May 31, 2005

फेरि अनिश्चितकालीन शैक्षिक हड्ताल रे

२०६२ जेठ १७ बुधबार
विद्यार्थीहरुले फेरि अब लामै विदा पाउने भएका छन् । किनभने माअ‍ोवादी भ्रातृ संगठन अखिल नेपाल स्वत्नत्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले यही जेठ २४ अर्थात् अर्को मंगलबारदेखि अनिश्चितकाली शैक्षिक हड्ताल थाल्ने घोषणा गरेको छ । शिक्षा क्षेत्रलाई राजनीतिक द्वन्द्वमा फँसाउन हुन्न भनेर जति कराए पनि युध्दरत दुवै पक्षले कानमा तेल लगाएर बसेका छन् । बिचरा स्कुलमा पढ्ने विद्यार्थीहरुलाई हेर्नुस् त, उसलाई कति दूरगामी असर पर्छ यसले । विद्रोही पक्ष अनिश्चितकाली हड्ताल गर्छन्, सरकार पक्ष राष्ट्रवादी शिक्षा भन्दै राजपरिवारका तस्वीर पाठ्यपुस्तकमा राख्नेदेखि लिएर बहुदलीय व्यवस्थाको गुण गाइएका पाठलाई हटाउने निर्देशन दिन्छन् । दुई साँढेको जुधाइमा पर्ने त निर्धो जनतामात्रै । हुनेखानेहरु त विदेशमा पढ्न जान्छन्, तर अरुको भविष्य ?
अनेरास्ववियु क्रान्तिकारीले हिजोको मिति राखी पठाएको ईमेल वक्तव्यमा उसकै शब्दमा शाही कूका विरुध्द यो अनिश्चितकालीन तीन स शैक्षिक हड्तालको आयोजना गरिएको हो भनिएको छ । तीन वटा स भनेको चाहिँ सदरमुकाम, सहर र सडक रे । भन्नलाई तीन स भने पनि यसले असर चाहिँ थुप्रै स लाई पार्ने देखिएको छ - सरकार, सेना, समग्र शिक्षा क्षेत्र………

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/05/31/strike/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.