May 20, 2005

प्रचण्डको नयाँ आवाज र विवाद

२०६२ जेठ ६ शुक्रबार
शाही सेनाले आज माअ‍ोवादी अध्यक्ष प्रचण्डको नयाँ आवाज सार्वजनिक गरेको छ । शाही सेनाको गुप्तचरी पनि अब त अमेरिकालाई माथ गर्ने खालको हुन लागे जस्तो छ । अमेरिकाले बिन लादेनको आवाज वा भिडियो सार्वजनिक गर्न सकेको छैन । तर शाही सेनाले प्रचण्डको आवाज लगातार सार्वजनिक गरेको गर्‍यै छ । अस्ति भर्खर पनि सेनाले प्रचण्डको आवाज सार्वजनिक गरेको थियो । माअ‍ोवादी आफैले पनि त्यसलाई गलत भनेर भन्न सकेको थिएन । नयाँ आवाजले विवाद पनि निम्त्याएको छ । बाँकी
प्रचण्डको भनिएको आवाजमा भारतले त्यहाँ गिरफ्तार गरिएका माअ‍ोवादी नेताहरुलाई रिहा गर्न तयार भएको तर पछि भारतसमर्थक भएको आरोपमा माअ‍ोवादीका अर्का नेता बाबुराम भट्टराईमाथि कारबाही गरिएपछि रिहा नगरिएको भनिएको सुनिएको छ ।
भारतीय दूतावासले आजै वक्तव्य जारी गर्दै यो कुरा गलत भएको स्पष्टोक्ति दिएको छ । दूतावासले माअ‍ोवादीविरुध्दको कारबाहीमा भारतले सहयोग गरेको स्मरण पनि गराइएको छ ।
यसअघि हिजो काठमाडौंबाट प्रकाशित हुने सन्ध्याकालीन पत्रिकाहरुले माअ‍ोवादी र भारत सरकारका प्रतिनिधिबीच वार्ता भएको सनसनीपूर्ण समाचार छापेका थिए । यो समाचारको आधिकारिक पुष्टि हुन सकेको छैन । तर समाचारमा भनिए अनुसार भारतकै आग्रहमा माअ‍ोवादीले बाबुराममाथिको कारबाही फुक्का गरी दलहरुसित वार्ता गर्ने जिम्मा दिइएको छ ।
खिचडी त धेरै पाकिरहेको छ जस्तो छ । के सही र के गलत, समयले बताउँदै जाने नै छ । सेनाले सार्वजनिक गरेको प्रचण्डको पछिल्लो आवाजलाई यहाँ राख्न म प्रयास गर्नेछु । आवाजलाई सुन्न यहाँ क्लिक गर्नुहोला ।

8 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/05/20/65564/trackback/

  1. hamra sena haru le pani k k thaha pauchhan bhaneko, chhito prachanda lai nai samate ramro hune thiyo ni hoina ta .. la bhagaban chhito puraidinus yo kam pani hamro sena haru lai

    Comment by subash — May 20, 2005 @ 7:18 pm

  2. “….. जे होस्, हामी राजनेताहरूबाट ठगियौं । यसो हुनुमा दास केन्द्रीय नेताहरू र दास कार्यकर्ताको मुख्य भूमिका रहेको छ । अतः भनिहालौं- ए दासहरू हो, तिमीहरूले जे चाह्यौ, त्यो भएको छ । तिमीहरूको दासत्वबाट प्राप्त हुनुपर्ने पार्टी पद, चुनावी टिकट र राजनीतिक नियुक्तिहरू गुमेकोमा त मलाई दुःख लागेको छ । तर पनि तिमी दासहरूको देश डुबाउने चाहना पूरा भएकोमा हार्दिक बधाई छ । ” The above quote is from the article published today in Kantipur online. Which seems 100 percent correct. I have seen and read lots of “दास” journalists in Nepal how are in the compitation to respect of “DHOTIs”, “CHAAR PAASE NETAAharu like Girija” in the name of Democracy. Since you are also showing respectfulness to the DHOTI Indian’s by saying (in your blogging today) like “भारतीय दूतावासले आजै वक्तव्य जारी गर्दै यो कुरा गलत भएको ‘स्पष्टोक्ति’ दिएको छ ।” What is your intension to write as “स्पष्टोक्ति” for their simple ‘ सार्वजनिक आवाज ‘ ? Why not just a “वक्तव्य जारी” because it is done by the ‘DHOTI Indians’ ? How did you find that was a “स्पष्टोक्ति” instead a “Misinformation” ? I have been reading your blogging since long time but found you have a deep negative mania in work ‘whatever are’ of Nepal Government, Nepali Army and the King. Do you think there is no possibility to track the voice of Prachanda by Nepali Army? What is your intention to exploit a Nepalese agency by adding the events with the Osama bin Laden’s search by US? Do you think there are no such thing in exist that cannot perform by a Nepalese than a American ? Please do not introduce your self as a “DAS” of “DHOTIs” who has been supporting to the bloody Maoist for a reason to alter our present democratic constitution into a favorable constritution to grab our water resource easily. Please do not support to all the “CHAAR PAASE NETAHARu lik GIRIJA” who has brought our country like hell. Please do not try to be a “दास” of the “DHOTI indians” at least, and think twoice, it is better to be a “दास” of Nepal and the blood of Nepal (who every it is), if you have necessity to be a “दास” of somebody for your own bonanza. Respect to a straight forward and clear journalism. Thanks.

    ————————————————————————–
    धन्यवाद तपाईँको प्रतिक्रियाको लागि र ब्लग पढिदिनुभएकोमा । तपाईँको विचारसित म पनि सहमत छु । हो, नेपालमा तपाईँले भने जस्तै दास पत्रकारहरु धेरै छन् । यिनीहरुले समग्र पत्रकारिता कै बदनाम गरेका छन् । यिनीहरु भारतीय दूतावासको हण्डी खाएर बाँच्छन् । अरु दूतावासका दास पत्रकारहरु पनि छन् । तर मैले भारतीय दूतावासको हण्डी खाएर बाँच्ने पत्रकारहरु धेरै देखेको छु । कति त नाम चलेका पत्रकारहरु पनि छन् । उनीहरुको पर्दाफास घटना विवरणसहित समय आउँदा गर्ने नै छु । तर तपाईँले मेरो ब्लगको एउटा सामान्य शब्दलाई लिएर ममाथि नै दासको आरोप लगाउनु भएको रहेछ । पत्रकारितामा सबै पक्षका कुरा राख्न जरुरी हुन्छ । त्यसो त ब्लगमा त्यसो नगरे पनि हुने हो तर पनि मैले सन्तुलनका लागि दुवै पक्षको विचार राखेको हुँ । भारतीय दूतावासले त्यो आवाजको आधिकारिकता थाहा हुन नसकेको भनी “स्पष्टोक्ति” नै दिएको हो । “स्पष्टोक्ति” शब्दको प्रयोग नै दास हुनुको प्रमाण हो भने ठीक छ “फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार ”
    तपाईँले मेरा पहिलेका ब्लग पढ्नुभएको भए भारतविरोधी विचारहरु पनि पढ्नुभएकै हुनुपर्ने हो ।
    तपाईँको आँखामा मेरो विचार सबै नेपाल सरकार, शाही सेना र राजाको विरोधमा रहेछ । त्यसैले अमेरिकाले बिन लादेनको आवाज ल्याउन नसकेको र शाही सेनाले माअ‍ोवादी अध्यक्ष प्रचण्डको आवाज सार्वजनिक गर्न सकेको भनी सेनाको गुप्तचरीको प्रशंसा गरेकोलाई पनि आलोचना ठान्नुभएछ ।
    नेताहरुको विरोधमा तपाइँको आवाज पनि जायज छ । भ्रष्टाचारी नेताहरुप्रति तपाईँलाई भन्दा कम घृणा ममा छैन । तर दुई चार जना तपाईँकै भाषामा चार पैसे नेताहरुका खातिर प्रजातन्त्र नै चाहिँदैन भन्दै निरंकुशताको वकालत गर्नु ठीक हैन । प्रजातन्त्रमा भ्रष्टाचार गर्ने नेताहरुलाई कारबाही गर्न सकिन्छ । उनीहरुलाई निर्वाचनमा जमानत हुने गरी पराजित गर्न सकिन्छ, कालो मोसो दल्न सकिन्छ । तर निरंकुशतामा यस्तो संभव छ ? त्यसै पनि विदेशमा बस्ने नेपालीहरुले निरंकुशताको वकालत गरेको मलाई पटक्कै मन पर्दैन । जो आफ्नो देशमा बस्दैनन्, उनीहरुलाई हामीले भोग्नु परेका पीडा, हामीले भविष्यमा भोग्नुपर्ने पीडा के थाहा ? आउनुस् नेपालमा, भोग्नुस् हामीले भोगेका कुरा । अनि समर्थन र विरोध त तपाईँको अधिकारको कुरा हो । देशबाट पलायन हुने (चाहे त्यो कुनै पनि बहानामा किन नहोस् )अनि हामीलाई पाठ सिकाउने ?

    Comment by Kabita Sharma — May 21, 2005 @ 1:21 pm

  3. ************

    Comment by पाँचु — May 22, 2005 @ 1:56 am

  4. Great news………great comment and greatest reply from Kabita sharma. It’s true we can not blame entirely to only a few politicians……..all these were granted from past rule of Rana and Panchayat……Yeah the democrats failed to apply mallik ayog report…….that’s great….great fault.
    Here I am basically confused as before at the time of news about maoist action on baburam, it was said that baburam favours peace talk, later prachand was claimed to be supporter of king or constitutional monarch, but now it is said that babram is highly supported by India. Ofcource, all going between king and India is conflict of ‘Mai hoo’. Even the king donot seem to be considering Nepal and Nepali. Bhogne Nepali nai ho…..tyo pani wo jo power ma chaina…..sojha sajha nepali.

    Comment by "Listen" — May 24, 2005 @ 9:48 am

  5. Good to hear from you guys, nice thinking… my thinking is different… we need strick but good system to bring all the nepalese in the streamline of development… democracy is not what we needed, what we need is peace and development and a good system… as far as I can see, multiparty system is not suitable for nepal, it should be 2 party system… we should leave copying Inida, it is no good, we should think ourselves and bring the system that is suitable for us and the entire Nepal… Overall, we should stop hindi songs and movies from our so called Nepali TV channels and FMs and Radios… we do have our own culture, movies and songs which are damn good… We all talk against India and Indians but we can not live without Indian songs, serials and movies… those who can not leave these things should never talk against them… if you really want to talk against them, leave the indian songs, movies and serials for Nepali ones…

    Will catch you all later sometime again

    Comment by DT — May 31, 2005 @ 5:40 am

  6. ल ल चिक्नी बबाल अंग्रेजी बोलिस। तेरो अंग्रेजी सुनेर कुईरे पनि लजायो रे लजा। नेपाली कुकुरको बेलाईती भुकाई।

    Comment by पांचु — June 4, 2005 @ 2:59 am

  7. Rofgn g]kfndf sfd ug]{x? t ef/tLo b'tfjf;sf] x08L vfb}gg lbP kf] vfg' . wf]tL kmsf{P/ b]vfOlbG5 ;+ho adf{n] . Rofgn g]kfndf t cfOP;cfOsf] k};f lxdfnog a}+saf6 cfOxfN5 lg .Tolx eP/ kf] ef/tsf] la/f]wdf cfl6{sn w]/} xfn]sf] t/ lar/f pd]zhL gl/;fpg'; x} tkfOn] slt lng'ef5 d /]s8{ kN6fP/ eg'nf . lbL dg dfGb}g eg] dnfO v';'Ss d]n ug'{; .

    Comment by दिनेश — June 5, 2005 @ 2:37 pm

  8. दिनेश जी
    मैले कति खाएको छु हेरेर बताउँछु रे ? क्या रमाइलो जोक गर्नु भएको । त्यसरी हण्डी खान पाएको भए त यस्ता मुला ब्लग गरिरहनु पर्छ र । मजाले सुतेर खाइन्थ्यो नि । यहाँ गरेको कामको तलब त नपाएर कस्तो छ…. मैले केही गरी त्यसरी पैसा पाएँ वा भनौ‍ खाएँ भने पनि ब्लगमा राख्नेछु, धन्दा मान्नु पर्दैन । बरु भारतको हण्डी खाएको भन्दा तपाईँलाई सार्‍हो रिस उठेको जस्तो छ, किन हो ? भारतले जप्न छाडेको आईएसआईको राग तपाईँले जप्नु भएछ । नरिसाउनुस् है । पत्रकार भएर हण्डी खाने काम चाहिँ नगरौं है साथी हो। चाहे त्यो भारतको होस् वा आईएसआईको वा चीनको वा सीआईएको । आफूले खान नपाएकोले भनेको भन्नुहोला । हो त नि । अब मेरो ब्लगको पनि लिलामी गर्नुपर्‍यो जस्तो छ । जसले बढी पैसा दिन्छ उसको पक्षमा लेख्ने भनी । ल है तपाईँ कतातिरको हुनुहुन्छ कुरा पुर्‍याइदिनुस् । तपाईँलाई पनि कमिसन दिउँला नि, हुन्न ?

    Comment by Administrator — June 5, 2005 @ 3:49 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.