माइकल ज्याक्सनको चित्रमा चमत्कार ?
२०६२ असार ३ शुक्रबार

इन्टरनेटमा जोक गरेर चर्चा पाउन चाहनेहरुको कमी छैन। शायद त्यस्तै एउटा उपाय हुनसक्छ यो। भयो के भने लिलामीका लागि विश्वप्रख्यात एउटा साइट इबेमा एक जनाले माइकल ज्याक्सनको अनुहार अकस्मात देखापरेको टोस्ट बिक्रीमा राखेका रहेछन्। यसै साता ज्याक्सनलाई अदालतले दोषी नभएको ठहर गरेकै बेला आफ्नो टोस्टमा त्यस्तो आकृति देखापरेको दाबी ती विक्रेताले गरेका छन्। मलाई जस्तै तपाईँलाई पनि यसको यो कुरामा पटक्कै विश्वास लागेन होला। तर के गर्नु, उनको त्यो बिक्रीमा राखिएको सामान हेर्न साइटमा भिजिटरहरुको अोइरो लागेको छ। यसअघि पनि एक महिलाले भर्जिन मेरीको आकृति टोस्टमा देखिएको दाबी गर्दै यही साइटमा बिक्रीका लागि राखेकी थिइन् र तपाईँ पत्याउनु हुन्छ, त्यो टोस्ट झण्डै २० लाख रुपैयामा बिकेको थियो !
त्यो मान्छेको हावा गफको अनुमान तपाईँ यसबाट पनि लगाउनसक्नुहुन्छ कि टोस्टमा माइकल ज्याक्सनको मात्र हैन, उनका वकील थमस मेसेरियुको पनि अनुहार देखापरेको रे। अनि ज्याक्सनको टोस्ट किन्नेलाई त्यो टोस्ट निःशुल्क दिइने रे।
वकीलको अनुहार देखिएको टोस्टको तस्वीर हेर्न यहाँ क्लिक गर्नुहोला।

