माअोवादी भारतीय अधिकारीहरुसितको गोप्य वार्तामा
गल्फ न्युज पत्रिकाको रिपोर्ट
२०६२ जेठ ८ आइतबार
नेपालमा केही दिनदेखि दुबईको गल्फ न्युजले प्रकाशित गरेको समाचार चर्चाको विषय बनिरहेको छ । यसै समाचारलाई पुष्टि गर्ने कदमका रुपमा शाही सेनाले माअोवादी नेता प्रचण्डको अडियो टेप सार्वजनिक गरेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार नेपालले सोही दिन भारतीय दूतावासका अधिकारीलाई बोलाएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अौपचारिक विरोध पत्र बुझाएको थियो । भारतले त्यही दिन आरोप गलत भएको दाबी गरेको थियो भने प्रचण्डले आजको मितिमा एक वक्तव्य जारी गर्दै त्यो टेपमा हालैको नभई पुरानो आवाज भएको दाबी गरेका छन् । के थियो त गल्फ न्युजको रिपोर्टमा । हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
रिपोर्टको नेपाली अनुवादका लागि भित्र जानुहोस् । बाँकी
नेपालका माअोवादी नेताहरु भारतीय अधिकारीहरुसितको गोप्य वार्तामा
नीना गोपाल, परराष्ट्र सम्पादकबाट
दुबईः विगतका नीतिमा नाटकीय परिवर्तन गर्दै भारतले नेपालका वरिष्ठ माअोवादी नेताहरुसित उच्चस्तरको गोप्य वार्ता गर्दैछ ।
यो हप्ता बाबुराम भट्टराईसहित नेकपा माअोवादीका तीन नेता दिल्लीमा थिए ।
उनीहरुले भारतका प्रमुख गुप्तचर अधिकारीहरुसहित कम्युनिस्ट पार्टी अफ इन्डिया मार्क्सवादी र कम्युनिस्ट पार्टी अफ इन्डियाका प्रमुख प्रकाश कारत र एबी बर्धनसित भेट गरेका थिए ।
भट्टराईका सहयोगीले बताए, भारतले पहिलो पटक माअोवादीसित फेस टु फेस वार्ता गरिरहेको छ । माअोवादीको वेबसाइटले १५ दिन अघिमात्रै उनलाई पार्टीबाट निश्काषित गरिएको बताएको थियो । तर उनका सहयोगीले भने उनलाई पुनः पार्टीमा राखिएको बताए ।
भट्टराईसहित कृष्णबहादुर महरा र कृष्ण प्याकुरेललाई प्रचण्डले भारत र नेपालका मूलधारका विपक्षी पार्टीसित वार्ताका लागि जिम्मा दिएका छन् ।
सात पार्टीहरुले गत हप्तामात्रै प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त मोर्चा बनाएको घोषणा गरेका थिए । वरिष्ठ भारतीय सरकारी अधिकारीहरुले भने यस्तो वार्ता भएको पुष्टि वा खण्डन दुवै गर्न चाहेनन् ।

