May 27, 2005

राजालाई खुला चुनौति

२०६२ जेठ १३ शुक्रबार
Courtesy: NPA/AJAY JOSHI
आन्दोलनरत सात दलहरुले आज सात अलग अलग ठाउँबाट जुलुस निकाली नयाँ बानेश्वरमा आमसभा गरे । जुलुस त मैले हेर्न पाइनँ तर आमसभा सुरु भइसकेपछि केही छिनको लागि म त्यहाँ पुगेको थिएँ । आमसभाका भाषण नसुनेको धेरै भइसकेको थियो । आजभोलिका आमसभामा प्रयोग हुने भाषा सुनेर मलाई अचम्म लाग्यो- कति खुला रुपमा वक्ताहरु राजालाई चुनौति दिँदैथिए । भन्न त केही बाँकी रहेको जस्तो लागेन मलाई । हत्यारा, चीसो ह्रदय भएका, तानाशाह ….. के के हो के के । एकछिनमात्रै त्यहाँ बस्दा मैले सुनेका शब्द हुन् यी । एक वक्ताले राजाको विरोधमा गरेको चर्को भाषण सुन्न यहाँ क्लिक गर्नुस् । बाँकी (more…)

राजाले दलहरुका माग नमान्ने

सोल्टी होटलमा राजाको सम्बोधन
२०६२ जेठ १३ शुक्रबार
राजाले आज सोल्टी होटलको सभाकक्षमा त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित अभिनन्दन समारोहमा गरेको सम्बोधनका केही अंश मलाई भर्खरै प्राप्त भएको छ । यसलाई तपाईँ यहाँ क्लिक गरेर सुन्न सक्नुहुन्छ । विन्डोज मिडिया अडियो फरम्याटमा रहेको करिब दस मिनेट लामो यो भाषणको फाइल आकार ५७९ केबीमात्र छ ।
सम्बोधनका केही प्रमुख अंश

“संविधान उल्लंघन गरेर अथवा उल्लंघन गर्न दबाब दिएर प्रजातन्त्रमा जनताको विश्वास हासिल गर्न सकिँदैन । न्यायपालिकाको सर्वोच्चतालाई उपेक्षा गरेर प्रजातन्त्र फस्टाउन पनि सक्दैन । “

आन्दोलनरत सात दलहरुले विघटित प्रतिनिधिसभा पुनर्बहालीको मागलाई मुख्य रुपमा उठाएका छन् । आजको राजाको सम्बोधनमा त्यो मागलाई अस्वीकार गरेको देखिएको छ ।

“प्रजातन्त्रमा विश्वास गर्ने सबै दलहरु आतंकवादका विरुध्द एकजुट भई स्वच्छ निष्पक्ष र धाँधलीरहित चुनावमा भाग लिन आह्वान गर्दछौं । ”
” देश र जनताको भलाईमा तथा प्रजातन्त्रको हितमा हामीले सँधै सबैसँग छलफल गरेका हौं र भविष्यमा पनि यो क्रम कायम नै रहनेछ ।

सम्बोधनका लागि राजा सोल्टीमा

२०६२ जेठ १३ शुक्रबार
आज हुने भनिएको महत्त्वपूर्ण सम्बोधनका लागि यी हरफ लेख्नु केही अगाडिमात्रै राजाको सोल्टी होटलतर्फ सवारी भएको छ । त्यसअघि मन्त्रीहरुको सवारी त्यसतर्फ भइरहेको थियो । हरेक मन्त्रीको गाडी अगाडि पछाडि सुरक्षाकर्मीहरुको गाडी थियो । थापाथलीबाट सोल्टीमोड कालिमाटीस्थित घरतर्फ लाग्दै गर्दा छ बजेतिर मैले कम्तीमा पनि पाँच मन्त्रीको गाडी सुरक्षाकर्मीको एस्कोर्टिङसहित लागेको देखेँ । मन्त्रीहरुको सवारीका लागि ट्राफिक व्यवस्था त्यति नमिलाइएको भए पनि राजाको सवारी हुनु धेरै अघिदेखि नै सवारी मार्गमा ट्राफिक ठप्प पारिएको थियो । आजभोलि राजा र राजपरिवारको सवारी मार्गमा त्यसो गर्ने चलन छ । साढे छ सात बजेदेखि नै कालिमाटीको मुख्य बाटोमा ट्राफिकमात्रै नियन्त्रण गरिएको हैन, बटुवालाई रोकिन र घरपसल अगाडि उभिन पनि सुरक्षाकर्मीहरुले रोक लगाएका थिए । यसरी रोक लगाएपछि यस क्षेत्रका बासिन्दा र बटुवाहरु ठूलै तमासा हुन लागेको झैं महसूस गरिरहेका थिए । सम्बोधनका बारेमा अपडेट केही घण्टापछि गर्ने प्रयास गर्नेछु ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.