माअोवादीको क्रुरताको हद !
२०६२ असार ८ बुधबार

साथी केपीको नयाँ ब्लग बीनेपालमा माअोवादी क्रुरताले हद नाघेको तस्वीर देखेपछि यी शब्द नलेखी बस्न सकिनँ। केपीजीले यो तस्वीर ब्लगको भित्री पृष्ठमा राख्नुभएको थियो तर मैले जानी जानी त्यही फोटोलाई साभार गरेर अग्रपृष्ठमा राखेको छु। किनकि यो क्रुरतालाई दुनियासामु देखाउनै पर्छ। अनिमात्र सिर्जना हुन्छ जनमत क्रुरताको विरुध्द, आतंकको विरुध्द। बाँकी
यस्ता भयावह दृश्य मैले इराकका आतंककारीहरुले बन्धकहरुलाई काट्दामात्र देखेको थिएँ। तर आज माओवादीका सर्वोच्च कमान्डर प्रचण्डले जतिसुकै अपराधी भए पनि कब्जामा लिएका र निशस्त्र व्यक्तिहरुको हत्या नगर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको ४८ घण्टा बित्न नपाउँदै महेन्द्रनगरका अन्तराम भट्टलाई माओवादीले क्रूरतापूर्वक हत्या गरे। आइतबार राति घरबाटै अपहरण गरिएका चाँदनी गाविस ७ का भट्टको क्षतविक्षत शव मंगलबार बिहान दोधारा गाविसको बाबाथान बजारमा फेला परेको थियो। भट्टको शरीर छ टुक्रा पारिएको अवस्थामा बीच सडकमा फालिएको थियो।
खुकुरी र खुंडाले भट्टका चारवटै हातखुट्टा र टाउको अलग पारिएको थियो। गिंडिएको शरीरको मध्यभागमा ढुंगाले च्यापेर पर्चा छोडिएको थियो। एरिया कमिटीको हवाला दिंदै लेखिएको सो पत्रमा सुराकी गरेका कारण कारबाही गरिएको उल्लेख गरिएको थियो। भट्ट स्थानीय गौरीशंकर सामुदायिक वनका सचिवसमेत थिए। क्रूर हत्याका कारण महाकालीपारिको बाबाथान बजार बुधबार दिनभर बन्द रह्यो।
केही समयदेखि माअोवादीका यस्ता निन्दनीय व्यवहार बढ्दो छ। चितवनको माडीमा सार्वजनिक बसलाई एम्बुसमा पारी दर्जनौं सर्वसाधारणको ज्यान लिएको घटनाले त कयौं दिनसम्म मेरो मनस्थिति नै एकोहोर्याइदिएको थियो। फेरि केही दिनमात्रै अगाडि पनि नाबालिगसहित सुरक्षाकर्मीका परिवारलाई अपहरण गरी नृशंस ढंगले हत्या गरिएको थियो। माअोवादीले त्यो घटनामा आफ्नो हात नरहेको भनी वक्तव्य निकालेको थियो तर घटनास्थल पुगेको मानवअधिकारवादीहरुको समूहले गरेको प्रारम्भिक छानबिनमा दोष माअोवादी कै हुनसक्ने तर्फ संकेत गरिएको छ। प्रतिवेदन हेर्नका लागि यहाँ क्लिक गर्नुहोला। प्रतिवेदनमा भयावह तस्वीरहरु पनि राखिएका छन्।
एकापट्टी निरंकुशताले बचेखुचेका अधिकारहरु पनि खोस्दैछ, अर्कोतर्फ जनताको नाममा लड्नेहरुले यस्तो आतंक मच्चाइरहेका छन्। हे भगवान्, अब हामी द्वन्द्वको चक्रव्युहबाट कहिले पनि निस्कन नसक्ने भएका हौं त ? माअोवादीले क्रुरतापूर्वक हत्या गरेको यो पहिलो घटना हैन तर यस्ता तस्वीर सार्वजनिक नहुने गरेकाले भयावहताको अनुमान हामीले गर्न नसकेका हौं। यो तस्वीर र यस्ता तस्वीर मूलधारका कुनै पनि पत्रपत्रिकाहरुमा शायदै प्रकाशित होलान् । तर ब्लगबाट हामीले यस्ता तस्वीरलाई सार्वजनिक गरेर आतंक र क्रुरताविरुध्द जनमत जुटाउनु पर्छ।
तस्वीर साभारः खगेन्द्र पन्त/ बीनेपाल ब्लग


हो मान्छे मार्नु अपराध हो। मान्छेको बाँच्न पाउने अधिकारको हनन हुनु हुदैन। तर युद्दको बेला कुनै एक घटनालाई लिएर न त माओबादिहरुको मुल्याँन्कन हुन सक्छ न सरकारको, पत्रकार महोदय। के तपाँइलाइ अवगत छैन सरकारले कसरि मान्छे मारिरहेको छ ? दोरम्बा लिनुस, खोटाङ चिसापानि लिनुस यि त एक दुइ मात्र उदारहण भए, के सरकार कम छ मान्छे मार्न ? अहिले सम्म १२ हजार को ज्यान गइसक्यो सरकारको आफ्नै तथ्याङक अनुसार पनि यस्मा तिन चौथाइ सरकारले मारेको छ भने एक चौथाई माओबादीहरुले मारेका छन । के तपाई बिश्वश्त हुनुहुन्छ सरकारले खालि सशस्त्र माओबादि मात्र मारेको छ ? छैन महोदय किन कि सरकार आँफैले जनता माँरे भन्न नमिल्ने भएकोले ति सबै मारिनेलाई माओबादि को पगरि गुथाईएको हो सरकारले आफ्नो अपराध लुकाउन । जनमत तेसै तयार हुदैन, पुर्व देखि पश्चिम नेपाल तेसै आगो सल्केको छैन महोदय किनकि यहाँ बो्ल्न भाको छैन, माओबादिको नाममा सुट गर्ने कानुन र अधिकार सरकारले पाएको छ । त्यो हत्या नभएर के हो? तेसैले तपाई जनमत तयार पार्न जुट्नु भएको हो कि आफ्नो ब्लग को स्कुप तयार पार्न ? आउनोस निश्पछ भएर म तपाँइको साथ दिन तयार छु । कसैले सानो सुराकि गर्दा धेरैको ज्यान जान सक्छ, मानौँ यदि तपाई कसैको सुराकि गरिरहनु भएको छ भने यो मान्नु पर्छ कि तपाई पनि कसैको बिरुध्द लडिरहनु भएको छ अनि तपाइलाई पनि शत्रु पछ ले मार्ने कोशिस गर्नेछ आफ्नो रछार्थ । म पनि एक नियमित पाठक हुँ तपाईको, कसैको नुन खाएर ऊसैको प्रसँसा गर्न खोज्नु भएको भए अर्कै कुरा होइन भने कृपया निश्पछ समाचार लाई प्राथमिकता दिनु होला। धन्यबाद
Comment by प्रद्युम्न — June 23, 2005 @ 12:24 pm
Pradhummna that could be your father or your brother… ohh god how can you write these words in support of Maoist… shame on you ..people like you are still alive who first do that’s short of things and second support those activities saying that is a political things…. ohh Terrorist does not have any political view because they are terrorist.. And I found you supporting them and against the reporter who bring it in front of us,,,, shame on you Pradhumna,,,, I wish your end will be bad then that where all the flies will be around your dead body
Comment by Suj — June 23, 2005 @ 12:41 pm
We can see the reason of war and non-coperation in our country by reading these three articles. This is what the reality going on in our country. Everybody wanted to blame on others but no one dare to say let’s join hand bring peace. Either he is maoist or army they are brothers they have same blood and they have same motherland. This is the time when we have to forget all the differences and put our efforts in finding out the solutions instead of making the circumstances more complex.
May Pashupati Nath bless our country and People.
Comment by anonymous — June 23, 2005 @ 2:01 pm
hello brother
tapain le please yo pic yeha bata hatai halnus natra manis ko dimag ma kasto chhap hunchha bhanne kura thaha chhaina ki k ho sala murkha, yedi tapain le yo pic yeha bata hataunu bhayena bhane naramro hunchha hai ramro manchhe bhanera socheko jasto payo testo kam garna thanu bhayo ni . manchhe marnu ramro kam hoina sabai lai thaha chha mareko pic rakhera hami lai kina dukhi banayeko tapain hami le garne k garne manchhe le nai sochdaina bhane .. please please i request u yo pic aaja nai hataunu hola
sacha nepali
Comment by google — June 23, 2005 @ 3:08 pm
कि त वेभसाइट छिर्नु अगाडिनै यस्तो खालका फोटो छन् भनेर सावधान गराउनुस्, कि होइन भने लिङ्क दिने बानी बसाल्नुहोला ।
Comment by हान्गु लामा — June 23, 2005 @ 7:50 pm
यो तस्विर पहिलो पानाबाट तुरुन्तै हटाईयोस। यो असल पत्रकारिताको “इथिक” भित्र पर्दैन। सबै भिजिटरको मुटु तपांईको जस्तो बलियो नहुन सक्छ। क्रुर र विभत्स तस्विरहरु हेर्नु परे ईन्टरनेटमा जति पनि पाइन्छ। क्रुरतालाई माओवादि अथवा अन्सार अल सुन्ना भनेर वर्गिकरण गर्न पाइंदैन।
Comment by आबिन — June 24, 2005 @ 1:49 am
Oh..whatever it is..whoever is right…I think only war is in their sight.
Oh..Neither prachanda can guarentee for democratic reforms..nor gyanendra can be stop from inhibiting democratic norms.
Oh. God only you be the ultimate solution…give us power to eradicate war menias…..either gyane or prachanda!!!!!!!!!!
Comment by Dr. — June 26, 2005 @ 8:01 am
This is one of the best and very visited site of nepalese in abroad. I have read some comments of the visiters ragarding such cruel deed of monster terrorist. Friend giornalist is also right what he wanted to say that we must unvail(uncover) such cruel activities of monster terrorist to the people of the world. But, to my mind, friend giornalist has a small mistake. If you want so then, you should put such pic in the different page where the couragous and curious people link your desird page. Thanks.
Comment by Isuri — June 26, 2005 @ 4:47 pm
Please remove the pic. Who so ever does the killing, it is never justified. What is this war, who are the fighters? King vs. Maoist? or, Maoist vs. people? where is our country? Are all of us in one side or other? Then, it is justified that anybody can kill anybody?
No my friends. We know such killings are brutual, but please do not show it deliberately. Can it create peace, hate and agony further enhances it.
Please please remove it from the direct access.
Thanks
By the way, you have a nice blog running.
Comment by Asok — July 5, 2005 @ 12:42 am
Pradhumna ji
Tapali lai tyo tasbir herera jhaska lagyo ani pida bhayo ra bhandai hunu hunchha Sarkar le pani garyo.
Sarkar le kun Yek jana nepali lai mareko jasle hatiyar nabokeko hos wa maobadi background nabhayeko hos.
maobadi bane ka aatankkari ko jamat ho yo duniya lai thaha cha,
Yi masine rog laeko chha tin lai masinchhan herdai janus bas tehi ho
Comment by Krishna — November 3, 2005 @ 2:22 am