उपाध्यक्ष गिरीलाई क्या मज्जा !
२०६२ असार ७ मंगलबार

संविधानमा नभएको पद खाइरहेका मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीलाई बैंकको एक करोडभन्दा बढी ऋण तिर्न सहयोग गर्न मैले केही दिनअगाडि इन्टरनेटबाट चन्दा दिन आह्वान गरेको थिएँ। राजनीतिक पार्टीहरुले देशका विभिन्न भागमा चलाएका सुकामोहोर अभियानबाट उत्साहित भएर मैले त्यसो गरेको थिएँ। एक पाठकले त के हो चन्दा उठाएर पैसा कमाउने विचार छ कि क्या हो भनी प्रतिक्रियासमेत लेख्नुभएको थियो। हो त नि चन्दा उठेको भए भ्रष्टाचार गरेर मैले नै पच पारिदिने थिएँ होला। उठेन र पो त ! त्यतिबेला मलाई थाहा थिएन उपाध्यक्ष गिरी आफ्नो सुविधा र पारिश्रमिक बाहेक मासिक ७५ हजार विशेष भत्ता खाइरहनु भएको छ भनी। बाँकी (more…)

