June 7, 2005

तपाईँ पहिलेको जन्ममा के हुनुहुन्थ्यो ?

२०६२ जेठ २४ मंगलबार
तपाईँ पहिलेको जन्ममा के हुनुहुन्थ्यो ? कहाँ जन्मनु भएको थियो ? तपाईँलाई थाहा छ ? आज एउटा साइट भेटेँ जहाँ यी प्रश्नका उत्तर भेटिए । म पहिलेको जन्ममा लेखक, नाटककार वा छ्या भन्नै लाज लाग्छ अन्तिम संस्कार कार्यको व्यवस्था मिलाउने मान्छे रहेछु । मेरो जन्म ९०० सालमा हालको इजिप्ट देश छेउछाउ भएको रे । म क्रुर चरित्रको थिएँ रे ।
तपाईँलाई पनि आफ्नो पुरानो जन्मका बारेमा थाहा पाउन मन छ भने यहाँ क्लिक गर्नुस् । त्यहाँ तपाईँको जन्ममिति इस्वी संवत‍मा राख्नुस् र हेर्नुस् आफ्नो पुरानो जन्मका कुरा । तपाईँलाई विक्रम संवतमा मात्र जन्ममिति थाहा छ भने यो साइटमा गई इस्वी संवतमा परिवर्तन गर्नसक्नुहुन्छ । आफ्नो पूर्वजन्मका बारेमा मलाई पनि बताउनुस् है त ।

बस एम्बुस माअ‍ोवादीबाटै भएको प्रचण्डद्वारा पुष्टि

२०६२ जेठ २४ मंगलबार
सर्वसाधारणको लाश क्षतविक्षत हुने गरी भएको हिजो चितवनमा यात्रुवाहक बसमा भएको एम्बुस विस्फोटन आखिर माअ‍ोवादीले नै गराएका रहेछन् । आज साँझ मेरो इमेलमा आइपुगेको प्रचण्डको हस्ताक्षरसहितको विज्ञप्तिबाट यसको पुष्टि भएको छ । वक्तव्यमा प्रचण्डले एम्बुस आफ्नै सेनाको एक टुकडीले थापेको स्वीकार गर्दै यस घटनामा गम्भीर गल्ती भएको भनी स्वीकार गरिएको छ । घटना पार्टी नीति विपरीत हुन गएको भन्दै ठूलो जनसमुदायको क्षति हुन गएकोमा आम जनसमुदायप्रति प्रचण्डले उनकै भाषामा “गम्भीर आत्मालोचना” पनि गरेका छन् । प्रचण्डको वक्तव्यमा घटनामा संलग्न जनमुक्ति सेनाका सैनिक टुकडी र त्यसकार्यमा प्रत्यक्ष निर्देशन गर्ने पार्टी नेतृत्व समेतलाई तत्काल निलम्वन गरिएको कुरा उल्लेख छ । अनि आत्मालोचना, दुःखी र मर्माहत हार्दिक समवेदना जस्ता शब्दहरु छन् । तर माफी नामको शब्द भने कहीँ कतै उल्लेख छैन । (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.