June 6, 2005

सेक्सी नेपालीहरु -२


लोग्ने र स्वास्नी साट्ने नेपालीहरु (मेरो संसार स्कूप)
Club
२०६२ जेठ २४ म‌‌ंगलबार
यौनमा उदार हुँदै गरेका नेपालीहरुका सम्बन्धमा शृङ्खलावध्द ब्लगिङका क्रममा आज एकापसमा लोग्ने र स्वास्नी साटेर यौनको मजा लिने नेपालीहरुको एउटा क्लबका बारेमा स्कूप रिपोर्ट तपाइँ पढ्नसक्नु हुनेछ । इन्टरनेटमा वयस्क नेपालीहरुको एउटा क्लब छ । यो क्लबको नारा नै छ- तिमी र मेरो श्रीमति, म र तिम्री श्रीमति । क्लबले आफ्नो परिचय दिँदै लेखेको छः यो समूह आफ्नो यौन क्रियाकलापलाई आफ्नै लोग्नेस्वास्नीबीचको सीमितताबाट बढाएर असीमित यौनानन्द खोज्ने नेपालीहरुका लागि हो । बाँकी (more…)

चितवनमा यात्रुवाहक बस एम्बुसमा

Filed under: Breaking News

कम्तीमा ५३ को मृत्यु, मर्नेको संख्या अझै बढ्नसक्ने
२०६२ जेठ २३, सोमबार
भर्खरै प्राप्त समाचार अनुसार चितवनको बगईबाट सदरमुकाम भरतपुरतर्फ जाँदै गरेको एक यात्रुवाहक बस आज बिहान एम्बुसमा पर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । बसमा १ सय १० जना जति यात्रु भएको बताइएको छ । उनीहरुमध्ये धेरै घाइते भएको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको बताइएको छ ।
अपडेट रोयटर्सको रिपोर्ट अनुसार कम्तीमा २५ जना मारिएको हुनसक्ने जानकारी सेनाका एक अधिकारीले दिएका छन् । उनका अनुसार बस चितवनको मादी गाउँमा थापिएको विद्युतीय धरापमा परेको हो । त्यो गाउँ माअ‍ोवादीहरुको प्रभाव क्षेत्र हो रे । रिपोर्टमा एक अर्का सैनिक अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, शव क्षतविक्षत भएकाले कति जनाको मृत्यु भयो भनी गन्न गार्‍हो भइरहेको छ ।
अपडेट साँझ ४ बजेः प्राप्त पछिल्लो जानकारी अनुसार घटनामा ५३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । माअ‍ोवादी द्वन्द्व सुरु भएयता एउटै घटनामा यतिधेरै सर्वसाधारणको ज्यान गएको यो पहिलो घटना हो ।
अन्तिम अपडेटः मृतकको संख्या रेडियो नेपालले ५३ भनेर भनेको भए पनि अब घटाएर कम्तीमा ३८ भनिएको छ । थाहा छैन कसरी यो संख्यामा गडबडी भएको हो । मर्नेहरुमा ३ जना सुरक्षाकर्मी पनि रहेको बताइएको छ । निजी टेलिभिजन इमेज मेट्रोमा घटनाका ज्यादै भयावह दृश्य देखाइएका थिए । शवहरु क्षत विक्षत थिए । बालबालिका पनि भयावह ढंगले मरेका थिए । सार्‍है डरलाग्दो थियो त्यसमा देखाइएका दृश्य । सार्वजनिक प्रसारण माध्यमले त्यस्तो दृश्य प्रसारण गर्न हुन्थ्यो कि हुन्थेन त्यो छुट्टै विवादको विषय हो । तर घटना साँच्चिकै निन्दनीय हो । इमेजमा देखाइएका केही भयावह दृश्यका तस्वीर हेर्न भित्र आउनुहोला ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.