अलौकिक अनुभूतिका विवरण
२०६२ असार २ बिहीबार
अलौकिक अनुभूति अर्थात् यस लोकभन्दा परको अनुभूति । जीवनमा कहिलेकाहीँ हामी यस्ता घटनाको अनुभव गर्न पुग्छौँ, जसको वैज्ञानिक पुष्टि सम्भव हुँदैन । आत्मासँगको भेट, भूतप्रेतका घटना वा त्यस्तै कुनै असामान्य घटना जसको रहस्य तपाइँले आजसम्म खोतल्न सक्नुभएको छैन । यो साइट त्यस्तै घटना वा अनुभव संगाल्ने ठाउँ हो । साइट हेर्न यहाँ क्लिक गर्नुहोला।यो साइट मैले धेरै वर्षअगाडि बनाएको थिएँ। त्यतिबेला भर्खर युनिकोड निस्केको थियो र कस्तो होला भनी उत्सुकताले पनि मैले युनिकोडमा समेत यसलाई बनाएको थिएँ। त्यतिबेला नगरकोटमा भूतले मान्छे मार्यो भन्ने हल्ला चलेको थियो। यसमा त्यसको बारेमा पनि उल्लेख छ। जिअोसिटीजमा पाइने फ्री स्पेसको उपयोग गर्दै मैले यो साइट बनाएको थिएँ। त्यतिबेला जिअोसिटीजमा अहिले जस्तो छेउमा डिस्टर्बिङ विज्ञापन आउने गर्दैनथ्यो। अहिले त जिअोसिटीजमा बनाइएका साइट हेर्न सार्है झ्याउ हुन्छ। यो साइटलाई अरु फ्री सर्भरमा सार्नुपर्ने हो तर समय नै पाइरहेको छैन र मैले यसलाई खासै वास्ता पनि गरिरहेको छैन। त्यतिबेला थाहा नभएर साइटमा इमेल ठेगाना पनि राखिएको थियो। त्यसैले मेरो मेलमा स्पाम मेलहरुको भरमार हुन्छ अहिलेसम्म पनि। इमेल ठेगाना निकालुँला भनेको पनि जाँगर नै चल्दैन ।


हैन के भन्छ यो मान्छे? धेरै बर्ष अगाडी बनाको साइट रे? धेरै बर्ष अगाडी त विन्डोज ३ थोप्ला ४ पो थियो त गांठे। त्यति अगाडी नै माइक्रोसफ्टले विन्डोज एक्स पी भन्ने अपरेटिंग सिस्टम पनि बनाउन भन्ने थाहा थियो? त्यहि भएर धेरै बर्ष अगाडी बनाएको त्यो साइटमा विन्डोज एक्स पी को नाम पनि परेछ। धन्य मनुष्यको दूरदर्शिता।
Comment by नारान — June 17, 2005 @ 4:44 am
mula side effect sound raakhera manchelai tarsauchu bhaneko hola…………….kasto waihet……tyo saab photoshop ko kaamal ho…….wahiyaat
Comment by kc — June 17, 2005 @ 4:42 pm
hay umesh kasto kasto site banako yaar. timro concept ta gazab ko cha yaar. I am so much impressed yaar.
Comment by kp — June 17, 2005 @ 5:09 pm