“मैले ५-६ पटक स्वास्नी साटिसकेँ”
लोग्नेस्वास्नी साट्ने क्लबका संस्थापकसितको कुराकानी
सेक्सी नेपाली- ४ (मेरो संसार विशेष रिपोर्ट)
२०६२ जेठ २६ बिहीबार
यौनमा उदार हुँदै गएका नेपालीहरुको बारेमा शृङखलावध्द ब्लगिङका क्रममा आज लोग्नेस्वास्नी साट्ने क्लबका संस्थापकसितको कुराकानी तपाईँ पढ्नसक्नु हुन्छ । गत सोमबार मैले उनीसित कुराकानी गरेको थिएँ । मेरो ब्लगमा यससम्बन्धी रिपोर्ट प्रकाशित भएपछि हाल उनीहरुको क्लबको होमपेज बन्द गरिएको छ । उनीहरु बढी सतर्क भएका छन् । उनले प्राइभेसीको सम्मान गर्न अनुरोध गर्दै ब्लगमा कमेन्ट र व्यक्तिगत इमेल पनि पठाएका छन् । हो म उनीहरुको व्यक्तिगत गोपनीयताको सम्मान गर्छु । त्यसैले मैले अहिलेसम्म उनीहरुको परिचय खुलाएको छैन । नभए मसँग क्लबका संस्थापक, उनकी श्रीमतिको पूरा नामथर, क्लबका अन्य संस्थापकहरुको मोबाइल नम्बर, टेलिफोन नम्बर र इमेल ठेगानाहरु पनि नभएका हैनन् । तर म पत्रकारिताको आचारसंहिताविपरीत गएर उनीहरुलाई सार्वजनिक गर्दिन । किनकि उनीहरुले कुनै अपराध गरेका छैनन् । राजीखुसीमा दम्पतीहरुबीच यसो भइरहेको छ । अपराध त बलात्कार गर्नेहरु, देहव्यापारका लागि बाध्य बनाउनेहरुले गरिरहेका छन् । भारतमा केटी बेच्नेहरुले गरिरहेका छन् । मेरो उद्देश्य त नेपाली समाज यौनमा कति उदार बन्दै गइरहेको छ भनी देखाउनु मात्र हो । संस्थापकसितको कुराकानीको पूर्ण विवरणका लागि भित्र आउनुहोला । बाँकी (more…)
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सचिव दिनेशचन्द्र प्याकुरेलले आज बिहान साढे ८ बजे आत्महत्या गरेका छन् । माघ १९ को शाही कदमपछि उहाँलाई (र अन्य कतिपय सचिवहरुलाई पनि)जगेडामा अर्थात् बिना कुनै जिम्मेवारी दिई राखिएको थियो । आत्महत्याको कारण थाहा हुन सकेको छैन । बाँकी छिट्टै नै
