June 15, 2005

डा. गिरीको नियत के ?

२०६२ असार १ बुधबार
अहो, असार लागिसकेछ । असारै महिनामा…पानी परे रुझाउने….एक्लो यो मेरो मन….
अब पानी त परे पो रुझाउने। पानी नपरेको धेरै दिन भएर फेरि काठमाडौंमा गर्मी बढ्न थालेको छ। पानीको कुरा छाडेर अब लागौं गिरीको कुरातर्फ। उही क्या हाम्रा डा. गिरी। संविधानमा नभएको पद उपाध्यक्ष खाइरहेका गिरी। कालो सूची नं. १६८० का गिरी। कालो सूचीमा परेको खबर सार्वजनिक भएपछि गिरीलाई टेन्सन नै टेन्सन छ। पत्रिकाहरुले हाकाहाकी राजीनामा दे भनेर सम्पादकीय नै लेख्न थालेका छन्। तर हाम्रा गिरी किन झुक्थे? राजीनामा कसरी दिने ? जसले राखेको हो, उसैको काम हो नि निकाल्ने, कि कसो ? बेकारमा घाँटी र मसी सुकाउन छाड। बाँकी (more…)

सरकारी अधिकारीको के भर !

२०६२ जेठ ३१ मंगलबार
त्यसो त सरकारी अधिकारीहरुले झुठो बोल्न नहुने हो, कुरा लुकाउन नहुने हो। तर यो त नेपाल पर्‍यो, अजब नेपाल गजब नेपाल। कुरा के भने अस्ति भर्खरैमात्र ठूलो तामझामका साथ पत्रकार सम्मेलन नै गरेर परीक्षा नियन्त्रक वीरेन्द्रकुमार सिंहले उत्तरपुस्तिकाहरु हराइरहेका हुनाले दुई साता नभई नतिजा प्रकाशित हुननसक्ने घोषणा गर्नुभएको थियो। तर दुई दिन पनि नबित्दै नतिजा अकस्मात सार्वजनिक भइहाल्यो। किन रे त्यसो गरेको भनेर सोध्दा पत्रकारहरुबाट बच्न त्यसो भनेको रे। क्या अचम्म बा, जनचासोको कुरालाई त्यसरी गलत सूचना दिएर दिग्भ्रमित पार्न पाइन्छ ? खै नैतिकता सरकारी अधिकारीको ? अब नेपालमा नैतिकताको कुरा खोज्ने कसले । चुपचाप बस्नु नै कल्याण। बाई दि वे सिंह ज्यु, तपाईँले जति कुरा लुकाउन खोजे पनि आखिर पत्रकारहरुले नतिजा प्रकाशित हुन लागेको थाहा पाइहाले क्यार । पत्रकारहरुमात्र किन हिजो त सर्वसाधारणले पनि थाहा पाइसकेका थिए। त्यसैले अर्कोपालादेखि यसरी झुठो बोलेर दुनियाँसामु बेइज्जत हुने काम नगर्नुस्, यसैमा भलाइ छ।

६२ प्रतिशत एसएलसीमा फेल

२०६२ जेठ ३१ मंगलबार
एसएलसीको नतिजा आज निस्कियो। तर परिणाम धेरै निराशाजनक छ। झण्डै ६२ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्। अब यिनीहरुको भविष्य के त ? त्यसै पनि नेपाल द्वन्द्वमा पिल्सिरहेको छ। अब यत्राविधि १ लाख ३२ हजार ५५६ एसएलसी अनु्त्तीर्णहरुका लागि सरकारले बेलैमा केही गर्न सकेन भने उनीहरु बहकिने संभावना प्रवल हुन्छ। पोहोरभन्दा ५ प्रतिशतले उत्तीर्ण संख्या घटेको छ। नघटोस् पनि किन, पढाइको वातावरण नै कहाँ थियो र ! राजनीतिक अस्तव्यस्तताले गर्दा बिचराहरुले शैक्षिक वातावरण नै‍ पाएनन्। निजी र सरकारी विद्यालयको तुलना गर्ने हो भने त परिणाम झनै निराशाजनक हुन्छ। बोर्डमा आउने दुवै विद्यार्थी निजी विद्यालयकै हुन्।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.