May 21, 2005

दूतावासमा दासता

२०६२ जेठ ८ आइतबार
नेपालीहरु नेपालमा बस्न नसकेर विदेशमा पलायन भएको कुरा त अब नौलो रहेन । तर विदेशमा, त्यो पनि फ्रान्स जस्तो विकसित देशमा रहेका नेपाली पनि त्यहाँ बस्न नसकेर विदेशमा शरण लिन पुगे भन्ने कुरा सुन्दा अलि अनौठो लाग्नु स्वभाविक हो । बाँकी
फ्रान्सको शाही नेपाली राजदूतावासमा कार्यरत एक नेपाली कर्मचारी हालै त्यहाँ बसेर काम गर्न नसकी बेल्जियम भागेका छन् । उनका अनुसार आफूलाई दास सरह काममा लगाएको र नेपालमा जति पनि तलब नदिएका कारण भाग्न बाध्य हुनुपरेको हो । ठूल्ठूला हाकिमहरुले भने लाखौं पाउने आफूले भने तलब समेत नपाउने भनी उनले आक्रोश पोखेका छन् ।
फ्रान्सको उक्त राजदूतावासमा राजदूतको पद खाली भएको डेढ वर्ष जति भइसकेको छ । हाल त्यहाँ शाही नेपाली सेनाका पूर्व प्रधानसेनापति प्रज्ज्वल शमशेर राणालाई राजदूतका रुपमा पठाउने तयारी भइरहेको छ । नेपालले उहाँको नाम प्रस्तावित पनि गरिसकेको छ । तर फ्रान्सले भने यसलाई स्वीकार गरिसकेको छैन । उहाँको कार्यकालमा सेनाबाट सबैभन्दा बढी मानवाधिकार हनन् भएको मुद्दा अन्तराष्ट्रिय रुपमा उठिरहेको बेला फ्रान्सजस्तो मानवाधिकारका लागि सचेत मुलुकले उहाँको नाममा स्वीकृति जनाउनेमा शंका उठिरहेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/05/21/dasata/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.