May 13, 2005

केही फाइदा, केही बेफाइदा

ब्लगको एक महिने अनुभव
२०६२ वैशाख २८ बुधबार
साँचो हो, समयले कसैलाई पर्खँदैन । हेर्दाहेर्दै एक महिना नाघिसकेछ मैले ब्लग थालेको पनि । यो बीच आफ्ना भावना अभिव्यक्त गर्न पाउँदाको जुन आनन्दको महसूस भयो, त्यो शब्दमा वर्णन गर्न सकिँदैन । सोच्न त धेरै विषयमा ब्लग गर्ने बारे सोचेको थिएँ । तर कतिपय विषयलाई छुनै सकिएन । कतिपय विषयमा ब्लग गरौंला भन्ने सोच्दासोच्दै पनि समय र मौका नमिलेकाले गर्न पाइएन । त्यसो त फाइदा मात्र हैन, बेफाइदा पनि भएको छ ब्लग गर्दा । बाँकी
सबैभन्दा बढी बेफाइदा त टाइपिङमा भएको छ । युनिकोडमा टाइप गर्दा यसको टाइप गर्ने शैली अलि फरक छ । उदाहरणका लागि कति टाइप गर्नुपर्दा सामान्यतया हामी क अनि ि त्यसपछि त टाइप गर्छौं तर युनिकोडमा टाइप गर्नुपर्दा क त्यसपछि त अनिमात्रै ि टाइप गर्छौं । एक महिनासम्म युनिकोड टाइप गर्दा बानी त बसेको छ तर यसका कारण बिना युनिकोडको फन्टमा टाइप गर्नुपर्दा मेरो टाइप गति तुलनात्मक रुपमा कम हुन गएको छ ।
अनि ब्लग गर्नका लागि इन्टरनेट र टेलिफोन (डायल अप कनेक्सन भएकोले) का लागि भएको अतिरिक्त खर्चको त कुरै नगरौं । समय पनि अलि बढी नै खर्च हुने गरेको छ ब्लगका लागि लेख्दा जसका कारण अरु लेखाइ पनि तुलनात्मक रुपमा कम हुन थालेको छ । जे होस्, केही पाउन त केही गुमाउनु नै पर्छ ।
युनिकोडमा ब्लग गर्दाको एउटा बेफाइदा के पनि रह्यो भने जहाँ युनिकोड इन्स्टल गरिएको हुन्न, त्यहाँबाट ब्लग गर्न निकै गार्‍हो हुने रहेछ । तर अब मैले बिना युनिकोड सामान्य फन्टमा पनि ब्लग गर्न सिकेको छु । अब कतै बाहिर जाँदा वा साइबर क्याफेहरुबाट ब्लग गर्नु पर्दा म बिना युनिकोड सामान्य फन्टमा ब्लग गर्नेछु ।
यी दिनमा गरिएका ब्लगमध्ये सबैभन्दा बढी विवादको विषय बन्यो, मैले नयाँ वर्षको दिन पशुपतिमा खिचेको फोटो । यो ब्लग मैले नयाँ वर्षको दिन गरेको थिएँ । कतिपय पाठकले त्यसो गरेकोमा विरोध गरे । मैले सजाय भोग्नुपर्नेसम्मका कुरा भए । तर म अझै पनि आफ्नो कुरामा दृढ छु । बरु पशुपतिमा भारतीय मूल भट्ट र भण्डारीहरुले गरिरहेका भ्रष्टाचार रोक्न आवाज उठाउँ, पशुपतिको छेउमा बगिरहेको बाग्मतीलाई पवित्र बनाउन लागौं, मूर्तिचोरी रोकौं । तस्वीर खिच्दैमा केही हुने हैन । श्राध्दमा बिरालो बाँधेको जस्तै हो फोटो खिच्न नपाउने भन्ने बकवासको परम्परा ।
My Friend Igor
मेरा एक सर्वियाली मित्र छन् । उनी पनि पत्रकार नै हुन् । उनी पनि यस्तै विचार राख्छन् । कतै फोटो खिच्न नदिने भन्ने कुरा उनलाई पटक्कै मन पर्दैन । माथिको फोटो उनै मेरा मित्र इगोर मिहालेभिचले क्यामेरा निषेधित क्षेत्रमा खिचेका हुन् । त्यसो त यो कुनै धार्मिक स्थल भने हैन । यो हो बेल्ग्रेडमा रहेको अमेरिकी सेनाको शिविरको विमानस्थल । पत्रकार र क्यामेरा त्यहाँ निषेधित छ । तर इगोर यति जिद्दी र दृढ छ कि ज्यानको समेत पर्वाह नगरी उनी त्यहाँभित्र प्रवेश गरी तस्वीर खिचीछाडे ।
शायद पत्रकारहरुको जातै पो यस्तो हो कि ।
मनीषा कोइराला ब्लु फिल्ममा ? शीर्षकको ब्लग पनि सबैभन्दा बढी पढिएको ब्लगका रुपमा रह्यो । स्कूपका रुपमा मैले यो ब्लग गरेको थिएँ । मेरो विचारमा ती महिला मनीषा थिइनन् । मनीषा कै अनुहार जस्तो देखिने कोही होलान् । तर केही पाठकहरुले त मनीषा नै ठानेर प्रतिक्रिया लेखेको पनि देखियो ।
मूलधारका कुनै पनि पत्रपत्रिकाले सरकारद्वारा आतंककारी घोषित माअ‍ोवादीको ट्रेड युनियनले काठमाडौंको सोल्टी होटल र पोखराको फिस्टेल लज सँधैका लागि बन्द गर्ने भनी दिएको धम्कीका बारेमा समाचार छापेनन् । हुन पनि सरकारले आतं‍ककारीलाई प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग पुग्ने गरी कुनै किसिमका समाचार नछाप्न निर्देशन दिएको छ । त्यसैले यस्ता समाचार छाप्दा जोखिम उठाउनु पर्ने नै हुन्छ । तर मैले यो विषयलाई ब्लग गरेँ, सरकारले भने झैं आतंककारीको प्रचारका लागि हैन, उनीहरुको कदमले सयौं कर्मचारीको बेहाल हुने चिन्ताले, अ‍ोरालो लागिरहेको नेपालको पर्यटन व्यवसायलाई अझै धक्का पुग्ने चिन्ताले ।
ब्लग गर्ने विषय अझै पनि धेरै छन् र म आगामी दिनमा पनि यसलाई जारी राख्ने नै छु । तपाईँहरुको प्रतिक्रिया, सल्लाह र सुझाव निरन्तर प्राप्त हुने आशा राखेको छु ।

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/05/13/854741/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.