May 9, 2005

शाही कदमपछि मौन बनेको नेपाली प्रेस

नेपालसम्बन्धी सीपीजेको विशेष रिपोर्ट भाग-३
२०६२ वैशाख २५ आइतबार
ड्यानियल ल्याक र कमिटी टु प्रोटेक्ट जर्नलिस्टस् सीपीजेका कार्यकारी निर्देशक एन कुपरको नेतृत्वमा नेपालको साताव्यापी तथ्य पत्ता लगाउन आएको मिसनको रिपोर्टका आधारमा चार वर्ष नेपालमा बीबीसी सं‍वाददाताका रुपमा काम गरिसकेका ल्याकद्वारा तयार पारिएको यो रिपोर्ट नेपाली पाठकका लागि उपयुक्त हुने ठानेर मैले यहाँ अनुवाद गरी प्रस्तुत गरेको हुँ । यो रिपोर्टको अंग्रेजी मौलिक संस्करण यहाँ पाइन्छ । लामो रिपोर्ट भएकाले मैले भाग छुट्याई केही दिनसम्म यसलाई ब्लग गरेको थिएँ । यो रिपोर्टका भाग १ का लागि यहाँ र भाग २ का लागि यहाँ जानुस् । बाँकी
सबैभन्दा खराब स्थिति राजधानीका एफएम स्टेशनहरुमा थियो । रेडियो सगरमाथाको कार्यालयभित्र र बाहिर आठ दिनसम्म सैनिक तैनाथ थिए । समाचार र सूचनामूलक कार्यक्रम प्रसारण गर्ने कयौं अन्य एफएम स्टेशनहरुको हालत पनि त्यस्तै थियो । पहिलो हप्तासम्ममा गीतसंगीत बाहेक केही नबजेका हुनाले सैनिकहरुले खासै केही गर्नु परेन । माघ २० गते कान्तिपुर एफएमका २३ वर्षीया सं‍वाददाता तथा समाचार प्रस्तोता मोनिका उपाध्याय एकाबिहानै पाँच बजे कार्यालय पुग्दा उनलाई अँध्यारोबाट एकाएक देखापरेका चार सशस्त्र सैनिकले घेरे । त्यो क्षण साँच्चिकै डरलाग्दो थियो, उनी बताउँछिन् । माघ १९ गते मैले बिहानी सिफ्टपछि कार्यालय छाड्दा त्यहाँ कुनै सेना थिएन । अरु स्टेसनहरुले झैं हामीले पनि नियमित समाचार बुलेटिनको समयमा राजाको सम्बोधनका क्लिप्समात्रै प्रसारण गर्‍यौं । अर्को बिहान हतियारसहित उनीहरु हत्यारा झैं गरी देखापर्नु साँच्चिकै डरलाग्दो क्षण थियो ।
पहिलो हप्तापछि खुला सेन्सरसिपलाई हटाइयो र सेना राजधानी र अन्य ठाउँका सञ्चारमाध्यमका कार्यालयहरुबाट हटाइए । तर टेलिफोन र अन्य माध्यमबाट धम्क्याउने, दबाब दिने कार्य भने जारी रहे । सम्पादकहरुका अनुसार उनीहरुले लगभग दिनहुँ जसो त्यस्ता फोन पाउँथे । त्यो हप्तापछि, काठमाडौं पोस्टका प्रधान बताउँछन्, उनीहरुले सेनालाई हामीलाई के गर भनी भनाउन लगाउनु परेन । हामीले हाम्रो कामको खातिर र कुनै केसमा हाम्रो ज्यान कै खातिर आफैं सेन्सर गर्नुपर्‍यो ।
आर्थिक दबाबले अहिले पत्रकारहरुलाई पिरोलिरहेको छ । उपाध्याय र उनका १३ सहकर्मी कान्तिपुर एफएमका अधिकांश समाचारकर्मीहरुले मार्च महिनाको सुरुबाट जागिर गुमाउनु पर्‍यो । स्टेसन म्यानेजरहरुले उनीहरुलाई हप्तौंसम्म राखे, समाचार प्रसारण गर्न पाइने आशमा । तर त्यो दिन आएन ।
नेपाल पत्रकार महासंघका अनुसार माघ १९ पछि २००० संवाददाता, सम्पादक र अरु समाचारकर्मीहरुले जागिरबाट हात धुनु परेको छ । त्यो भन्दा ठूलो संख्यामा पत्रकारहरु तलब बिना वा पुरानो तलबका केही अंश लिएर काम गरिरहेका छन्, कारण विज्ञापनबाट हुने आयमा कमी । क्रमशः

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/05/09/888/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.