गोप्य सम्बन्ध कायम गर्न खुला आह्वान
सेक्सी नेपाली- ५ (मेरो संसार विशेष)
२०६२ जेठ २८ शनिबार
नेपालीहरु यौनमा उदार हुँदै गइरहेका हुन् त ? उनीहरुको यौनसम्बन्धी सोचमा उदारपन आएकै हो त भन्ने विषयमा खोजबिन गर्दै जाने क्रममा इन्टरनेटमा एउटा अर्को साइट पनि भेटियो । सेक्रेट रिलेसनसीप नामको यो समूह गोप्य सम्बन्ध कायम गर्न खोज्ने नेपालीहरुको रहेछ । यो समूहको वेबपेजको अग्रभागमा समूहको परिचय दिँदै सञ्चालकले भनेका छन्, उही माया र जीवनबाट दिक्क हुनुहुन्छ ? तपाईँको खोजीको अन्त्य यहाँ हुनेछ । सदस्य बन्नुहोस् र मजा लिनुहोस् । यो समूहमा सामेल हुनुअघि सबैले शपथ लिनुपर्नेछ कि उनीहरु नेपालमा बस्छन् वा नेपाल आउनेछन् र गोप्य सम्बन्ध कायम गर्नेछन् । बाँकी
सदस्य बनेपछि मात्रै समूहका गतिविधि हेर्न पाइने हुँदा समूहको सदस्य बन्ने प्रयास गरेँ । यो समूहमा सदस्यताका लागि आवेदन दिँदा पहिलेको लोग्नेस्वास्नी साट्ने क्लबमा जस्तो गार्हो भएन । तुरुन्तै स्वीकार गरियो ।
सदस्यताको मामलामा त यो समूह अगाडिको क्लबभन्दा कम थिएन । यसमा कूल २२ सदस्य थिए । (एउटा संख्या त म आफैले गर्दा पनि बढेको हो ) त्यति सक्रिय भने लागेन यो समूह । एक वर्षअगाडि यसको स्थापना भएको भए पनि हालसम्म सामूहिक रुपमा पाँच वटा मात्रै सन्देश आदानप्रदान भएका रहेछन् । व्यक्तिगत रुपमा बढी सन्देश आदानप्रदान भएको हुनसक्छ । किनकि मेरो आफ्नै पनि समूहका संस्थापक र अरु सदस्यहरुसित कुराकानी भएको छ । यसरी कुराकानी हुँदा यौनका बारेमा अनुभव आदानप्रदान हुने र यौनका लागि तयार हुने वा हुनसक्ने महिलाका बारेमा कुरा हुने रहेछ । सदस्यसदस्यबीच त्यस्ता महिलाको परिचय, सम्पर्क ठेगाना आदानप्रदान हुनेरहेछ ।
यसका संस्थापक क्षेत्री जातका रहेछन् । उनलाई अरुको बूढीमा बढी रुचि रहेछ । अरुको बूढी सेक्समा बढी अनुभवी हुने र त्यसका कारण मजा आउने विचार रहेछ उनको। जीवनमा रमाइलोको लागि गोप्य सम्बन्ध कायम गर्न आवश्यक भएको उनी बताउँछन् । सँधै आलु खाने ठाउँमा कहिलेकाहीँ साग खाँदैमा आलु नै मन नपरेको भन्ने हुँदैन, एक पटक उनले मलाई भनेका थिए, त्यसैले यसको अर्थ मैले आफ्नी बूढीलाई माया नगरेको भन्ने हैन ।


k ho hajur j man lagyo tehi lekhera basne aaru news paunu bhayena ki k ho 1-2 patak ta ho pani hapta bhari nai yehi lekhera basne bichar chha ki k ho .. thik chha lekhnu naramro hoina varity dinu paryo ni ta daily eutai kura ramro hudaina k
Comment by kale — June 11, 2005 @ 1:15 pm
काले ठिकै भन्छ। यस्ता ग्रुपहरु त कति होलान कति। कसैको बाउको एक पैसा पर्ने होइन ग्रुप बनाउनलाई। याहू! एम एस एन जस्ता साइटहरूले फोकटमा दिराख्याछ। अहिले फुर्सद भयो भने याहूमा म आफै पनि यस्तै एउटा ग्रुप बनाउने चक्करमा छु। हे मूढमते, कतिजनालाई पछ्याएर भ्याउछौ? भो पुग्यो। बन्द गर अब। बरु रमाइलो रमाइलो टपिक हरु लेख। यसैमा सबैको कल्याण छ। हरि शरणम!
Comment by गोविन्दे — June 11, 2005 @ 6:40 pm
hana ke bhanchha yo gobinda baje ? bichara katti mehanet garera khojdai chha tapai hami lai yesto barema batauna….tapain budha baje tesai uslai protsahan nadiyera durutsahan dine ?
tara baje ko kura ni sahi ho, tes bahek arko kura ni lekhnus na ramailo ramailo….hami wait ma chhaun…..
Comment by Ramsharan — June 11, 2005 @ 8:04 pm
alert(’buhahah namaste’);
Comment by asdf — July 23, 2005 @ 12:02 am