June 30, 2005

सिंहदरबार विस्फोटको गाँठी कुरो

२०६२ असार १६, बिहीबार
Kirtinidhi Bista हिजो सिंहदरबारभित्र आगलागी भएछ र त्यसका कारण विस्फोट भएछ। हामीले आधिकारिक रुपमा सुनेको कुरा यही हो। तर सुनेका कुराभित्र नसुनेका रहस्यलाई हामीले खासै वास्ता गरेका छैनौं। रहस्य भन्नाले ठूलै रहस्य त हैन, इतिहासमा रुचि भएकालाई थाहा भएकै कुरा हो। कतिलाई थाहा नहुन सक्छ, उनीहरुका लागि यो संयोगको रहस्य रमाइलै हुनसक्छ। कुरा के भने हाम्रा उपाध्यक्ष- हैन, हैन कालो सूचिवाला उपाध्यक्ष हैन, गोरै सूचिवाला उपाध्यक्ष अर्थात् कीर्तिनिधि विष्ट र सिंहदरबारको आगलागीसँग गजबको सम्बन्ध रहेछ। बाँकी (more…)

June 29, 2005

सिंहदरबारभित्र शक्तिशाली विस्फोट

Filed under: Breaking News

२०६२ असार १५ बुधबार
काठमाडौँको मुटु मानिने सिंहदरबारनजिकै अहिले केही समयअघि दिउँसो १ ४२ मा ठूलो विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। विस्फोटको आवाज निकै टाढासम्म सुनिएको र धुँवाको मुस्लो पनि उठेको देखिएको बताइएको छ। विस्फोटका बारेमा विस्तृत विवरण आउन बाँकी छ। (13:50pm NST)
भर्खरै प्राप्त समाचार अनुसार विस्फोट सेनाको सिंहदरबारभित्र रहेको मध्य पृतनाको सशस्त्र भण्डारमा भएको र घटनामा सात जना घाइते भएको थाहा भएको छ। घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक भएको बताइएको छ। घटनाको आधिकारिक पुष्टि हुन बाँकी छ। (14:07pm NST)
अन्तिम अपडेटः शाही सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार घटनामा १० सैनिक सामान्य घाइते भएका छन्। सिंहदरवारभित्रको शाही सेनाको रासन स्टोरमा विद्युतीय सर्ट सर्किटका कारण भएको आगलागीबाट खाना पकाउने ग्यास विस्फोट भएको बताइएको छ।

सेक्सी नेपाली-६

यौनमा उदार हुँदै गरेका नेपालीहरु

यौनमा उदार हुँदै गरेका नेपालीहरुको बारेमा शृङ्खलावध्द ब्लगको अर्को भागका रुपमा यसलाई प्रस्तुत गर्दैछु। केहीअघि मैले यो शृङ्खला सुरु गरेको भए पनि एउटै विषयमा धेरै ब्लग भयो भनी कमेन्ट आउन थालेकाले केही दिनका लागि विश्राम लिएको थिएँ। यो समलिंगी वा अरु यौन सम्बन्ध कायम गर्न रुचि भएका सेक्सी खुला विचारधाराका महिलाहरुको क्लबसम्बन्धी रिपोर्ट हो। बाँकी (more…)

June 27, 2005

उफऽऽऽ ! रोयटर्सको यो गल्ती

२०६२ असार १३, सोमबार
अन्तर्राष्ट्रिय सञ्चार माध्यम भन्दैमा गल्ती नै हुन्न भन्ने हुँदैन। आजै हेर्नुस् न, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई दशैं खर्च दुरुपयोग गरेको अभियोगमा सफाइ दिएको समाचारसँगै जारी भएको तस्वीरमा देउवा रिहा भएको लेखिदिएछन्। (more…)

अन्तर्राष्ट्रिय सञ्चारमा पुनः नेपालको चर्चा

२०६२ असार १३, सोमबार
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आज पुनः एकपटक नेपालको चर्चा छाएको छ। तर यो गौरव गर्न लायक कुरा भने हैन। राम्रो कुराको हैन, नराम्रै कुराको चर्चा भएको हो। सीएनएनको टेलिटेक्स्टमा आज नेपालकै समाचारलाई प्रमुख समाचार बनाइएको छ साँझसम्म पनि। माघ १९ को कदमपछि नेपालको समाचार प्रमुख समाचार बनाइएको यो नै पहिलो अवसर हो। बाँकी (more…)

June 26, 2005

विहार आक्रमणमा माअ‍ोवादीको संलग्नता

२०६२ असार १२, आइतबार
यी भारतीयहरु पनि अचम्मकै छन्। बिहीबार भारतको विहार राज्यस्थित मधुबनी बजारमा दिनदहाडै भएको आक्रमणमा नेपाली माअ‍ोवादीको संलग्नता भएको भनी पहिले प्रचार उनीहरुले नै गरे। अब आएर फेरि यो आक्रमणमा नेपाली माअ‍ोवादीको संलग्नता हुनसक्दैन भन्दै उनीहरु नै कराउँदैछन्। त्यसो त माअ‍ोवादीका प्रवक्ता कृष्णबहादुर महराले पनि हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आक्रमणमा आफूहरुको कुनै संलग्नता नभएको दाबी गरेको थियो। बाँकी (more…)

June 25, 2005

तस्वीर आफै बोल्छ

प्रचण्डको हटमेल ह्‍याक गरेर हेर्दा……………….
Hotmail

ठूलो पारेर हेर्नका लागि यहाँ क्लिक गर्नुहोला।

June 24, 2005

हाम्रा राजा कति प्रख्यात !

२०६२ असार १०, शुक्रबार
हामी नेपालीले गर्व गर्ने दिन आएको छ। किनभने अब विदेशमा पनि नेपाल र नेपालका राजाका बारेमा चर्चा हुन थालेछ। विदेशी राजनीतिज्ञहरुले कुनै कुराको उदाहरण दिनुपरेमा पनि नेपाल र नेपालका राजाको उदाहरण दिन थालेछन्। कुरा आजैको हो। (more…)

माअ‍ोवादीको भीषण आक्रमणबाट भारत छक्क

नेपालसित सीमा जोडिएको भारतको बिहार जिल्लामा माअ‍ोवादीहरुले गरेको भीषण आक्रमणबाट भारत सरकार अचम्भित भएको र घटनाको उच्चस्तरीय छानबिनका लागि आदेश दिएको भारतीय समाचार एजेन्सी आईएएनएसले उल्लेख गरेको छ। भारतमा माअ‍ोवादी आन्दोलन सुरु भएको ३८ वर्षको अवधिमा यही घटनालाई सबैभन्दा ठूलो आक्रमणका रुपमा लिइएको छ। बाँकी (more…)

नेपाली माअ‍ोवादीले भारतमा पनि आक्रमण गरे

Filed under: Breaking News

२०६२ असार १० शुक्रबार
नेपालका माअ‍ोवादीहरुले अब भारतमा पनि आक्रमण गर्न थालेका छन्। भारतको एक सीमावर्ती गाउँमा नेपाल र भारतका माअ‍ोवादीहरुले संयुक्त रुपमा नियोजित आक्रमण गरेको दाबी भारतीय प्रहरीले आज गरेको छ। बाँकी (more…)

June 23, 2005

हिंसा विरोध, शान्ति अठोट

June 22, 2005

माअ‍ोवादीको क्रुरताको हद !

२०६२ असार ८ बुधबार
Maoist terrorism
साथी केपीको नयाँ ब्लग बीनेपालमा माअ‍ोवादी क्रुरताले हद नाघेको तस्वीर देखेपछि यी शब्द नलेखी बस्न सकिनँ। केपीजीले यो तस्वीर ब्लगको भित्री पृष्ठमा राख्नुभएको थियो तर मैले जानी जानी त्यही फोटोलाई साभार गरेर अग्रपृष्ठमा राखेको छु। किनकि यो क्रुरतालाई दुनियासामु देखाउनै पर्छ। अनिमात्र सिर्जना हुन्छ जनमत क्रुरताको विरुध्द, आतंकको विरुध्द। बाँकी (more…)

नोबल एकेडेमीमा बम विस्फोट

Filed under: Breaking News

२०६२ असार ८ बुधबार
काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलपछाडि रहेको नोबल एकेडेमीमा अहिले एकैछिन अगाडि अर्थात् राति ८ बजे बम विस्फोट भएको छ। १० जोड दुईसम्मको अध्ययन हुने उक्त निजी शैक्षिक संस्थाको कम्पाउन्डबाहिरको सानो गल्लीबाट अज्ञात व्यक्तिहरुले सुतली बम प्रहार गरेका थिए। विस्फोटका कारण विद्यालय परिसरमा सानो खाल्डो परेको छ र त्यहाँ रहेका विद्यालयका केही गाडीका शिशा फुटेका छन्। साथमा वरपर रहेका घरका शिशा पनि फुटेका छन्। विस्फोट कसले, किन गराएको भन्ने बारेमा केही थाहा हुन सकेको छैन। माअ‍ोवादीहरुले तीन स बन्द भनी शैक्षिक संस्था बन्द अभियान चलाएका छन्। शायद उनीहरुले नै पो यसो गराएका हुन् कि !

तस्वीर आफै बोल्छ

Giri Search on Google

तासको अनौठो जादू

२०६२ असार ८ बुधबार
आज एउटा रमाइलो जादू तपाईँहरुसित बाँड्दैछु। जादू तासको हो र मूल जादू नामी अमेरिकी जादूगर डेभिड कपरफिल्डको हो। यसलाई एक वर्षजति अगाडि मैले नेपालीकरण गरेको थिएँ। पहिले जादू कस्तो खालको हो भन्ने बारेमा तपाईँलाई बताउँ है त। पावरप्वाइन्टमा बनाइएको यो जादूमा तासका ६ वटा पत्ती देखाइन्छन् र तपाईँले तीमध्ये एकलाई सम्झनु पर्नेहुन्छ। सम्झिसकेपछि जादूगर डेभिड कपरफिल्डको आँखामा एकपटक तपाईँले हेर्नुपर्ने हुन्छ। त्यसपछि उनले तपाईँले सम्झनुभएको तास ठ्याम्मै पत्ता लगाइदिन्छन्। पावरप्वाइन्टमा बनाइएको २७६ केबीको यो जादू डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। जादू हेर्नका लागि डाउनलोड गरेको फाइललाई डबल क्लिक गरिसकेपछि कीबोर्डको F5 की जुन माथिल्लो लहरमा हुन्छ, थिच्नुस्। आफ्नो अनुभव मलाई पनि बताउनुस् है त !






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.