May 17, 2005

साँच्चिकै देशमा केही परिवर्तन हुँदैछ ?

२०६२ जेठ ३ मंगलबार
अहिले नेपालमा केही परिवर्तन हुन लागेको हल्ला व्यापक छ । के परिवर्तन हुने हो, कहिले हुने हो भन्ने बारेमा भने कसैले यकिन गर्न सकेका छैनन् । तर सबै भन्छन् केही त हुन लागेको पक्कै हो । बाँकी
देशमा कुनै ठूलो काम गर्नुअघि राजाले कुनै एउटा प्रख्यात मन्दिरमा पूजा गर्ने चलन जस्तै चलिआएको छ । माघ १९ को कदम चाल्नुअघि पनि राजाले खोटाङ हलेसी सवारी भई पूजा गरेका थिए । असोज १८ को कदमअघि पनि राजाले गोरखाको गोरखकाली मन्दिर सवारी भई पूजा गरेका थिए ।
यसै सन्दर्भमा हिजो राजा सपरिवार दक्षिणकाली सवारी भई पूजाअर्चना गरेका थिए । संयोगवश यति नै बेला देशमा राजनीतिक परिवर्तन हुने हल्ला पनि चलिरहेको छ । हल्लामा विश्वास गर्ने हो भने राजाले प्रधानमन्त्री नियुक्त गरी राजनीतिक परिवर्तन गर्नेछन् । पूर्व प्रधानमन्त्री तथा म्यानपावर पार्टी (क्षमा गर्नुस् मैले अंग्रेजीमा उल्था गर्न पुगेछु, पार्टीको नाम जनशक्ति पार्टी हो) का अध्यक्ष सूर्यबहादुर थापाले यो हल्ला चर्काउन मध्दत गरेका छन् । तर आज रिपोर्टस क्लबमा भएको ज्योतिषहरुसितको अन्तर्क्रियामा भने थापा, चन्द, कोइराला, नेपाल, देउवा आदि कोही पनि प्रधानमन्त्री बन्ने योग नदेखिएको दाबी गरियो । एक ज्योतिषले साउनभित्र राजनीतिक परिवर्तन भएर शान्तिको पहल नभए देशमा ठूलै अनिष्ट हुनसक्ने दाबी पनि गरे । राजाले पूजनीय भएर बसेमा राजतन्त्रका लागि राम्रो हुने उनीहरुको ठहर थियो । नेपालको राशी र राजधानी काठमाडौंको राशी नमिल्ने भएकाले यहाँ बसेर तयार पारिएका योजना सफल हुन नसकेको उनीहरुको दाबी थियो । अनि यसको समाधान के त ? उनीहरुका अनुसार राजधानी अन्यत्रै सार्नु पर्छ वा राजधानीभित्र अर्कै जिल्ला बनाई त्यसलाई राजधानी घोषणा गरिनुपर्छ ।

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/05/17/45854585/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.