माइकल ज्याक्सनद्वारा आत्महत्याको प्रयास !
२०६२ जेठ ३०, सोमबार
शीर्षकले तपाईँलाई आकर्षित गरेको हो भने सावधान। तपाईँको इमेलमा पनि यस्तै शीर्षक र व्यहोरा भएको इमेल आउन सक्छ। त्यो इमेलले थापेको पासोमा पर्नुभयो भने तपाईँको कम्प्युटरमा भाइरसले मोज गर्न थाल्छ। बाँकी

कम्प्युटर सुरक्षामा कार्यरत एक बेलायती संस्था सोफोसका अनुसार अहिले विश्वमा यस्ता इमेल तीब्र गतिमा फैलिरहेका छन्। हुन पनि बाल यौन दुर्व्यवहारको आरोपमा मुद्दा खेपिरहेका माइकल ज्याक्सनले आत्महत्याको प्रयास गरेको भन्ने खबर साँचो झैँ लाग्नसक्छ। यसैको फाइदा उठाएका छन् उनीहरुले।
यो इमेलको शीर्षक र व्यहोरा यस्तो खालको हुन्छ
Subject: Re: Suicidal attempt
Message text:
Last night, while in his Neverland Ranch, Michael Jackson has made a suicidal attempt.They suggest this attempt follows the last claim was made against the king of pop. 46 years old Michael has left pre-suicid note which describes and interpretes some of his sins.
Read more…
यहाँनिर एउटा लिंक राखिएको हुन्छ। त्यो लिंकमा क्लिक गर्नुभयो कि तपाईँ उनीहरुले थापेको पासोमा पर्नुभयो।
लिंकमा क्लिक गरेपछि जुन वेबसाइटमा तपाईँ जानुहुन्छ, त्यो पेज ढिलो खुलिरहेको हुन्छ। उत्सुकता जगाउने समाचार भएकोले तपाईँ पनि केही बेर कुर्नुहुन्छ। यसबीच तपाईँको कम्प्युटरमा एउटा ट्रोजन इन्स्टल भइसकेको हुन्छ। यो ट्रोजनले अर्को धेरै कम्प्युटरलाई हानी पुर्याउने ट्रोजन पनि डाउनलोड गर्छ।


thanks for useful information
Comment by anil — June 13, 2005 @ 10:06 am
माइक्रोसफ्टको एन्टिस्पाइवेयर हालौं साथि हो। यस्ता मुजी ट्रोजन स्रोजनले केहि गर्न सक्दैन।
Comment by भोजु — June 15, 2005 @ 10:53 pm
mca fee anti virous lagaunus jasto sukai virous pani chat !
tasmathi go back lagaunus re start bhaya pachi tapai ko computer jasta ko tastai hahahahahah
Comment by bishnu khadka — July 11, 2005 @ 6:13 pm