June 21, 2005

उपाध्यक्ष गिरीलाई क्या मज्जा !

२०६२ असार ७ मंगलबार
giri
संविधानमा नभएको पद खाइरहेका मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीलाई बैंकको एक करोडभन्दा बढी ऋण तिर्न सहयोग गर्न मैले केही दिनअगाडि इन्टरनेटबाट चन्दा दिन आह्वान गरेको थिएँ। राजनीतिक पार्टीहरुले देशका विभिन्न भागमा चलाएका सुकामोहोर अभियानबाट उत्साहित भएर मैले त्यसो गरेको थिएँ। एक पाठकले त के हो चन्दा उठाएर पैसा कमाउने विचार छ कि क्या हो भनी प्रतिक्रियासमेत लेख्नुभएको थियो। हो त नि चन्दा उठेको भए भ्रष्टाचार गरेर मैले नै पच पारिदिने थिएँ होला। उठेन र पो त ! त्यतिबेला मलाई थाहा थिएन उपाध्यक्ष गिरी आफ्नो सुविधा र पारिश्रमिक बाहेक मासिक ७५ हजार विशेष भत्ता खाइरहनु भएको छ भनी। बाँकी
मासिक ७५ हजार ! वा क्या मज्जा। अचम्मको कुरा त के भने मन्त्रिपरिषद्कै अर्का उपाध्यक्ष कीर्तिनिधि विष्टलाई भने दिइएको छैन ।किन होला हगि त्यस्तो ? उपाध्यक्षको पनि दर्जा हुन्छ कि क्या हो। गिरी एक नम्बरको अनि विष्ट दुई नम्बरका हुन् कि के हो ?
मन्त्रिपरिषद्को बैठकले दशैंमा सहायता बाँडेको विषयमा देउवा सरकारका मन्त्रीहरु अहिलेसम्म शाही आयोगको तारेखमा छन्। तर उपाध्यक्ष गिरीले भने मन्त्रिपरिषद्को निर्णयबाटै विशेष भत्ता खाइरहनुभएको छ। दशैंमा सहायता बाँड्ने कदम ठीक भनेर मैले भन्न खोजेको हैन। काम न काज हचुवा तालमा सहायता बाँड्ने कुरा त बेठीक हो नै त्यस्तै बेठीकलाई ठीक पार्ने भनेर बनेको नयाँ सरकारमा पनि त्यस्तै प्रवृत्ति देखिएपछि अब जनताले टाउकोमा हात लगाउनु बाहेक अरु गर्न नै के सक्छन् र !
गिरीको बारेमा अहिले सञ्चारमाध्यममा नकारात्मक कुरा आउने क्रम जारी छ। चार पत्नीका पति गिरीले गर्दा पछिल्लो चार महिनामा राज्यलाई लाखौं रुपैयाँको व्ययभार थपिएको छ ।
उपाध्यक्ष गिरीले चार महिनाको अवधिमा फर्निर्सिङ र भान्सा घर निर्माणको नाममा सरकारी कोषबाट नौ लाख रुपैयाँ लिनुभएको रहेछ । गिरीले चार पटकमा भाडाको घरलाई सजाउन सो रकम लिनुभएको रहेछ।
पुल्चोकस्थित मन्त्री क्वार्टर खाली भए पनि मासिक ६० हजार रुपैयाँ सरकारी कोषबाट तिर्ने गरी उहाँ बालुवाटारस्थित एक व्यापारीको घरमा भाडामा बस्दै आउनुभएको छ ।
गिरीलाई पछिल्लो पटक जेठ २५ गतेको मन्त्रिपरिषद्को बैठकले दुई लाख रुपैयाँ उपलब्ध गराएको हो । यसअघि सरकारी आवासमा नबस्ने मन्त्रीको लागि फर्निसिङ वापत एक पटक एक लाख रुपैयाँमात्र दिने गरिएको थियो ।
२०५१ सालमा तत्कालीन सभामुख रामचन्द्र पौडेलले सरकारी आवास नपाएपछि उहाँलाई घरभाडा वापत मासिक २० हजार रुपैयाँ दिइएको थियो ।

1 Comment »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/06/21/giri-majja/trackback/

  1. moj gar giri moj gar tero pani aba dherai din baki chhaina chhito nai mathi pugdai chhas
    *****************

    Comment by google — June 22, 2005 @ 4:12 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.