May 13, 2005

फोकटमा पाइने सेवाको बेफाइदा

०६२ वैशाख ३० शुक्रबार
फोकटमा अर्थात् सित्तैमा पाइने सेवा भनेपछि सबै आकर्षित हुने गर्छन् । हामी नेपालीहरुको त सित्तैमा पाए चूक पिन आधा माना चपाउने बानी छ भनिन्छ । गरिबीका कारणमात्र यसो भएको भन्ने नसोच्नुहोला । युरोप, अमेरिकाजस्ता विकसित देशहरुमा समेत फ्रीबाइज भनेपछि मान्छेहरु हुरुक्कै हुन्छन् । फ्रीबाइज अर्थात् बदलामा केही दिनुनपर्ने आफ्नो । तर फोकटमा पाइने सेवाको भर पर्दा कति दुःख पाइने रहेछ भन्ने मैले भर्खरै अनुभव गरेँ । बाँकी
कुरा यही ब्लगको हो । तपाईँहरुलाई थाहा हुनुपर्छ, यो ब्लगको होस्ट एउटा फोकटमा सेवा प्रदान गर्ने कम्पनी ब्लगसमले गरिरहेको छ । इन्टरनेटमा फोकटको सेवा प्रयोग गर्ने त हाम्रो बानी नै भइसक्यो । सुरुमा फोकटमा पाइने इमेल सेवाहरुले हाम्रो बानी बिगार्‍यो । त्यसपछि नानाथरिका फ्री प्रोग्रामहरु अनि गेम । ब्लग पनि फ्रीमा नै गर्ने प्रचलन छ । ब्लग गरेर खासै आर्थिक फाइदा नहुने भएकाले यसमा पैसा खन्याउने कुरा पनि आएन । तर मैले धेरै ठाउँ चहारेर ब्लग होस्ट गर्न रोजेको ब्लगसमले भने मलाई रुवाइसकेको छ । बेला न कुबेला यो साइट बन्द हुने गर्छ । बुधबार र बिहीबार त साइट पूरै डाउन रह्यो । यही बीचमा मैले कति विदेशमा बस्ने नेपालीहरुलाई मेरो ब्लग हेर्नु है भनी खबर गरेको थिएँ । उनीहरुले त ठट्टा थाने होलान् । २४ घण्टाभन्दा बढी समयसम्म साइट डाउन हुँदा न पुराना ब्लग हेर्न सकिन्थ्यो न लेखिसकेका ब्लगलाई हाल्न नै मिल्थ्यो । आज बिहान बल्ल लेखिसकेका बासी ब्लगलाई यसमा हालियो ।
कम्पनीले सफ्टवेयर अपग्रेड गर्ने क्रममा समस्या उत्पन्न भएर यसो भएको जानकारी दियो । तर हामी गर्न नै के सक्छौं र । फोकटमा पाइने सेवाको बेफाइदा नै त्यही । सुरुको एग्रीमेन्टमा नै उनीहरुले कुनै पनि बेला सूचना दिई वा नदिई पनि सेवा बन्द गर्न सक्ने प्रावधान राखिएको हुन्छ । कसैले स्पन्सर गरिदिए म पनि पैसा तिरेर नै यो ब्लग होस्ट गराउँथेँ । तर अहिलेको लागि यो संभव देखिएन । त्यसैले भगवान भरोसामा सबै कुरा छाड्दै साइट डाउन नहोस् भन्ने कामना बाहेक मैले गर्न सक्ने कुरा केही भएन ।

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/05/13/44444-3/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.