मकरतन्त्र, मोबाइल फोन र माधव नेपाल
२०६२ वैशाख १९ सोमबार
अंग्रेजीको मे महिनामा आएर म अक्षरवालालाई फाइदा हुन थालेको छ । माघ १९ पछिको घटनालाई खगेन्द्र संग्रौलाले मकरतन्त्र भन्ने गरेका छन् । यो तन्त्रको अघिल्लो अक्षर म भएर नै मे महिनामा म अक्षरधारीलाई फाइदा भएको हो कि । अब हेर्नुस् न, जब मकरतन्त्र मे महिनामा प्रवेश गर्दैथियो, तब संकटकाल हट्यो । अनि मे महिनाको पहिलो दिन मै नेकपा एमालेका महासचिव (उफ, यहाँ पनि म) माधव नेपाल नजरबन्दबाट मुक्त भए । नेपाललाई मुक्त गरिएको पुर्जी हिजो राति १० बजेतिर नै दिइएको रहेछ । अनि आज मे महिनाको दोस्रो दिन अर्को मवाला मोबाइल फोनलाई तीन महिनापछि मुक्त गरियो । बाँकी (more…)

