विद्यार्थी नेता राई रिहा
२०६२ जेठ ६ शुक्रबार
कानुनी शासनको खिल्ली उडाउँदै अदालत परिसरबाटै लाठीचार्ज गरी गिरफ्तार गरिएका अखिलका पूर्व अध्यक्ष राजेन्द्र राईलाई आज सरकार रिहा गर्न बाध्य भएको छ । बाँकी
अस्ति सोमबार प्रहरीले त्यसरी गरेको गिरफ्तारीको विरोध चर्को रुपमा भएपछि सर्वोच्च अदालतमा सरकारविरुध्द मुद्दा परेको थियो । अदालतले आज १२ बजेसम्ममा राईलाई अदालतमा उपस्थित गर्न भनेको थियो । अन्ततः आज फेरि रिहा गर्ने आदेश दिएपछि सरकारले पुनः गिरफ्तार गर्न सकेन । विजय जुलुसका साथ राई घर फर्कन सफल भए ।
यसअघि सर्वोच्चले गृहमन्त्री दानबहादुर शाहीसित पनि स्पष्टिकरण मागेको थियो । त्यतिबेला शाहीले अदालतले रिहा गर्ने आदेश दिँदा फेरि गिरफ्तार नगर्नु भनेको थिएन भनेर भनेको थिएन भन्ने हास्यास्पद जवाफ दिनुभएको थियो ।

