६२ प्रतिशत एसएलसीमा फेल
२०६२ जेठ ३१ मंगलबार
एसएलसीको नतिजा आज निस्कियो। तर परिणाम धेरै निराशाजनक छ। झण्डै ६२ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्। अब यिनीहरुको भविष्य के त ? त्यसै पनि नेपाल द्वन्द्वमा पिल्सिरहेको छ। अब यत्राविधि १ लाख ३२ हजार ५५६ एसएलसी अनु्त्तीर्णहरुका लागि सरकारले बेलैमा केही गर्न सकेन भने उनीहरु बहकिने संभावना प्रवल हुन्छ। पोहोरभन्दा ५ प्रतिशतले उत्तीर्ण संख्या घटेको छ। नघटोस् पनि किन, पढाइको वातावरण नै कहाँ थियो र ! राजनीतिक अस्तव्यस्तताले गर्दा बिचराहरुले शैक्षिक वातावरण नै पाएनन्। निजी र सरकारी विद्यालयको तुलना गर्ने हो भने त परिणाम झनै निराशाजनक हुन्छ। बोर्डमा आउने दुवै विद्यार्थी निजी विद्यालयकै हुन्।

