको रिपोर्टमा । हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
रिपोर्टको नेपाली अनुवादका लागि भित्र जानुहोस् । बाँकी (more…)

May 21, 2005

म भारतको दास ?

२०६२ जेठ ७ शनिबार
एक महिना ब्लग गरेपछि मैले एउटा उपहार पाएको छु एक पाठकबाट- भारतीय दासको उपाधि । कविता शर्माजीले मलाई त्यो उपाधि दिनुभएको हो । उहाँको प्रतिक्रिया र मेरो जवाफको लागि यहाँ क्लिक गर्नुहोला

दूतावासमा दासता

२०६२ जेठ ८ आइतबार
नेपालीहरु नेपालमा बस्न नसकेर विदेशमा पलायन भएको कुरा त अब नौलो रहेन । तर विदेशमा, त्यो पनि फ्रान्स जस्तो विकसित देशमा रहेका नेपाली पनि त्यहाँ बस्न नसकेर विदेशमा शरण लिन पुगे भन्ने कुरा सुन्दा अलि अनौठो लाग्नु स्वभाविक हो । बाँकी (more…)

May 20, 2005

प्रचण्डको नयाँ आवाज र विवाद

२०६२ जेठ ६ शुक्रबार
शाही सेनाले आज माअ‍ोवादी अध्यक्ष प्रचण्डको नयाँ आवाज सार्वजनिक गरेको छ । शाही सेनाको गुप्तचरी पनि अब त अमेरिकालाई माथ गर्ने खालको हुन लागे जस्तो छ । अमेरिकाले बिन लादेनको आवाज वा भिडियो सार्वजनिक गर्न सकेको छैन । तर शाही सेनाले प्रचण्डको आवाज लगातार सार्वजनिक गरेको गर्‍यै छ । अस्ति भर्खर पनि सेनाले प्रचण्डको आवाज सार्वजनिक गरेको थियो । माअ‍ोवादी आफैले पनि त्यसलाई गलत भनेर भन्न सकेको थिएन । नयाँ आवाजले विवाद पनि निम्त्याएको छ । बाँकी (more…)

विद्यार्थी नेता राई रिहा

२०६२ जेठ ६ शुक्रबार
कानुनी शासनको खिल्ली उडाउँदै अदालत परिसरबाटै लाठीचार्ज गरी गिरफ्तार गरिएका अखिलका पूर्व अध्यक्ष राजेन्द्र राईलाई आज सरकार रिहा गर्न बाध्य भएको छ । बाँकी (more…)

May 17, 2005

साँच्चिकै देशमा केही परिवर्तन हुँदैछ ?

२०६२ जेठ ३ मंगलबार
अहिले नेपालमा केही परिवर्तन हुन लागेको हल्ला व्यापक छ । के परिवर्तन हुने हो, कहिले हुने हो भन्ने बारेमा भने कसैले यकिन गर्न सकेका छैनन् । तर सबै भन्छन् केही त हुन लागेको पक्कै हो । बाँकी (more…)

May 16, 2005

यस्तो पो कानुनी शासन !

यस्तो पो कानुनी शासन !
२०६२ जेठ २ सोमबार
बाहिर जस्तोसुकै कुरा गरे पनि राजाको सरकार भित्रभित्रै कति डराएको छ भन्ने कुरा आजको घटनाबाट प्रष्ट भएको छ । कानुनी शासनको खिल्ली उडाउँदै अन्तराष्ट्रिय मञ्चमा गरिएका प्रतिवध्दताहरुमाथि लात मार्दै आज प्रहरीले सर्वोच्च अदालतको हाताबाटै अदालतले रिहा गर्न आदेश दिएका विद्यार्थी नेतालाई गिरफ्तार गरेका छन् । बाँकी (more…)

May 14, 2005

अमेरिका जाने चिट्ठाको नतिजा खुल्यो

अमेरिका जाने चिट्ठाको नतिजा खुल्यो
२०६२ वैशाख ३१ शनिबार
नेपालीहरुको आकर्षणको केन्द्र बनेको अमेरिकी इडीभी चिट्ठा २००६ को नतिजा प्रकाशित भएको छ । पहिलो चरणमा कूल ६९४ जनालाई अमेरिकाबाट पहिलो चिट्ठी आएको छ । नतिजा हुलाकको वेबसाइटबाट हेर्न सकिन्छ । हुलाकको वेबसाइट खुल्न गार्‍हो भएमा यहाँभित्र पनि चिट्ठी आउनेहरुको नामावली हेर्न सकिन्छ । (more…)

May 13, 2005

मै छोरी सुन्दरी !

२०६२ वैशाख ३१ शनिबार
Sundariमै छोरी सुन्दरी भनेर ब्लगको शीर्षक राखेको देखेपछि नै अनुमान लगाउनु भयो होला कि यी मैंया कुनै प्रख्यात व्यक्तित्व कै छोरी हुनुपर्छ भनी ।

हजुर तपाईँको सोचाइ १६ डलरै ठीक छ । १६ डलर ? के भन्या यो ?? डलरको जमानामा के आउटडेटेड आनाको कुरा गर्ने भनेर डलर भनेको हुँ । अब यो सोर्‍है आना भन्ने उखानलाई बदल्नु परेको छ । डलर नभए युरो, पाउन्ड भने पनि हुन्छ ।
त्यति पनि नभए रियाल, वन आईसी भने पनि हुन्छ । गाग्राको कुरा आग्रामा पो पुगेछ । सुन्दरी कसकी छोरी हुन्, अनुमान लगाउनुस् । बाँकी फोटो र उनको बाबुको नामभित्र छ । बाँकी (more…)

फोकटमा पाइने सेवाको बेफाइदा

०६२ वैशाख ३० शुक्रबार
फोकटमा अर्थात् सित्तैमा पाइने सेवा भनेपछि सबै आकर्षित हुने गर्छन् । हामी नेपालीहरुको त सित्तैमा पाए चूक पिन आधा माना चपाउने बानी छ भनिन्छ । गरिबीका कारणमात्र यसो भएको भन्ने नसोच्नुहोला । युरोप, अमेरिकाजस्ता विकसित देशहरुमा समेत फ्रीबाइज भनेपछि मान्छेहरु हुरुक्कै हुन्छन् । फ्रीबाइज अर्थात् बदलामा केही दिनुनपर्ने आफ्नो । तर फोकटमा पाइने सेवाको भर पर्दा कति दुःख पाइने रहेछ भन्ने मैले भर्खरै अनुभव गरेँ । बाँकी (more…)

राजाको सरकारको सय दिन पूरा

राजाको सरकारको सय दिन पूरा
२०६२ वैशाख २९ बिहीबार
त्यसो त ०४६ सालको आन्दोलनपछिका सबै सरकार पनि श्री ५ को सरकार नै थिए । तर अहिलेको सरकार शब्दमा मात्र हैन, अर्थमा पनि श्री ५ अर्थात् राजा कै सरकार हो । जनताको छोरोले पाउने सबैभन्दा उच्च पद अर्थात् प्रधानमन्त्री पद अहिले खाली छ । मन्त्रिपरिषद्को अध्यक्षता स्वयं राजाले गरेका छन् । राजाले सरकार चलाएको पनि हिजोको दिनबाट १०० दिन पूरा गरेछ । बाँकी (more…)

केही फाइदा, केही बेफाइदा

ब्लगको एक महिने अनुभव
२०६२ वैशाख २८ बुधबार
साँचो हो, समयले कसैलाई पर्खँदैन । हेर्दाहेर्दै एक महिना नाघिसकेछ मैले ब्लग थालेको पनि । यो बीच आफ्ना भावना अभिव्यक्त गर्न पाउँदाको जुन आनन्दको महसूस भयो, त्यो शब्दमा वर्णन गर्न सकिँदैन । सोच्न त धेरै विषयमा ब्लग गर्ने बारे सोचेको थिएँ । तर कतिपय विषयलाई छुनै सकिएन । कतिपय विषयमा ब्लग गरौंला भन्ने सोच्दासोच्दै पनि समय र मौका नमिलेकाले गर्न पाइएन । त्यसो त फाइदा मात्र हैन, बेफाइदा पनि भएको छ ब्लग गर्दा । बाँकी (more…)

May 11, 2005

भारतीय प्रधानमन्त्री राजाको एम्बुसमा ?

j}zfv @*, a'waf/
ef/tn] g]kfnnfO{ ;}lgs ;xfotf k'gM ;'? u/]sf] 5 . of] ef/tsf] gLlt klg a'lemg;Sg'sf] 5 af . klxn] t /fhfsf] sbdnfO{ k|hftGqsf nflu uDeL/ cf3ft xf] egL eGg] clg cf;Gg ;fs{ lzv/ ;Dd]ng klg :ylut ug{ nufpg] clg clxn] cfP/ km]l/ ;xof]u hf/L /fVg] .
ef/tn] ;}lgs ;xfotf hf/L /fVg] ;dfrf/ cfh ;/sf/L /]l8of] / 6]lnlehgdf k|d'v ;dfrf/sf ?kdf k|;f/0f eO/x]sf] 5 . ;}lgs ;xfotf hf/L /xg] ;dfrf/sf] k'li6 :jo+ ef/tLo k|wfgdGqL dgdf]xg l;+xn] cfh ug'{ePsf] 5 . pxfFsf cg';f/ kfOknfOgdf /x]sf ;}lgs ;fdfu|Lsf] cfk"lt{nfO{ kmsf{pg ;lsGg /] . axfgf h] ;'s} xf];\ .
ef/tLo klqsf b lxGb'df k|sflzt l/kf]6{ cg';f/ k|wfgdGqL l;+xnfO{ kqsf/x?n] ;f]w]5g\, Sof xf] k|wfgdGqL Ho', tkfOFnfO{ t g]kfnsf /fhfn] PDa';df kf/] h:tf] 5 lg egL . hjfkmdf pgn] eg]5g\, d o;df sd]G6 ug{ rfxGg . OG8f]g]l;ofsf] afG8'+udf b'O{ g]tfaLr ePsf] uf]Ko ;Demf}tf ljk/Lt /fhfn] ;fj{hlgs ?kdf ef/tn] ;}lgs ;xfotf hf/L /fVg] lg0f{o ePsf] bfaL /fhfn] ;~rf/dfWoddfkm{t\ u/]sf] egL ef/tLo kIfn] atfpFb} cfPsf] s'/f xfdLn] pgLx?s} ;~rf/dfWoddfkm{t\ ;'g]sf lyof}+ .
ca of] uf]Ko ;Demf}tfdf s] s] eof] eGg] s'/f t xfdLnfO{ yfxf x'g] s'/} ePg lg .
s]xL cfkm\g} af/]dfM of] Anu klxnf] k6s o'lgsf]8 kmG6 lagf ;fdfGo k|Llt kmG6df k|sfzg ub}{5' . olb tkfOFsf] sDKo'6/df k|Llt kmG6 OG:6n 5}g eg] tkfOF oL cIf/ b]Vg;Sg'x'Gg . lagf o'lgsf]8 Anu ug]{ tl/sf d}n] cfh} l;s]sf] x'F .

हिन्दुको रिपोर्ट

May 9, 2005

शाही घोषणापछिको नेपाली प्रेस

नेपालसम्बन्धी सीपीजेको विशेष रिपोर्ट (अन्तिम भाग)२०६२ वैशाख २७ मंगलबार
ड्यानियल ल्याक र कमिटी टु प्रोटेक्ट जर्नलिस्टस् सीपीजेका कार्यकारी निर्देशक एन कुपरको नेतृत्वमा नेपालको साताव्यापी तथ्य पत्ता लगाउन आएको मिसनको रिपोर्टका आधारमा चार वर्ष नेपालमा बीबीसी सं‍वाददाताका रुपमा काम गरिसकेका ल्याकद्वारा तयार पारिएको यो रिपोर्ट नेपाली पाठकका लागि उपयुक्त हुने ठानेर मैले यहाँ अनुवाद गरी प्रस्तुत गरेको हुँ । यो रिपोर्टको अंग्रेजी मौलिक संस्करण यहाँ पाइन्छ । लामो रिपोर्ट भएकाले मैले भाग छुट्याई केही दिनसम्म यसलाई ब्लग गरेको थिएँ । यो रिपोर्टका भाग १ का लागि यहाँ, भाग २ का लागि यहाँ र भाग ३ का लागि यहाँ जानुस् । आज यो रिपोर्टको यो अन्तिम भाग हो । बाँकी (more…)

सोल्टी र फिस्टेल “सँधैका लागि बन्द”

२०६२ वैशाख २६ सोमबार
सरकारद्वारा आतंककारी घोषित माअ‍ोवादीको ट्रेड युनियनले काठमाडौंको सोल्टी होटल र पोखराको फिस्टेल लज सँधैका लागि बन्द गर्ने घोषणा गर्दै त्यहाँ कुनै पनि बेला निरन्तर कारबाही हुनसक्ने भन्दै त्यहाँ कसैलाई नबस्न धम्की दिएका छन् । उनीहरुको यस्तो निर्णयबाट त्यहाँ कार्यरत सयौं कर्मचारी पीडित बनेका छन् ।
माअ‍ोवादीको नाममा हिजो मेरो ईमेलमा आइपुगेको एक वक्तव्यमा उक्त धम्की दिइएको छ । यसअघि पनि उनीहरुले आन्दोलनका नाममा सोल्टी लगायत अन्य कयौं व्यावसायिक प्रतिष्ठानहरुलाई महिनौं बन्द गराइसकेका थिए । त्यतिबेला सोल्टीमा कार्यरत कर्मचारीहरुले ज्यानको जोखिम भए पनि काम गर्ने प्रतिवध्दता व्यक्त गरेका थिए । शाही परिवारको लगानी भएको नाममा नेपालको नाम चलेको पाँचतारे होटल सँधैका लागि बन्द गर्ने घोषणा माअ‍ोवादीहरुले गरेपछि यसले त्यसैपनि अ‍ोरालो लागिरहेको नेपालको पर्यटन व्यवसायमा झनै असर पर्ने महसूस गरिएको छ ।

शाही कदमपछि मौन बनेको नेपाली प्रेस

नेपालसम्बन्धी सीपीजेको विशेष रिपोर्ट भाग-३
२०६२ वैशाख २५ आइतबार
ड्यानियल ल्याक र कमिटी टु प्रोटेक्ट जर्नलिस्टस् सीपीजेका कार्यकारी निर्देशक एन कुपरको नेतृत्वमा नेपालको साताव्यापी तथ्य पत्ता लगाउन आएको मिसनको रिपोर्टका आधारमा चार वर्ष नेपालमा बीबीसी सं‍वाददाताका रुपमा काम गरिसकेका ल्याकद्वारा तयार पारिएको यो रिपोर्ट नेपाली पाठकका लागि उपयुक्त हुने ठानेर मैले यहाँ अनुवाद गरी प्रस्तुत गरेको हुँ । यो रिपोर्टको अंग्रेजी मौलिक संस्करण यहाँ पाइन्छ । लामो रिपोर्ट भएकाले मैले भाग छुट्याई केही दिनसम्म यसलाई ब्लग गरेको थिएँ । यो रिपोर्टका भाग १ का लागि यहाँ र भाग २ का लागि यहाँ जानुस् । बाँकी (more…)

May 6, 2005

शाही कदमपछिको नेपाली प्रेस

नेपालसम्बन्धी सीपीजेको विशेष रिपोर्ट भाग-२
२०६२ वैशाख २४ शनिबार
ड्यानियल ल्याक र कमिटी टु प्रोटेक्ट जर्नलिस्टस् सीपीजेका कार्यकारी निर्देशक एन कुपरको नेतृत्वमा नेपालको साताव्यापी तथ्य पत्ता लगाउन आएको मिसनको रिपोर्टका आधारमा चार वर्ष नेपालमा बीबीसी सं‍वाददाताका रुपमा काम गरिसकेका ल्याकद्वारा तयार पारिएको यो रिपोर्ट नेपाली पाठकका लागि उपयुक्त हुने ठानेर मैले यहाँ अनुवाद गरी प्रस्तुत गरेको हुँ । यो रिपोर्टको अंग्रेजी मौलिक संस्करण यहाँ पाइन्छ । लामो रिपोर्ट भएकाले मैले भाग छुट्याई केही दिनसम्म यसलाई ब्लग गर्ने विचार गरेको छु । आजको भागमा पढ्नुस् शाही सम्बोधनपछि टेलिफोन र इन्टरनेटमा लगाइएको रोक, पत्रपत्रिकामा सेन्सरसीपका लागि सेनाको दबाब र कसरी दरबारका प्रतिनिधिले कान्तिपुरका सम्पादकलाई गायब पारिदिने धम्की दिएका थिए ? बाँकी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.