कोइरालाको नाम सेन्सर !
२०६२ जेठ ९ सोमबार

काठमाडौंको बबरमहलमा खिचिएको यो फोटोमा नेपाली कांग्रेसका आदरणीय सभापति श्री पछिको ठाउँ खाली देखिएको छ । ठ्याक्कै नामपछि लाग्ने ज्यु र त्यसपछिका कुरा भने देखिएको छ (फोटोमा नदेखिए पनि ) यो फोटो देखेपछि कसको मनमा कस्तो विचार आउलान् ?
राजावादीः भ्रष्टाचारी गिरिजाको नाम भ्रष्टाचारविरोधी सचेत जनताले मेटाएका होलान् ।
प्रजातन्त्रवादीः पूर्वाग्रहपीडित भएर सरकारले नाम मेट्न लगाएको होला ।
वास्तविकता चाहिँ ठ्याम्मै विपरीत छ । बाँकी
हो, यी दुवै विचार यसो सोची हेर्दा सही झैं भान हुन्छ । तर न सरकारले यो नाम मेटाएको हो, न मेट्न लगाएको हो । यो त प्रकृतिको खेल हो । अर्थात् गिरिजाको नाम जुन रातो रंगले लेखिएको थियो, त्यो समयसँगै उडेछ । नीलो रंग भने गाढा परेछ र हालसम्म जस्ताको तस्तै रहेछ । माघ १९ अघि नै पोतिएको यो वाल पेन्टिङ माघ १९ पछि हेर्दा कांग्रेस र सभापतिसहित बाँकी सबै नारा जस्ताको तस्तै देखिए पनि ठ्या्क्कै नाममात्रको रंग भने उडेछ । यो राम्रो संयोगको कुरा हो । यो कुनै ग्रान्ड डिजाइन हैन, प्रकृतिको सामान्य खेल हो । अब यस्ता कुरा पनि उठ्न सक्छन् मनमा ।
- नेताको नाम कमसल रंगले लेख्ने को रहेछ ? उसले कमसल रंगको प्रयोग गरेर कति रकम भ्रष्टाचार गरेछ ?
- प्रकृतिलाई पनि यी भ्रष्टाचारी, कुहिएका नेता मन नपरेको रहेछ र त अरु सबै कुरा दुरुस्तै गिरिजाको नाम मात्र उडेको ।
- अब यी पुराना नारा मेटेर नयाँ नारा लेख्ने बेला भएन र ।
- भित्तामा जथाभावी नारा लेखेर दृश्य प्रदुषण गर्नेलाई कारबाही गर्नुपर्छ ।
- प्रकृतिलाई पनि सरकारी विज्ञापन नपाइएला भन्ने डर भएछ कि क्या हो, त्यसैले चाकडी सुरु गरेको !
- यस्ता बकवास कुरा लेखेर मेरो अमूल्य समय किन नष्ट पारेको ?


के कुरा गर्या? नजिकै आंखा गाडेर हेर्दा थाहा हुन्छ, गिरिजाबाउको नाम प्रकृति स्रकृति ले होइन, कुनै मनुष्य जातिले खाक्सीले घोटी घोटी मेटेको भन्ने कुरा। लेख्न पाईयो भन्दैमा जे पायो त्यही लेख्ने? नपाउने ले कालो मोटो केरा पायो छाला सहित खायो भन्या यही हो।
Comment by भोजु — May 24, 2005 @ 11:12 pm