June 2, 2005

सगरमाथाको चुचुरोमा विवाह

२०६२ जेठ १९ बिहीबार
Moni on top of the Everest
सगरमाथाको चुचुरोमा पुगी नयाँ नयाँ कीर्तिमान राख्ने क्रममा काठमाडौं नेवार समुदायकी मोनी मुलेपति र सोलुखुम्बुका पेम्बा डोर्जी शेर्पाले सगरमाथाको चुचुरोमा नै विवाह गरी सबैलाई अचम्ममा पारिदिएका छन् ।
मोनी गैर शेर्पा समुदायबाट सगरमाथाको सफल आरोहण गर्ने पहिला महिला हुन् । उनीहरुले गएको सोमबार नै सगरमाथाको सफल आरोहण गरेका थिए । तर बिहेको खबर भने आज उनीहरु काठमाडौं नफर्केसम्म कसैलाई थाहा थिएन । उनीहरुले आफ्नो योजनालाई यति गोप्य राखेका थिए कि सँगै आरोहण गर्न गएका सोही आरोहण दलका सदस्य कामी शेर्पालाई पनि त्यसको अत्तोपत्तो थिएन । कामीले आज काठमाडौंमा पत्रकारहरुसितको कुराकानीमा भने, मलाई शंका त लागेको थियो पक्कै बिहे गर्नलाई नै होला भनेर । तर म निश्चित थिइनँ ।
घर परिवारलाई त उनीहरुले यसको बारेमा कुनै सुँइकोसमेत दिएका थिएनन् । पेम्बा डोर्जीले भने योजना असफल भयो भने त अन्तर्जातीय विवाह भएकोले घर परिवारमा गार्‍हो हुने भएकोले हामीले कसैलाई यसबारेमा थाहा नदिएका हौं ।
आज उनीहरुलाई लिन गएको एउटा हेलिकप्टर सगरमाथा आधार शिविरमा दुर्घटना भएको थियो । हेलिकप्टर क्षतिग्रस्त भएपनि भाग्यले कसैको ज्यान भने गएन । आजै उनीहरुलाई नेवारी बाजागाजा र परम्परासहित काठमाडौंमा भव्य स्वागत गरिएको थियो ।
विश्वको सर्वोच्च शिखरमा विवाह गरेर नौलो कीर्तिमान राख्ने यी जोडीको दाम्पत्य जीवन सुखी रहोस् मेरो पनि शुभकामना ।

राजपरिवार हत्याकाण्डको चार वर्ष

सुन्दै कहाली लाग्ने राजा वीरेन्द्रको वंश नाश हुने गरी राजदरबार हत्याकान्ड भएको पनि चार वर्ष पूरा भएछ । त्यो दिनका केही सम्झना म अहिले साँझ लेख्ने प्रयास गर्नेछु । तस्वीरमा राजा वीरेन्द्रको पार्थिव शरीर र पृष्ठभूमिमा ब्राम्हणहरु ।
King Birendra






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.