June 5, 2005

सेक्सी नेपालीहरु -१

यौनमा उदार हुँदै गरेका नेपालीहरु (मेरो संसार विशेष रिपोर्ट)
२०६२ जेठ २३ सोमबार
Singer of the Song
२१ अ‍ौं शताब्दीमा पुगिसक्यो जमाना । अनि नेपालीहरु किन कोही भन्दा कम होउन् त ? आजदेखि म नेपालीहरु यौन वा सेक्सको मामिलामा कति उदार बन्दै गइरहेका छन्, त्यसका बारेमा शृङ्खलावध्द रुपमा केही दिनसम्म ब्लग गर्ने तयारीमा छु । तपाईँ पनि मलाई टिप्सहरु ईमेल गरी सहयोग गर्न सक्नुहुन्छ । आज यो शृङ्खलाको पहिलो भागमा पढ्नुस् नेपाली भाषाको सर्वाधिक अश्लील गीतका बारेमा । तस्वीरमा गीतका गायक भित्र जानु अघि यो विषयवस्तु वयस्कहरुले मात्र पढ्ने खालका वा एडल्ट नेचरको भएको कुरा तपाईँलाई पहिले नै सचेत गराउन चाहन्छु । कतिपयलाई यो विषय नपच्न सक्छ । उनीहरुले भित्र प्रवेश नगरेकै बेस । बाँकी (more…)

दक्षिण कोरियाद्वारा शाही कदमको समर्थन

२०६२ जेठ २२ आइतबार
राजावादीहरुका लागि खुशीको खबर ! माघ १९ को शाही कदमको समर्थन गर्ने एउटा अर्को देश अगाडि आएको छ- दक्षिण कोरिया । यसअघि कुन-कुन देशले समर्थन गरेका थिए त ? मेरो विचारमा पाकिस्तान, म्यान्मार र रुस । चीनले त आन्तरिक मामिला भनेको थियो । अरु कुनै देश थियो र समर्थन गर्ने ? मलाई त याद भएन । दक्षिण कोरियाको समर्थन भने आज दक्षिण कोरियाली सरकारका विशेष दूत पार्क जुङ इलले आफ्नो नेपाल भ्रमणको क्रममा शितल निवासमा विदेशमन्त्री रमेशनाथ पाण्डेसितको भेटवार्तामा व्यक्त गर्नुभएको हो । पत्रकारहरुसितको कुराकानीमा पार्कले “मेरो देशमा नेपालीहरुलाई कुनै भेदभाव गरिएको छैन, कतिले त कोरियालीहरुसित विवाह पनि गरेका छन्” भनेका छन् । यो ब्लगका पाठकहरु कोरियाका पनि छन् । के हो मित्रहरु, साँच्चिकै नेपालीहरुलाई कुनै भेदभाव गरिँदैन त कोरियामा ? प्रतिक्रिया लेख्न झण्झट नमान्नु होला है ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.