खोटाङ सदरमुकाममा माअोवादी आक्रमण
२०६२ असार ६ सोमबार
अपडेटः घटनास्थलमा १३ सुरक्षाकर्मी र ३ माअोवादीको शव बरामद भएको बताइएको छ तर संख्याको अौपचारिक पुष्टि भने हुन बाँकी छ। केही सरकारी कर्मचारीलाई पनि अपहरण गरी लगिएको थाहा भएको छ।
दोस्रो अपडेटः पाँच सुरक्षाकर्मी र दुई माअोवादीको मृत्यु भएको आधिकारिक रुपमा पुष्टि भएको छ। सैनिक जनसम्पर्क निर्देशनालयलाई उद्धृत गर्दै नेपाल टेलिभिजनले दिउँसो २ बजेको समाचारमा बताएअनुसार घटनामा दुई जनपद र तीन सशस्त्रका गरी पाँच प्रहरी र दुई माअोवादीको मृत्यु भएको छ। बेपत्ता हुनेहरुका बारेमा वक्तव्यमा कुनै उल्लेख छैन। वक्तव्यमा जिल्ला कारागारबाट ६३ बन्दी र उनीहरुका ३ बालबालिकालाई माअोवादीहरुले भगाएको पनि उल्लेख गरिएको छ। वक्तव्यमा माअोवादीहरुले गरेको आक्रमण प्रयासलाई सुरक्षाफौजले “विफल” पारेको र हाल त्यहाँ व्यापक सर्च अभियान थालिएको पनि उल्लेख छ।
मूल समाचारः माअोवादी छापामारहरुले खोटाङको सदरमुकाम दिक्तेलमा आइतबार राति आक्रमण गरेका छन्। सुरक्षाकर्मी र माअोवादीबीच राति साढे ११ बजेदेखि आज बिहानसम्म भिडन्त भएको बताइएको छ। घटनास्थलमा सात प्रहरीको शव बरामद भएको र करिब १२ प्रहरी बेपत्ता रहेको बताइएको छ। माअोवादीका दुई शव घटनास्थलमा फेला परेको बताइएको छ। माअोवादीहरुले सदरमुकामका विभिन्न सरकारी कार्यालयहरुमा आगजनी गरी जिल्लाका कारागारबाट करिब ६६ कैदीलाई छुटाएर लगेका छन्।
घटनास्थलतर्फ तप सुरक्षा बल पठाइसकिएको तर त्यहाँ सञ्चार सम्पर्क हुन नसकेको बताइएको छ। छिमेकी देश चीनको सिन्ह्वा समाचार समितिले यस सम्बन्धी समाचार सम्प्रेषण गरिसक्दा पनि सरकार नियन्त्रित नेपाल टेलिभिजनमा भने यससम्बन्धमा बिहान ११ बजेको समाचारमा कुनै समाचार दिइएको छैन। समाचारमा श्री ५ को भ्रमणलाई नै मुख्य समाचारका रुपमा प्रसारण गरिएको छ।
घटनास्थलतर्फ थप सुरक्षाबल पठाइसकिएको भए पनि सञ्चार सम्पर्क यी हरफ लेखिँदासम्म कायम हुननसकेकाले थप विवरण पाउन गार्हो भइरहेको बताइएको छ।
प्राप्त पछिल्लो समाचार अनुसार, माअोवादीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत लगायत छ सरकारी भवनलाई बम विस्फोटन गराएर ध्वस्त पारेका छन्।
सात संसद्वादी दलहरुसित सहकार्य गर्न तयार रहेको र निशस्त्र व्यक्तिमाथि भौतिक आक्रमण नगर्ने भनी माअोवादी अध्यक्ष प्रचण्डले वक्तव्य जारी गरेकै दिन माअोवादीले यो आक्रमण गरेका हुन्। संसद्वादी दलहरुले माअोवादीलाई हिंसा त्यागी मूलधारको राजनीतिमा आउन आग्रह गरिरहेका छन्।


mr. lamo, go to cabin rest (if u r in np), go to brothels (if u r near them), go to night club and bar (if u r organized world). Tara never discard such breaking news. Keep it on Umesh.
Comment by uttar — June 20, 2005 @ 10:22 pm